• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुनकाण्डमा मुछिएका माओवादी नेताको नामै सुन्न चाहँदैनन् गृहमन्त्री


सुनकाण्डमा मुछिएका माओवादी नेताको नामै सुन्न चाहँदैनन् गृहमन्त्री

काठमाडौं – विभिन्न समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका सुन तस्करीकाबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले २५ दिनभन्दा बढी संसद् अवरोध गरेको थियो ।

त्यसपछि संसद्‌मा राष्ट्रिय दलको हैसियतमा उपस्थित दलहरुको सहमतिमा असोज ६ गते छानबिन समिति बनाएर त्यही दिनबाट काम सुरु गर्ने सहमति भएको थियो ।

दलहरुको सहमतिअनुसार आइतबार समिति गठन गर्ने अन्तिम दिन हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेकाले समिति गठन नहुने भएको छ ।

सरकारले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।

शुक्रबार सुन तस्करीका विषयमा आयोग वा समिति गठनका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाकेको छलफलमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए ।

तर गृहमन्त्री श्रेष्ठले माओवादी नेतामाथि अनुसन्धान गर्न नसकिने भन्दै सो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा भएको सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटकपटक तस्करी भई सुन आइरहेकोमा यसलाई नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्ने भनिएको छ ।

भेप्स प्रकरणमा माओवादी नेता महरा र उनका छोरा जोडिएका छन् । एमाले सचेतक बर्तौलाको प्रस्तावमा २०८० साउन २ र सोभन्दा अघि वा पछि विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) र ब्रेक शुमा राखी अन्य तरिका अपनाइ विभिन्न स्थानबाट गरिएको सुनको अवैध तस्करीको प्रकृति, परिणाम, दायरा र सो कार्यमा संलग्न व्यक्तिहरुका सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष छानबिन र अनुसन्धान गरी कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने उल्लेख छ ।

गृहमन्त्री श्रेष्ठले अनुसन्धान सुरु गर्न अस्वीकार गरेपछि बैठक विना निष्कर्ष टुंगिएको थियो । सरकारको यो अडानपछि प्रमुख प्रतिपक्षी दल एमाले आक्रोशित बनेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सरकार नै सुन तस्करीमा लागेको भनेर फायर खोलेका थिए । त्यसैले अब बस्ने संसद् बैठक पनि सुन प्रकरणले अवरुद्ध हुने संकेत देखिएको छ ।

प्रचण्ड असोज १३ गते स्वदेश फर्र्किंदैछन् । त्यसयता सुनकाण्डबारे समिति गठन नहुने निश्चित देखिएको छ । मिडियाडबलि बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति
  • २०८० आश्विन ७, आईतवार २१:०४
  • In "BannerNews"
  • गृहमन्त्रीमाथि एक पटक जाईलागे शेरबहादुर र केपी ओली
  • २०८० आश्विन ७, आईतवार २१:०४
  • In "BannerNews"
  • गृहमन्त्री लामिछानेले ब्युँताए निर्मला हत्या प्रकरण, डीआईजीको नेतृत्वमा समिति गठन
  • २०८० आश्विन ७, आईतवार २१:०४
  • In "समाज"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

पाकिस्तान : बलात्कारी बाबुलाई किशोरीद्वारा गोली हानी हत्या

हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन

सर्लाही संकट समाधानका लागि मुस्लिम आयोगका अध्यक्षको सक्रियता कार्यवाहक प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रहरी प्रमुखसँग छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version