• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बन्द हुने अवस्थामा जयनगर-जनकपुर-भंगहा रेल


नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

तेल किन्न समस्या भएपछि भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा बन्द हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि रेललाई तेल किन्न समस्या भएको हो ।  यसले रेल सेवा बन्द हुने  अवस्थामा पुगेको कार्यालय स्रोतले जनाएको छ ।

भदौ २०७८ मा संघीय समाजवादीको कोटामा महाप्रबन्धक नियुक्त भएका निरञ्जन झा भदौ २  गते पदावधि सकिएको थियो । त्यस यता रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिएको छ । महाप्रबन्धकलाई मात्रै आर्थिक अधिकार हुने भन्दै रेलमा तेल हालेको पैसा दिन कम्पनीले मानेको छैन ।

जनपुरको भी आयल स्टोरले बक्यौता भुक्तानी नभए १६ भदौ (भोलि)देखि तेल नदिने भन्दै पत्राचार गरेको छ । कम्पनीले सोही पम्पबाट रेलका लागि तेल खरिद गर्दै आएको छ ।

कम्पनीका अधिकारीहरुले अन्य कर्मचारीलाई आर्थिक दायित्व भुक्तानीको अधिकार नभएको भन्दै भुक्तनी दिन नसकिने बताइरहेका छन् ।

भी आयल स्टोरले गत ६ भदौमा २० लाख ९५ हजार ६४१ रुपैयाँ भुक्तानी नभएको १५ भदौसम्ममा भुक्तानी नभए इन्धन उपलब्ध नगराउने जानकारीसहित पत्र लेखेको थियो । त्यसअनुसार भोलिदेखि सेवा रोकिने जोखिम देखिएको स्रोतको दाबी छ ।

उनको पदावधि सकिएलगत्तै अर्का महाप्रबन्धक नियुक्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेल्वे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ ।

पम्पले दिएको चेतावनीबारे कम्पनीका कर्मचारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जानकारी पनि दिएका थिए । तर, मन्त्रालयका अधिकारीहरुले चासो नै नदिएकाले भोलिदेखि रेलसेवा बन्द हुने अवस्था आएको अधिकारीहरुको दाबी छ ।

कम्पनी मन्त्रालय मातहत भएकाले छिटो महाप्रबन्धक नियुक्त गर्ने र कम्पनीको दैनिक कार्यसम्पादनमा परेका गाँठो फुकाउने अधिकार मन्त्रालयसँगै छ । तर, मन्त्रालयले पटक्कै चासो नदिएपछि कम्पनीका कर्मचारीले भोलिदेखि रेल सेवा बन्द गर्नुको विकल्प नदेखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
  • नेपाल रेलले प्रतिनिधि सभा निर्वाचनका लागि जयनगर–जनकपुर सेवा ३ दिन बन्द
  • २०८० भाद्र १५, शुक्रबार १९:४७
  • In "BannerNews"
  • आज जनकपुर – जयनगर रेल्वे १२० किमी को प्रति घण्टा गति परीक्षण गरिने
  • २०८० भाद्र १५, शुक्रबार १९:४७
  • In "देश"
  • भदौभित्रै भारतबाट रेल
  • २०८० भाद्र १५, शुक्रबार १९:४७
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

नेपालको चुच्चे नक्सा बुच्चे देखाइदिएपछि बालेनले रद्द गरे चीन भ्रमण

उपेन्द्र यादवको जसपामा मौलाएको भ्रष्टाचार , तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

सत्ता-विपक्षी झगडाको बीउ : गिरीबन्धु टी इस्टेटमा दुई दशकदेखि पाकेको खिचडी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version