• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तेजाबसम्बन्धी अध्यादेशबाट अभियन्ता र पीडित खुशी, के छ व्यवस्था ?


तेजाबसम्बन्धी अध्यादेशबाट अभियन्ता र पीडित खुशी, के छ व्यवस्था ?

काठमाडौँ : सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनको तेजाब आक्रमणमा परेका व्यक्ति तथा अभियन्ताहरूले स्वागत गर्नुभएको छ ।
केही वर्षअघि तेजाब आक्रमणमा पर्नुभएकी सङ्गीता पुलामी मगरले यो नयाँ कानुनले देशका धेरै युवालाई खुसी तुल्याएको बताउनुभएको छ । ‘कानुन नै बनेर यो अपराध अन्त्य नै हुन्छ भन्न सकिन्न तर यसले आपराधीको मनोबललाई कमजोर बनाउनेछ,’ मगरले भन्नुभयो, ‘जसले गर्दा तेजाब आक्रमणको अपराध कम भने हुने आशा गरेकी छु ।’
तेजाब आक्रमण हुँदै हुँदैन भन्न नसकिए पनि कानुन नहुनुभन्दा कानुन आएपछि कम्तीमा अपराधीलाई कारबाही हुने कुरा भने सुनिश्चित हुने उहाँको भनाइ छ । त्यस्तै लामो समयदेखि तेजाब आक्रमणमा परेका व्यक्तिहरूको जीवन र अधिकारका लागि काम गर्दैआउनुभएका अभियन्ता उज्ज्वल विक्रम थापाले नयाँ कानुन बनेकोमा खुसी व्यक्त गर्दै आफूले एउटा प्रण पूरा गरेको प्रतिक्रिया दिनुभएको छ । अहिले कानुन बने पनि तेजाब आक्रमणजस्तो अपराधलाई अन्त्य गर्ने विषयमा अझै लामो यात्रा बाँकी रहेको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

तेजाब आक्रमणमा परेका चेलीहरूको पीडा र प्रण देखेर आफू तेजाबविरुद्धको अभियानमा लागेको बताउँदै उहाँले नयाँ कानुन पारितको श्रेय ती बहादुर नारीहरूलाई दिने एक ट्वीट गर्दै बताउनुभएको छ । साथै उहाँले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई पनि धन्यवाद दिनुभएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ जारी गर्नुभयो ।

यी अध्यादेशहरू तेजाबजन्य अपराधविरुद्ध नेपाल सरकारको महत्वपूर्ण कानूनी तथा नीतिगत कदम साबित भएको छ । यी अध्यादेशहरूले नेपालमा तेजाब आक्रमणबाट पीडित व्यक्तिहरूले उठाउँदै आएको कडा कानूनको मागलाई समेत सम्बोधन गरेको छ ।

अध्यादेशले मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गरी तेजाब प्रयोग गरी गरिने अपराध गर्नेलाई सजायले व्यवस्था गरेको छ । जसअनुसार कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग वा सेवन गराई कसैको दुवै आँखा जली पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाकमा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा कुरुप भएमा, महिलाका दुवै स्तन जलेमा वा कसैको यौनांग नासिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपियाँ जरिबाना हुने व्यवस्था गरेको छ ।

कसैको एउटा आँखा, एउटा कान काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार कुरुप भएमा, महिलाको एउटा स्तन काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भएमा पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि १० लाख रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ । कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृतिबमोजिम सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपियाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
कसूर पीडित व्यक्तिको तत्काल मृत्यु नभई कसूर भएको मितिले एक वर्षभित्र मृत्यु भएमा समेत ज्यान मारेको कसुर मानिने व्यवस्था गरिएको छ ।

नलागे पनि सात वर्षसम्म कैद
तेजाब आक्रमण गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिलाई पाँच वर्षदेखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ । जरिवानाबापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिबापत दिनुपर्ने व्यवस्था पनि अध्यादेशले गरेको छ ।

पीडितको नाममा सहयोग लिन नपाइने
कसुर पीडितको नाममा सहयोग लिन नहुने व्यवस्था गरिएको छ । कसुर पीडितको नाममा सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आव्हान गरी वा नगरी औषधि उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजको परिवारका सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद, जिन्सी माग्नु, लिनु वा प्राप्त गर्न नहुने व्यवस्था गरिएको छ । त्यस्तो गरेमा गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपियाँसम्म जरिवाना हुने र प्राप्त नगद जिन्सी जफत हुने व्यवस्थासमेत गरिएको छ ।
न्याय प्रशासन ऐन, २०७३ मा तेजाब प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको मुद्दा भए जहिले सुकै दर्ता भएको भए तापनि पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था थप गरिएको छ ।

बिक्री वितरणमा पनि नियमन
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ उत्पादन, निकासी, पैठारी तथा बिक्री वितरणका लागि अनुमति पत्र लिनुपर्ने व्यवस्था गरेको छ । उत्पादन, निकासी र पैठारीका लागि भए गृह मन्त्रालयबाट र बिक्री वितरणका लागि भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र लिनुपर्नेछ । अनुमतिपत्रको मान्य अवधि पाँच वर्षको हुनेछ ।
त्यस्तै खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थहरू औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिणामसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिइने व्यवस्था गरिएको छ ।
अध्यादेशको दफा ११ ले अनुमति प्राप्त व्यक्तिले अठार वर्ष उमेर पूरा नभएको व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ बेच्न वा दिन नहुने व्यवस्था गरेको छ ।

gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एसिड आक्रमण सम्बन्धि बन्यो कानून : २० वर्ष कैद र १० लाख जरिवाना
  • २०७७ आश्विन १४, बुधबार १८:०४
  • In "समाचार"
  • राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी
  • २०७७ आश्विन १४, बुधबार १८:०४
  • In "समाचार"
  • जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण
  • २०७७ आश्विन १४, बुधबार १८:०४
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ

महोत्तरीमा मिटरब्याजीको आतंक : ‘बजारको हजार’ सिस्टममा ऋण दिएर गरिबलाई लुट्दै

बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version