• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अभियानले चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकाले


अभियानले चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकाले

काठमाडौं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकालेको छ । प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाईदैन जस्ता नारा लगाएका थिए । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको रैली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

संविधानसभा सदस्य एवम अभियानका वरिष्ठ नेता वीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए । चिनियाँ राजदूत सोङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए। नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको थपे। उनले यस विषयमा नेपाल सरकारले कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग समेत गरे।

अभियानका महासचिव डा प्रभात कुशवाहाले र्‍यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गर्नु रहेको बताए । उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन र भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए । उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए । रैलीमा अभियानको महिला संयोजक रीता साह, मधेश सम्पर्क समिती काठमाडौका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका यूवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादब, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी भए।

चिनियाँ राजदूत चेन सोङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताए ।

चेङको भनाइको नेपालमा चौतर्फी आलोचना भईरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०८० भाद्र २५, सोमबार २१:१६
  • In "देश"
  • राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०८० भाद्र २५, सोमबार २१:१६
  • In "BannerNews"
  • लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन
  • २०८० भाद्र २५, सोमबार २१:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

महोत्तरीः पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा दर्ता

प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने

पुरुषको शव फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version