• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप


माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप

खनाल निकट नेताहरुका अनुसार अपानि कार्यान्वयनमा जाने अवस्था छैन, तर माधव नेपालको चाहना त सार्वजनिक भएको छ । उनीहरूको आशंका छ, दशौं महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने गरी अध्यक्ष नेपालले अपानि तयार पारेका हुन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर राखेर बिहीबार सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि देखिएको छ । नेताहरुको जिम्मेवारी हेरफेरसहित जारी ३४ पृष्ठ लामो अपानिप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैले सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

नेताहरुका अनुसार, अध्यक्ष नेपालले आफ्ना विश्वासिला नेताहरुलाई प्राथमिकतामा राखेर एक्लौटी जिम्मेवारी हेरफेर गरेको भन्दै खनाल र उनी निकट नेताहरुको अपानिप्रति असन्तुष्टि देखिएको हो । नेता खनाल त अपानि नसच्याए पार्टीमा ठूलो समस्या आउन सक्ने बताउँछन् ।

‘पार्टीको सम्मानित नेता मलाई थाहा छैन । कुन कमिटीबाट निर्णय भएको भन्ने थाहा छैन’ अनलाइनखबरसँग खनाल भन्छन्, ‘सार्वजनिक भएको अपानि मान्न सकिने अवस्था छैन । सच्चिएन भने के होला भन्ने त्यसपछि थाहा हुन्छ ।’

आगामी १४–१८ माघमा दशौं राष्ट्रिय महाधिवेशन गरिने मिति उल्लेख गरेर अपानि सार्वजनिक भएपछि केही नेताले पार्टी परित्यागकै घोषणा गरेका छन् । पार्टी छोडेको घोषणा गर्ने मध्ये रुपन्देहीका राजु गुरुङलाई अपानिले लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । गत चुनावमा रुपन्देही–२ बाट उम्मेदवार रहेका उनी प्रदेश अध्यक्षकै चाहनामा थिए ।

तर अपानिमा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी सोमप्रसाद पाण्डेलाई दिइएको छ । पाण्डे आर्थिक विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समिति सदस्य समेत छन् । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका पाण्डे यसअघि आर्थिक विभाग प्रमुख थिए । अध्यक्ष नेपालले आफ्ना नातेदार पाण्डेलाई तेहोरो जिम्मेवारी दिदै अपानि जारी गरेको भन्दै गुरुङले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘अपानि पुरापुर एक्लौटी छ । माधव नेपाललाई प्रश्न गर्नेहरुलाई भित्तामा पुर्याउने काम गरिएको छ’, खनाल निकट एक नेता भन्छन् । तर आफूलाई साथ दिने जतिलाई कुनै मापदण्डको वास्ता नगरी जिम्मेवारीको चाङ लगाइएको उनी बताउँछन् ।

पार्टी सचिव रामकुमारी झाँक्रीले पाएको जिम्मेवारी एउटा बलियो उदाहरण भएको ती नेता बताउँछन् । अपानि अनुसार, झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको भूमिका पाएका छन् ।

पार्टी गठनमा माधव नेपाललाई साथ दिएपनि पछिल्लो सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि जनसम्पर्क कम हुने क्षेत्रको जिम्मेवारी दिइएको उनी बताउँछन् । ‘रामकुमारी झाँक्रीले संगठन बलियो बनाउनेगरी आवश्यक भूमिका माग्नुभएको थियो । तर प्रवासको जिम्मेवारी दिइयो, त्यसमा पनि एउटा क्लस्टरको मात्रै’, ती नेता भन्छन् । तर अध्यक्ष नेपाल निकट रहेका अरु पदाधिकारीले महत्वपूर्ण र एक भन्दा बढी जम्मेवारी पाएको उनी बताउँछन् ।

तर अध्यक्ष नेपाल निकट नेता सोमप्रसाद पाण्डे भने यो अपानिलाई लिएर धारणा नबनाउने आग्रह गर्छन् । ‘यो गृहकार्य मात्रै हो, अन्तिम रुप दिएको अपानि नै होइन’ पाण्डे भन्छन्, ‘फाइनल नभएको अपानि कसैले सार्वजनिक गरिदिएछ ।’ १ असोजमा बस्ने सचिवालय बैठकबाट अपानिले अन्तिम रुप पाउने उनी बताउँछन् । ‘यो फाइनल कपी होइन भनेपछि थप कुरा गरिरहनै परेन’ पाण्डे भन्छन् ।

