• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरी भर्नाको लागि प्रदेश २ सरकार ‘एक्सन’मा, संघीय सरकारलाई १५ दिने अल्टिमेटम


प्रहरी भर्नाको लागि प्रदेश २ सरकार ‘एक्सन’मा, संघीय सरकारलाई १५ दिने अल्टिमेटम

प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

२०७५ मा प्रदेश प्रहरी ऐन बनाएर प्रहरी भर्ना गर्ने तयारी गरेर पछाडि हटेको प्रदेश सरकार पुनः सोही प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको हो ।

प्रहरी कर्मचारी समायोजन ऐन २०७६ अनुसार प्रहरी समायोजन गर्न प्रदेश २ सरकारले संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । त्यसो नगरे १५ दिनभित्रै प्रहरी भर्ना प्रक्रिया थाल्ने प्रदेश सरकारको तयारी छ।

यसबारे गृहमन्त्री बालकृष्ण खाण र प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारलाई जानकारी दिइसकिएको आर्थिक मामिला तथा योजनामन्त्री साहले बताए।

यस विषयमा एक साताअघि नै गृहमन्त्री खाँणलाई भेटेर आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी गराइसकेको मन्त्रालय स्रोतले जनाएको छ।

‘सोमबार हामीले डीआईजीसँग पनि प्रहरी समायोजन र प्रदेश प्रहरी भर्ना विषयमा सल्लाह गर्यौँ। डीआईजीले समन्वय गर्छु भन्नुभएको छ। काम भएन भने जति दरबन्दी खाली छ, त्यति विज्ञापन हामी गर्छौं। जे हुन्छ हुन्छ।, मन्त्री साहले भने।

उनले सरकारभित्र सल्लाह भइरहेको र अबको १० दिनभित्र संघीय सरकारले समायोजन प्रक्रिया अघि नबढाए प्रहरी भर्ना गर्ने तयारी भइरहेको पनि बताए।

संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन अगाडि नबढाए र प्रदेश सरकार प्रहरी भर्ना गर्न अघि बढे यस विषयमा पुनः विवाद चर्किने सम्भावना बढेको छ ।

२०७५ मै प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन, २०७५ बनाइसकेपछि प्रहरी भर्नाको तयारी गरेको थियो । तर, त्यतिबेला संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाउन सकेको थिएन। त्यसैले प्रदेश २ को राउत सरकार र प्रधानमन्त्री केपी शर्मा ओली सरकारबीच यही विषयमा रस्साकस्सी समेत चलेको थियो ।

प्रदेश सरकारले ‘ओभरटेक’ गरेर प्रहरी भर्ना गरे देश नै दुर्घटनातिर जानसक्ने संघीय सरकार र सत्तारुढका नेताहरुको धम्कीपछि मुख्यमन्त्री राउत पछाडि हटेका थिए ।

संघीय सरकारले त्यसको एक वर्षपछि प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ पनि बन्यो। संघीय संसदबाट बनेको प्रहरी कर्मचारी समायोजन ऐन, २०७६, १० माघ २०७६ मा प्रमाणीकरण भइसकेको छ। प्रमाणीकरणको ८ औं दिनमा लागू भएको प्रहरी कर्मचारी समायोजन ऐनको दफा ४ मा यो ऐन प्रारम्भ भएको ३० दिनभित्रै प्रहरी समायोजनका लागि प्रहरी कर्मचारीको विवरण तयार गर्ने उल्लेख छ। तर, ऐन बनेको दुई वर्ष बित्नलाग्दा समेत सरकारले प्रहरी समायोजनको काम अगाडि बढाउन सकेको छैन।

सो ऐनमा प्रहरी समायोजन नभएसम्म संघीय प्रहरी र प्रदेश सरकारले प्रहरी भर्ना गर्न नसक्ने प्रावधान नै प्रदेश सरकारहरुलाई आफ्नो प्रहरी भर्ना गर्न बाधक बनेको छ ।

जसको कारण प्रदेश सरकारहरु प्रदेश प्रहरी भर्ना गर्न सकेको छैन । सरकार आफै असुरक्षित महसुस गरिरहेका छन् भने प्रदेशका नागरिकहरुलाई प्रदेश सरकारबाट शान्ति सुरक्षाको प्रत्याभूति हुन सकेको छैन ।

त्यस कारण अब प्रदेश २ सरकार पुनः ‘एक्सन’मा आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरी समायोजन नगरे प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने सञ्चारमन्त्री साहको चेतावनी
  • २०७८ पुष २९, बिहीबार १५:५२
  • In "BannerNews"
  • प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा
  • २०७८ पुष २९, बिहीबार १५:५२
  • In "BannerNews"
  • मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने
  • २०७८ पुष २९, बिहीबार १५:५२
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

प्रदेश २ : १० किलो चरेससहित एक महिला पक्राउ

हिन्दु धर्मावलम्बी को कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने : विवादास्पद अभिव्यक्ती

आज माघे सङ्क्रान्ति : मधेशी समुदाय ‘तिलासकराइत’ र थारु समुदाय ‘माघी पर्व’ मनाउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version