• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ


प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) अध्यादेश, २०७७ जारी गरेसँगै प्रहरी समायोजनको बाटो खुलेको छ । लामो समयपछि प्रहरीको समायोजनको बाटो खुलेसँगै यसको चर्चा परिचर्चा हुन थालेको छ ।
नेपाल प्रहरीभित्र अपराध अनुसन्धान तथा प्रहरीको संरचनामा निक्कै दख्खल राख्ने पूर्वडिआइजी हेमन्त मल्ल प्रहरीको मात्रै समायोजन भएर नहुने बताउनुहुन्छ । उहाँले निजामती कर्मचारीको समेत समायोजन भएपछि मात्रै प्रहरीको लागि ल्याएको अध्यादेश सफल हुने बताउनुभयो ।
‘गृह मन्त्रालयको शान्ति सुरक्षा ऐन ड्राफ्ट भएको छ । त्यो बाहिर आएको छैन ।’ पूर्व डिआइजी मल्ल भन्नुहुन्छ, ‘जिल्ला जिल्लामा प्रहरी प्रमुखहरुले सिडिओलाई रिपोर्टिङ गर्नुहुन्छ । प्रहरीसँगै निजामती कर्मचारीहरुको समेत जिम्मेवारी ल्याएमा मात्रै प्रहरी अध्यादेश सफल हुन्छ ।’
संघीयता भनेको केन्द्रमा रहेको शक्ति तल्लो तहसम्म पुग्ने भएकाले प्रहरीको अध्यादेश आएसँगै गृह मन्त्रालयअन्तर्गत रहेका निजामती कर्मचारीका अधिकार समेटेर बनेको विधेयक छिट्टै आउनुपर्ने उहाँले बताउनुभयो । निजामती प्रशासन ऐन बिना यो प्रहरीको अध्यादेश अपुरो हुने उहाँको ठम्याइ छ ।
उहाँले यसअघि नेपाल प्रहरीले ल्याएको महानगरीय प्रहरीको अवधारणा अनुसार निजामती कर्मचारीको समेत व्यवस्थापन हुन नसक्दा सोचेजस्तो काम हुन नसकेको नजिर नेपाल प्रहरीमै रहेको हुनाले प्रहरीको मात्रै अध्यादेशले समग्र प्रहरीको कार्य हुन नसक्ने बताउनुभयो ।
उहाँले प्रहरीले सुरक्षासहित धेरै कुराको रिपोर्टिङ प्रमुख जिल्ला अधिकारीलाई गर्नुपर्ने भएकाले उहाँहरुसँग हुने निजामती प्रशासनिक ऐन समयमै आउनुपर्ने बताउनुभयो । ‘जिल्ला प्रहरी प्रमुख सिडिओको मातहतमा हुनुहुन्छ । यो ऐनसँगै उहाँहरुको निजामती ऐन आएपछि मात्रै यसको कार्यान्वयनको कुरा आउँछ,’ मल्लले भन्नुभयो ।
नेपाल प्रहरीको संरचना केन्द्र तथा प्रदेशमा मात्रै देखिएको जस्तो भएको उहाँले बताउनुभयो । प्रहरीहरुको सीधा सम्पर्क नै स्थानीय तहसम्म भएकाले निजामती कर्मचारी तथा स्थानीय तहसम्म रहने अधिकारको बाँडफाँड र काम कतव्र्यको बारेमा स्पष्ट हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
संघ सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहसम्म संयोजन हुने सबै कानुन, ऐन, विधेयक आएपछि मात्रै नेपाल प्रहरीले ल्याएका नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) अध्यादेशले काम गर्ने उहाँले बताउनुभयो ।
अपराध अनुसन्धानमा केन्द्रको प्रहरीले स्थानीय तहमा पुगेर र स्थानीय तहको प्रहरीले केन्द्रमा आएरसमेत अनुसन्धान गर्नसक्ने अवस्थामा कानुनले बाधा अड्काउ पार्न दिनु नहुनेमा उहाँको जोड थियो । अहिले सुदूर गाउँमा हुने कुराहरुमा समेत हेड क्वार्टरको नियन्त्रण रहेको तर अध्यादेश आएसँगै त्यसको अधिकार तल्लो निकायमा जानु अपराध अनुसन्धानमा थप सहयोगी हुने मल्लले बताउनुभयो ।
स्थानीय विषयमा स्थानीय प्रहरीकै धेरै चासो र सक्रियता हुने भएकाले यो अध्यादेशको कार्यान्वयनपछि प्रदेश स्तरमै नतिजा राम्रो आउनसक्ने उहाँले आशा व्यक्त गर्नुभयो ।
उहाँले प्रहरीको अध्याधदशसँग जोडिएको निजामती प्रशासन ऐनजस्ता अत्यावश्यक ऐनहरुसमेत भटाभट जारी गर्नुपर्नेमा जोड दिनुभयो । हिजो मेट्रो प्रहरी जुन अवधारणाले स्थापना भएको थियो त्यहीअनुसार काम हुन सक्यो कि सकेन ? भनेर अध्ययन गरी यो अध्यादेश सफल बनाउन सरकारले कुनै पनि कसर बाँकी राख्नु नहुनेमा उहाँले जोड दिनुभयो ।
