• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशसभामा तोडफोड, प्रतिपक्षीले बहिस्कार गरेको बैठकमा मुख्यमन्त्रीले लिए विश्वासको मत


मधेश प्रदेशसभामा तोडफोड, प्रतिपक्षीले बहिस्कार गरेको बैठकमा मुख्यमन्त्रीले लिए विश्वासको मत

मधेश प्रदेशसभामा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको लिनको लागि बोलाइएको बैठक दुईपटक १०-१० मिनेट जनमतको अवरुद्धले स्थगित भयो । तेश्रो पटक राति सवा ८ बजे बसेको बैठकमा पुनः जनमतका संसदीय दलक नेता महेश प्रसाद यादवले माग पुरा नभएको भन्दै उठेर विरोध जनाए ।

सभामुख रामचन्द्र मण्डलले ईशारा दिँदै 󠅝’तपाईले सदनमा तोडफोड गर्नुभयो । उहाँलाई समातेर बाहिर निकाल्नुस् ‘ भन्दै मर्यादा पालकलाई निर्देशन दिए । त्यसपछि जनमतका सबै सांसद पालैपालो बाहिर निस्के ।

जनमतमाथिको व्यवहारको काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले भत्र्सना गर्दै सो दलका सांसदहरु पनि बाहिर निस्के ।
मंगलबार मात्रै सरकारबाट समर्थन फिर्ता लिएको लोसपा दलका उपनेता उपेन्द्र महतोले सदनबाट प्रतिपक्षी निस्केकाले बैठक स्थगित गर्न सभामुखसंग आग्रह गरे । तर सभामुखले सरकार राजविराज घटनाको छानविन गर्न तयार रहेपनि जनमतले नमानेको र चारलाख भन्दा बढीको तोडफोड गरेको बताए । उनले टेवुफ, कुर्सी, सिसीटिभी क्यामेरा लगायत चारलाख भन्दा बढीको तोडफोड गरेकाले कानुन बमोजिम असुल उपर गर्न सभामा निर्देशन समेत दिए ।

लोसपा उपनेता उपेन्द्र महतो बैठक स्थगित नगरे लोसपा पनि सदन बहिस्कार गर्ने भन्दै सांसद सहित बाहिर निस्के । प्रतिपक्षीहरु निस्केपछि सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मतको लागि विभाजन घण्टी बजेको घोषणा गरे । मत पक्ष विपक्षमा गर्न आग्रह गरे । तर प्रतिपक्षी विहीन सडकमा मुख्यमन्त्री यादवको पक्षमा मात्र ६१ मत पर्यो भने विपक्षमा शून्य मत परेको घोषणा सभामुखले गरेका छन् ।

दिउँसो २ बजेको बैठक अवरुद्ध जनमतले गरेपछि १० मिनेटका लागि सदन स्थगित हुँदै सर्वदलीय बैठक सुरु भएको थियो । सर्वदलीय बैठक घण्टौ चल्दा मुख्यमन्त्री यादव प्रदेश सभा मामिला संसदीय समिति मार्फत छानवीन गर्न राजि भए । तर जनमतले छुट्टै संसदीय छानबिन समिति गठन गर्नु पर्ने अडानमा छन् ।

सभामुख रामचन्द्र मण्डलले चारलाख मूल्य पर्ने सिसीटीभी क्यामेरा तोडफोड भएर क्षति भएको बताए । ‘टेवुल खसालेको थियो, माइकमा क्षति भएको छ । सबभन्दा बढी चारलाख पर्ने सिसीटिभी क्यामेरा फुटेको छ’ उनले भने ।

माघ १० राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमतका दलका नेता महेश यादवलगायतमाथि प्रहरीले बल प्रयोग गर्दा घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशसभाको बैठक र सभामुखको निर्वाचन भोलि
  • २०८१ बैशाख ५, बुधबार २१:४६
  • In "BannerNews"
  • प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
  • २०८१ बैशाख ५, बुधबार २१:४६
  • In "BannerNews"
  • मधेशमा साढे ६ वर्षपछि जसपा नेतृत्व ढल्दै, जनमतका महेश यादव मुख्यमन्त्री बन्दै
  • २०८१ बैशाख ५, बुधबार २१:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

महाशोभायात्रामा उल्लेख्य सहभागिता

शोभायात्रामा भएको आक्रमण प्रति राष्ट्रिय एकता अभियानको आपत्ति

हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version