• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार


सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार

राजबिराज । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । श्रेष्ठलाई हटाउँदा पार्टीभित्र र बाहिर त्यसको नकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री प्रचण्डले बुझेका छन् ।

सुन तस्करीमा संलग्न आफ्ना पार्टीका केही नेतालाई जोगाएको बाहेक गृहमन्त्री श्रेष्ठ खासै विवादमा छैनन् । प्रहरी र प्रशासनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएकै कारण सुशासनको पक्षमा सकारात्मक सन्देश दिएकोभन्दै उनको प्रशंसा हुने गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री श्रेष्ठ हटाउन निरन्तर दबाब दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि रक्षामन्त्री पूर्णबहादुर खड्का हटाउने प्रस्ताव गरेको बालुवाटारस्रोत बताउँछ ।

केही दिनअघि कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री श्रेष्ठ हटाउने प्रस्ताव गरेका थिए । देउवाको उक्त प्रस्ताव सुनेपछि प्रचण्डले फर्काएको जवाफ उद्धृत गर्दै स्रोत भन्छ, ‘हुन्छ म गृहमन्त्री हटाउँछु । तपाईं पनि रक्षामन्त्री पूर्णबहादुर खड्कालाई फिर्ता बोलाउनू ।’ प्रचण्डको सो भनाइपछि देउवाले खड्कालाई हटाउन नमिल्ने भनेका थिए । प्रचण्डले पनि अहिलेकै स्थितिमा गृहमन्त्री श्रेष्ठलाई पनि चलाउन नसक्ने बताएको स्रोत दाबी गर्छ ।

देउवा गृहमन्त्री श्रेष्ठबिरुद्ध खनिनुका दुई कारण छन् । पहिलो, बालकृष्ण खाँण, विजयकुमार गच्छदारलगायत नेताबिरुद्धको प्रहरी कारबाही अघि बढाए पनि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताहरूमाथि अनुसन्धान नगर्नु । दोस्रो, सांसद्समेत रहेकी पत्नी डा आरजु राणालाई अनुसन्धानमा तान्ने हल्ला चलाएर उनीविरुद्ध अभियुक्तले दिएको अडियो रेकर्डमाथि छानबिन गराएर स्वर मिलेको वक्तव्य जारी गर्नु । गृहमन्त्री श्रेष्ठले आफूलाई तर्साउन खोजेको उनले बुझेका छन् । सोही कारण गठबन्धनकै बैठकमा पनि गृहमन्त्रीविरुद्ध देउवाले आक्रोश पोख्ने गरेका छन् ।

देउवालाई पार्टीभित्र पनि गृहमन्त्री श्रेष्ठलाई हटाउनुपर्ने दबाब छ । गत महिना बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि अधिकांश सदस्यहरूले गृहमन्त्रीले कांग्रेस नेतालाई छानीछानी पक्राउ गरेको आरोप लागेको थियो । पार्टी पङ्क्तिभित्र गृहमन्त्रीलाई नहटाए गठबन्धनकै बारे सोच्नुपर्ने आवाज उठ्न थालेपछि देउवाले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव राखेका थिए ।

आफैँ सहभागी सरकारबाट आफ्ना नेताहरू पक्राउ पर्न थालेपछि कांग्रेसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठप्रति आक्रोश बढेको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद डा सुनील शर्मा पक्राउ परेपछि त्यो आक्रोश छताछुल्ल भएको हो । अदालतले शर्मालाई थुनामा राख्नुनपर्ने आदेश दिएपछि आफ्ना नेता कार्यकर्तामाथि सरकारले अधिक बल प्रयोग गरेको पुष्टि भएको दाबी कांग्रेस नेताहरूले गर्न थालेका छन् ।

देउवा गृहमन्त्रीसँग मात्र असन्तुष्ट छन् । तर, कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला प्रधानमन्त्री प्रचण्डकै विकल्पबारे बोल्न थालेका छन् । २३ भदौमा चितवन र २४ भदौमा हेटौँडा पुगेर उनले एउटै भाषण दोहोराए । उनको भनाइ थियो, ‘प्रधानमन्त्रीकै कारण अराजकता बढेको छ । आफ्नो पार्टीलाई बहुमत दिए जातीय राज्य दिने उहाँको अभिव्यक्ति अराजक छ । अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, शेरबहादुरजी प्रधानमन्त्री बन्नुपर्छ ।’ आदिवासी जनजाति दिवसमा बोल्दै प्रचण्डले आफ्नो पार्टीले चुनाव जिते जातीय राज्य बनाउने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको तहबाट यस्तो अभिव्यक्ति आउनु गलत छ । यसले अराजकता बढाउँछ’ डा कोइरालाले भनेका छन् ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा कांग्रेसले २४ भदौमा देशभरि प्रदर्शन गर्‍यो । तरुण दलको ब्यानरमा भएको आन्दोलन मुख्यतः गृहमन्त्रीको राजीनामाका लागि दबाब बढाउन गरिएको थियो । यादवमाथि खुकुरी प्रहार भएपछि तरुण दल र नेविसंघले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