मापदण्डमाथि प्रश्न

नेता खनाल निकट नेताहरुले अपानि कार्यान्वयनमा नगएपनि अध्यक्ष नेपालप्रति प्रश्न उठेको बताउँछन् । ‘कार्यान्वयनमा जाने अवस्था छैन, तर माधव नेपालको चाहना त सार्वजनिक भयो’, खनाल निकट अर्का नेता भन्छन् ।

ती नेता, दशौं महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने गरी अध्यक्ष नेपालले अपानि तयार पारेको आशंका गर्छन् । ‘फागुनमा माधव नेपाल ७१ वर्ष लाग्नु हुन्छ, त्यसैले माघमै महाधिवेशन गर्नेगरी आफ्ना विश्वास पात्रहरुमा जिम्मेवारीको थुप्रो लगाउनु भएको देखियो’, उनी भन्छन् ।

अध्यक्षमै रहिरहन सामान्य मापदण्डको समेत वास्ता नगरिएको खनाल निकट नेताहरुको बुझाइ छ । उनीहरुको दाबी अनुसार, अहिलेको अपानिमा उल्लेख भएको प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय चाहिँ पार्टी बैठकले गरेको थियो । जसअनुसार, हरी पराजुलीलाई सचिव मनोनयन गरेर लुम्बिनीको इन्चार्ज बनाउने, बागमतीको इन्चार्ज गंगालाल तुलाधार, गण्डकीको इन्चार्ज तुलबहादुर गुरुङ र जीवनराम श्रेष्ठ केन्द्रीय कार्यालय सचिव हुने थिए ।

तर अपानिमा त्योभन्दा अगाडि बढेर आफू निकट नेताहरुलाई दोहोरो÷तेहोरो जिम्मेवारी दिइएको भन्दै खनाल पक्षले असन्तुष्टि जनाएका छन् । उनीहरुले २१ जना केन्द्रीय सदस्य मनोनीतदेखि संघीय सरकारका दुई मन्त्री वेदुराम भुसाल र प्रकाश ज्वालासहित प्रमेश हमाल, नागेन्द्र चौधरी, गरिमा शाह, सोम पाण्डे लगायतलाई प्राथमिकतामा राखेर दिइएको जिम्मेवारीमा प्रश्न उठाएका छन् ।

उपाध्यक्ष हमाललाई विदेश विभाग उपप्रमुख, पार्टी स्कूल विभाग प्रमुख र महाधिवेशन आर्थिक संकलन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । सचिव गरिमा शाह अनेम संघको सहइन्चार्ज र सुदूरपश्चिम प्रदेशको इन्चार्ज छन् । ‘एउटा पार्टी सचिवलाई यति महत्वपूर्ण र धेरै जिम्मेवारी छ । अर्को सचिव ९रामकुमारी० लाई कहिले मन्त्री बनेको भन्दै पार्टी जिम्मेवारी नदिने र दिँदा पनि प्रवासतिर दिने गर्नुले प्रश्न त उठ्छ’, खनाल नजिकका एक केन्द्रीय सदस्य भन्छन् । पहिले मन्त्रीलाई जिम्मेवारी नदिने भन्ने नीति भएपनि अहिले चाहिँ तेहोरोसम्म जिम्मेवारी दिने काम भएको उनी बताउँछन् ।

अपानिअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागको उपप्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

अध्यक्ष नेपालका पार्टी अर्का सचिव नागेन्द्र चौधरी मोर्चा फाँटको सहइन्चार्ज, आदिवासी जनजाति महासंघको इन्चार्ज र स्वास्थ्य विभागको प्रमुख छन् । तर कम विश्वास भएका, खनालतिर निकट रहेका र सार्वजनिक प्रश्न गर्नेहरुलाई भएकै जिम्मेवारीबाट पनि हटाउने गरिएको असन्तुष्टहरुको भनाइ छ ।

केन्द्रीय सदस्य मेटमणि चौधरी, अपानप्रतिको असन्तुष्टिमा दुई समस्या रहेको बताउँछन् । ‘अपानिमा कहीँ काहीँ मिलेको छैन, ध्यान नपुगेकै हो’ चौधरी भन्छन्, ‘अर्कातिर आफूले खोजे जस्तो नहुँदाको पनि असन्तुष्टि देखियो ।’ अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बैठक एक, चासो अनेक : मुख्य एजेन्डा ओझेलमा पर्ने सम्भावना
  • २०८० भाद्र ३०, शनिबार २०:२३
  • In "समाचार"
  • माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर
  • २०८० भाद्र ३०, शनिबार २०:२३
  • In "देश"
  • ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
  • २०८० भाद्र ३०, शनिबार २०:२३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

स्वास्थय शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलितको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version