सङ्घीय राजधानीसँग राज्यको प्रतिष्ठा जोडिएको हुनाले त्यसको सुरक्षाको जिम्मेवारी केन्द्रीय प्रहरीले पाउनु निक्कै राम्रो रहेको उहाँले बताउनुभयो ।
नेपालमा मात्रै हैन सङ्घीयता कार्यान्वयन भएको धेरै देशहरुमा सङ्घीय राजधानीको सुरक्षाको जिम्मेवारी केन्द्रीय प्रहरीले पाउने गरेको हुनाले नेपालमा समेत सोही अवधारणा अनुसार कार्य हुनु निक्कै राम्रो कुरा रहेको उहाँले बताउनुभयो ।
सङ्घीय राजधानी काठमाडौँ केन्द्रीय प्रहरी वा प्रदेश प्रहरीको मातहतमा हुने भन्ने विषयमा विवाद रहँदै आएकोमा अब अध्यादेशले सङ्घीय राजधानी काठमाडौँको सुरक्षाको जिम्मेवारी केन्द्रीय प्रहरीले पाउने उल्लेख भएसँगै त्यसले राम्रो सन्देशसमेत जाने उहाँले बताउनुभयो ।
डीएसपीदेखि माथिल्लो तहका प्रहरी अधिकृतको सरुवाको जिम्मेवारी केन्द्रीय प्रहरीले पाउँदा राम्रो अफिसरहरुले तल र माथि सबैतिर काम गर्न पाउने उहाँले बताउनुभयो ।
काठमाडौँ उपत्यकाको तीन जिल्लाको सुरक्षा सङ्घीय प्रहरीले गर्ने गरी अध्यादेश आएसँगै भक्तपुर, काठमाडौँै तथा ललितपुर जिल्लाको सिडिओ कसको मातहतमा हुने भन्ने बहस सुरु भएको नेपाल प्रहरीका पूर्व एसएसपी प्रल्हाद केसीले बताउनुभयो । उहाँले प्रहरीको लागि मात्रै नभएर प्रहरीसँग प्रत्यक्ष सरोकार राख्ने गृह मन्त्रालयले समेत सिडिओ तथा सुरक्षा निकायसँग सम्बन्धित कर्मचारीको विषयमा ऐन समयमै ल्याउनुपर्ने बताउनुभयो ।
शान्ति सुरक्षाको काम प्रहरीको मात्रै हैन, योसँग सम्बन्धित कर्मचारीहरुको सरुवा र बढुवाको कुरासमेत जोडिन आउने हुनाले सङ्घीय सरकार वा प्रदेश सरकारको मातहतमा हुने कुरा अहिले प्रष्ट पार्न आवश्यक रहेको केसीले बताउनुभयो ।
विश्वका विभिन्न सङ्घीय देशहरुमा स्टेट प्रहरी हुने भएकाले नेपालमा पनि सङ्घीय राजधानीमा समेत प्रदेशले नै हेर्न पाउनुपर्ने व्यवस्था भएको भए राम्रो हुने उहाँको धारणा छ । ‘अरु देशहरुमा प्रदेशमै आइजी हुनुहुन्छ तर नेपालमा डिएसपीभन्दा माथिको सरुवा केन्द्र सरकारले गर्ने भनेपछि यसले राम्रो सन्देश जाँदैन ।’ उहाँले भन्नुभयो । तर यसले माथिल्लो ओहदाका प्रहरीले देशव्यापी रुपमा सबै स्टेटमा काम गर्दा पुरस्कृत र सम्मानित हुने मौका पाउने र राम्रो काम गर्ने वातावरण भने बढ्ने केसीले बताउनुभयो ।
सङ्घीय संरचनामा गएसँगै गाउँपालिकामा प्रहरी निरीक्षक, डिएसपी कसको नेतृत्व हुने, नगरपालिकाको जिम्मेवारी कसले लिने भन्ने विषयमा समेत स्पष्ट गरेर दरबन्दी सिर्जना गर्ने समय भइसकेको उहाँले बताउनुभयो । तर विश्वमा अवलम्बन गरेको स्टेट प्रहरीकै अवधारणा नेपालमा समेत लागू गरेको भए राम्रो हुने तर्क उहाँको छ ।
मुख्यमन्त्रीकै नेृतत्वमा प्रदेश प्रहरी भएको भए राम्रो गर्ने उहाँको विचार छ । नेपालका अरु जिल्लामा र काठमाडौँ, भक्तपुर र ललितपुरमा फरक नियम हुँदा सङ्घीयताको सहज कार्यान्वयन भएको भन्न नसकिने उहाँले बताउनुभयो ।gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘सबै तहका कर्मचारीको वृत्तिविकासमा असर नहुने गरी छिट्टै ऐन जारी गर्नू’
  • २०७७ आश्विन १४, बुधबार १८:१४
  • In "BannerNews"
  • प्रहरी भर्नाको लागि प्रदेश २ सरकार ‘एक्सन’मा, संघीय सरकारलाई १५ दिने अल्टिमेटम
  • २०७७ आश्विन १४, बुधबार १८:१४
  • In "BannerNews"
  • प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा
  • २०७७ आश्विन १४, बुधबार १८:१४
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

महोत्तरीमा मिटरब्याजीको आतंक : ‘बजारको हजार’ सिस्टममा ऋण दिएर गरिबलाई लुट्दै

बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

यसपाली दशैंमा बोकाबली प्रदान नहुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version