पार्टीको दबाब थेग्न नसकेर गृहमन्त्रीको राजीनामाको प्रस्ताव लिएर गएका देउवालाई मत्थर बनाउन प्रचण्डले रक्षामन्त्रीलाई फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रचण्डले हटाउने भए रक्षा र गृह दुवै मन्त्री हटाऊँ भनेपछि देउवा एक कदम पछाडि हटेको कांग्रेसका एक नेता बताउँछन् । ‘कांग्रेसको एकसुुत्रिय माग भनेको गृहमन्त्रीको राजीनामा हो । तर, प्रधानमन्त्रीले हटाउने भए रक्षा र गृह दुवै मन्त्री हटाऊँ भनेर भनेपछि देउवा एक कदम पछाडि फर्कनुभएको हो,’ उनले भने ।

सभापति देउवा खड्कासँगै होइन, परराष्ट्रमन्त्री एनपी साउदसँग भने सन्तुष्ट छन् । उनले गृहमन्त्री श्रेष्ठ र परराष्ट्रमन्त्री साउद हटाउने प्रस्तावसमेत गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नहटाउने अडान लिएपछि त्यो केही समयका लागि टरेको छ । अमेरिका र चीन भ्रमणपछि परराष्ट्रमन्त्री हटाउने तयारीमा देउवा रहेको उच्च स्रोत बताउँछ । आफूखुसी चलेको र पार्टीले भनेको काम नगरेको उनीमाथि आरोप लागेको छ ।

कांग्रेसले सरकारमाथि दबाब बढाए पनि न कांग्रेस, न त प्रधानमन्त्री प्रचण्ड दुवै गठबन्धन तोड्ने स्थितिमा देखिँदैनन् । कांग्रेसले गठबन्धन तोडेमा कोशी प्रदेश सरकार एमाले र माओवादी गठबन्धनको मिलनबिन्दु बन्न सक्ने विश्लेषण हुन थालेको छ । अथवा, कांग्रेस–एमालेको नयाँ गठबन्धनको प्रस्थानविन्दु पनि कोशी प्रदेश बन्ने सम्भावना छ । यी दुवै स्थिति आउन नदिन देउवा र प्रचण्ड दुवै प्रयत्नशील छन् ।

गृहमन्त्री श्रेष्ठमाथि दबाब बढेको संकेत उनी स्वयम्‌ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा गरेका छन् । कसैको नाम नलिएरै श्रेष्ठले अहिलेको भ्रष्टाचार र अनियमितामाथि भइरहेको छानबिन बन्द गरे हुन्थ्यो भन्ने चाहनेहरू देखिएको उल्लेख गर्दै भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, पद मात्रै खाएर बसिराखोस् भन्ने नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन् । म कबुल गर्न चाहन्छु । हामी विश्राम लिने छैनौँ । सुशासनको अभियानलाई जारी राख्नेछौँ ।’

गृहमन्त्री श्रेष्ठले सुशासनको दाबी गरे पनि अहिले सरकार पछाडि फर्किएको तथ्यहरूले पुष्टि गर्दछ । भ्रष्टाचार प्रकरणमा सत्तारुढ गठबन्धनकै नेताहरू मुछिएपछि खल्बलिएको सत्ता गठबन्धनका दलहरूबीच खटपट सुरु भएको हो । बालकृष्ण खाँण जेल परेको, विजय गच्छदारमाथि पक्राउ पुर्जी जारी भएको र डा सुनील शर्मा पक्राउ परेपछि कांग्रेस सरकारसँग असन्तुष्ट भयो । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईमाथि पनि अनुसन्धान हुने स्थिति बनेपछि उनीहरू पनि सरकारसँग सशंकित भए । गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव रुष्ट थिए । तर, माओवादी केन्द्रका नेताहरू गम्भीर आरोपमा मुछिदासमेत उनीहरूमाथि अनुसन्धानसमेत भएन ।

एकपछि अर्को नेता मुछिएपछि संकटमा परेका प्रधानमन्त्री सत्ता जोगाउनकै लागि म्याच फिक्सिङ गर्नुपर्ने स्थितिमा पुगे । ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेताहरूलाई जोगाउने गरी मुद्दा अघि बढाइयो । गौर हत्याकाण्ड छानबिन नगर्ने सहमति भइसकेको छ । सिलापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नारायणकाजीसँग रिसाएका देउवा
  • २०८० भाद्र २६, मंगलवार २०:५५
  • In "BannerNews"
  • मन्त्रिपरिषद्को पहिलो बैठकमै प्रचण्ड–रविबीच ठाकठुक
  • २०८० भाद्र २६, मंगलवार २०:५५
  • In "BannerNews"
  • गृहमन्त्रीमाथि एक पटक जाईलागे शेरबहादुर र केपी ओली
  • २०८० भाद्र २६, मंगलवार २०:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

रुस पुगे किम जोङ उन

अध्यक्ष सन्तोष महतो २ महिना देखी पालिकाको काम काज छाडेर मन्त्रालय धाउदै

चीनको सुपर-पावर महत्वाकांक्षा 'मृत्युको घाँटी', क्रिटिकल साइन्स एण्ड टेकमा प्रतिबन्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version