• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जाडो छल्न पराल नै मुसहरको सहारा


जाडो छल्न पराल नै मुसहरको सहारा

रासस–

महोत्तरी, माघ ४ गते ।

वर्षभरि वस्तुभाउको लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ ।

भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा बस्तुभाउलाई खुवाउने पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो तापेर जीउ न्यानो बनाइरहेको दृश्यले त्यहाँका मुसहर समुदायलाई जाडोबाट बचाउने सहारा नै पराल बनेको देखिन्छ ।

चिसो स्याँठले असह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यु, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी (मुसहर बस्ती) यतिबेला जाडो छलिरहेको छ ।

चारैतिर खर परालकै झिक्राझिक्री (टाटी) र खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६५ वर्ष नाघिसकेकी जोगिया सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेको देखियो ।

उनको शरीरमा समेत चिसो छल्न सक्ने जति लुगाफाटा थिएन भने भने बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको थिएन, महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरु बाक्लो कपडामा भेटिदैनन् ।

आर्थिकरुपले चरम गरिबीले छोएको उनको झुपडीमा कुनै घेराबेर छैन । चिसो आकाशमुनि बस्दै आएको जोगियाको ११ जनाको परिवार जाडो बढेसँगै आगोकै वरिपरि लुटपुटिएको हुन्छ ।

उनकै छिमेकी ५० वर्षीया सुमित्रा देवी सदाको अवस्था पनि उस्तै छ । छ/सात जना छोराछोरीसहित उनको परिवार पनि परालको ठुट्टो (लार) ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँ ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा बस्दै आएको छ ।

झुप्रोभित्र चारैतिर पराल ओछ्याएको छ भने राति सुत्नका लागि जुटको ठूलाठूला बोरामा पराल कोचेर ओढ्ने ओछ्याउने विस्तार बनाइएको छ ।

उनका कुनै छोराछोरीका जीउमा पनि पूरा कपडा छैनन् । घरभित्रैबाट चिसोले काप्दै सुमित्राले भनिन्, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामी कहाँ कोही आउँदैनन् । मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) ।

छ वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य उनको परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या छ । सुमित्रादेवी भन्छिन्, ‘परिवारमा खानेकुराको अभावले भोकै बस्नुपर्ने अवस्था छ भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु !’

वर्षौंदेखि दमरोगको बिरामी रहेकी ६५ वर्षीया अनरिया देवी सदा झुत्रो कम्बल ओढेर बसेकी थिइन् । आफूलाई पति र छोराछोरीलेसमेत राम्ररी हेरचाह नगरेको भन्दै सहयोगको याचना गर्दै उनले भनिन्, ‘हजुर मलाई कुनै अनाथालयमा लगिदिनुस्, यो चिसोमा भोकभोकै रहनुपर्दा निकै कष्ट भएको छ । परिवारबाट पनि माया पाएको छैन ।’

सोही बस्तीकी ५५ वर्षीया सीतादेवी सदा दुई सातादेखि रातिराति सुत्न पाएकी छैनन् । उनले भनिन्, ‘दिनभरि जसोतसो काटे पनि राति काट्न पराल बालेर आगोकै सहाराले नै काट्दै आएको छु । दुई सातादेखिको चिसो स्याँठबाट बालबालिकालाई बचाउन रातभिर पराल र पात पतिङ्गरको घुर जलाएर सुत्ने गरेको छु ।’

आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकालाई सुताउँदै आफू रात रातभरि जाग्राम नै बस्ने गरेको उनी बताउँछन् । चरम गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने र आधाले जहान परिवारको लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाहरुको लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा दिन नसकेको उनको दुःखेसो छ ।

यस वर्षमा मात्रै नभएर आफूहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको स्थानीय ४८ वर्षीया कोशिला देवी सदाले सुनाइन् । दिनमा घाम लागे खुशी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घुरमा आगो ताप्दै रात बिताउने उनको दिनचर्या बनिसकेको छ ।

कोशिलाको घरमा उनी र उनका पतिसहित आठ जना बालबालिका छन् भने सबै जना जाडो छल्नका लागि परालकै सहारा नै लिनुपरेको उनले बताइन् ।

शीलतहर, चिसो हावा, बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै अर्काको खेतमा धान बढार्दै गरेकी ७४ वर्षीया भुटीदेवी सदा टाढैबाट कराउँदै आफ्नो पीडा सुनाउन आइपुगिन् ।

‘हजुर, खान पाएकी छैन् । घरमा अन्नपति छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन् जाडोले ज्यानै लिन लाग्यो, हजुर आफैँ त कसोकसो जाडो सहन सकिरहेको छ’, उनले भनिन्, ‘तर यत्रो सानो बच्चालाई कसरी जोगाउनु । घरमा चारैतिरबाट हावा पस्छ । जाडोले मुटु नै हल्लाउँछ । जस्तोमा ओढ्ने ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी कतैबाट राहत दिलाइदिनुस् ।’

कहाँ जाउँ, के गरुँ र कसरी बाँचु भन्ने चिन्ताले उनलाई पिरोलेको छ । उनको सात बालबालिकासहित ११ जनाको परिवार दैनिक मजदूरीबाट जसोतसो चल्दै आएको छ । एकदिन पनि मजदूरी नगरेमा चुल्हो बल्दैन भने परिवारका सबै सदस्य भोकभोकै बस्नुपरेको उनको दुःखेसो छ ।

‘जाडो याममा कहिले काम पाइन्छ, कहिले पाइँदैन र त्यस्तो अवस्थामा भोकै बस्नुपर्ने बाध्यता छ’ भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई राहत दिलाइदिनुस् न । जाडो हटेपछि त काम पनि पाइन्छ, बालबालिका पनि भुलाउन सजिलो हुन्छ ।’

केही दिनयता तराई/मधेशका जिल्लाहरुमा बाक्लो कुहिरो लाग्ने, घाम नलाग्ने र शीतलहर हुने गरेकाले गरिब तथा विपन्न समुदायका वासिन्दाको जनजीवन निकै कष्टकर बनेको छ । सय परिवार मुसहरको यहाँका जुनसुकै घरमा जानु सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरुको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने
  • २०८० माघ ४, बिहीबार १६:५८
  • In "देश"
  • धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
  • २०८० माघ ४, बिहीबार १६:५८
  • In "BannerNews"
  • शीतलहरले तराई मधेशमा जनजीवन कष्टकर
  • २०८० माघ ४, बिहीबार १६:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

गोलबजारमा श्रीराम प्राण प्रतिष्ठानको विशाल रैली, ११ हजार दीप प्रज्वलन हुने

चाबहार बन्दरगाह : भारत-इरान कनेक्टिभिटी भिजनको संयुक्त परियोजना

चीनबाट सर्दै खेलौना निर्माताहरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version