• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा एक्लै बस्न बाध्य पुरुषको संख्या अहिलेसम्मकै उच्च


चीनमा एक्लै बस्न बाध्य पुरुषको संख्या अहिलेसम्मकै उच्च

चीनमा लैङ्गिक असन्तुलनका कारण अविवाहित पुरुषको संख्या बढ्दै गएपछि प्रान्तीय सरकारहरूले समस्याको समाधान खोज्न अनौठो उपायहरू अपनाइरहेका छन्। चिनियाँ प्रान्तहरूले दम्पतीहरूलाई विवाह गर्नका लागि र बिबाह गराउने मध्यकर्ताहरूलाई समेत नगद पुरस्कार र प्रोत्साहनहरू प्रदान गर्नथालेको छ।

चीनका केही प्रान्तहरू जस्तै शान्सी र ग्वाङ्डोङमा स्थानीय सरकारले ३० देखि ४५ वर्ष उमेरका पुरुष र महिलाबीचको विवाहमा मध्यस्या गर्नेलाई ६०० देखि १,००० युआन (अमेरिकी डलर ८४ देखि १४० डलर) पुरस्कार दिने घोषणा गरेको चिनियाँ समाचार साइट द पेपरले जनाएको छ।

सन् २०२० मा गरिएको जनगणना अनुसार चीनमा ७२ करोड २० लाख पुरुष र ६९ करोड महिला रहेका छन्, सन् १९७९–२०१५ मा जन्मिएकाहरूमा लैङ्गिक असन्तुलन सबैभन्दा बढी देखिएको छ। यो अवधिमा चीनम एक सन्तानको नीति लागू थियो। राष्ट्रिय तथ्याङ्क अनुसन्धान ब्यूरो (NBS) को अनुसार २०२१ मा ग्रामीण क्षेत्रमा लिंग अनुपात लगभग 100 महिलाहरुको लागी 108 पुरुष थियो। समग्रमा, आज चीनमा ३ करोड भन्दा बढी पुरुषहरू अविवाहित छन्।

छोरालाई प्राथमिकता दिने चलन चीनमा शताब्दीयौंदेखि चलिआएको छ। कारणले बालिका हत्या, बालिकाको परित्यागको कारण 1980 देखि नै चीनमा लैङिक असन्तुलन बढेको छ। त्यतीखेर पनि प्रत्येक 100 महिलाहरूको लागि 108 पुरुष थिए। 2000 मा यो असन्तुलन 120 पुरुषमा पुग्यो। केही प्रान्तहरू जस्तै Anhui, Jiangxi र Shanchi मा यो बढेर 130 पुगेको छ।

केही विश्लेषकहरूले चीनमा अविवाहित पुरुषहरूको बढ्दो संख्यालाई युवा बेरोजगारीको उच्च दरसँग जोड्छन्। साउथ चाइना मर्निङ पोस्टअनुसार आफ्नो परिवार पाल्न गाह्रो भएको युवाहरूले अविवाहित नै रहन रुचाउँछन्। डिसेम्बर 2023 मा प्रकाशित चीनको राष्ट्रिय तथ्याङ्क अनुसन्धान ब्यूरोको मासिक तथ्याङ्क अनुसार, 16 देखि 24 वर्षका युवाहरूको लागि बेरोजगारी दर 14.9% रहेको छ।

जीवनयापनको उच्च लागतले युवाहरूलाई असर गरिरहेको छ। बेइजिङ, सांघाई, ग्वाङ्झाउ र चेङ्दु जस्ता महँगो सहरमा जहाँ जीवनयापनको महँगो छ, त्यहाँ धेरै शिक्षित र उच्च तलब पाएका युवाहरूले विवाह र सन्तानलाई स्थगित गरेर एक्लै बस्न रुचाउँछन्। यो प्रवृत्ति विशेष गरी २० देखि ३० वर्ष उमेर समूहका युवाहरूमा प्रचलित रहेको हङकङमा रहेको एउटा अंग्रेजी अखबारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने
  • २०८० माघ १६, मंगलवार १२:५०
  • In "BannerNews"
  • चीनमा बेरोजगारी बढ्यो, बढ्नुको कारण के ?
  • २०८० माघ १६, मंगलवार १२:५०
  • In "BannerNews"
  • चीनमा महिला बेचबिखन बढ्यो, गरिब महिला पीडित
  • २०८० माघ १६, मंगलवार १२:५०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पत्रकार महतोलाई ‘भैया’ भन्दै दुर्व्यवहार गर्ने बस चालक र सह-चालकविरुद्ध जाहेरी दर्ता

बिआरआईमा भूतिया रणनीतिहरू

भारत र इरानले द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version