• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी नेताहरू कम्युनिस्ट भन्दा कमाउनिस्ट भए


माओवादी नेताहरू कम्युनिस्ट भन्दा कमाउनिस्ट भए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार भएको कारणले संगठनात्मक गतिविधि कमजोर भएको विश्लेषण गरेका छन् ।
साउनको दोस्रो साता बसेको केन्द्रीय समितिको चौंथो पूर्ण बैठकबाट पारित राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा उनले संगठनात्मक गतिविधि कमजोर भएकोप्रति पार्टीका नेताहरुमाथि आरोप लगाएका हुन् ।

प्रदेश समितिहरू र विभागहरूबाट प्राप्त रिपोर्टहरूका आधारमा अध्यक्ष प्रचण्डले सङ्गठनमा पार्टीका नेताहरुमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्य क्षेत्र र जनतामाझ नजाने, सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने समस्या देखिएको उल्लेख गरेका छन् ।

कमीकमजोरीबारे समितिमा आलोचना आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने, उत्पादनका काममा नलाग्ने, परिश्रम नगर्ने, आर्थिक रूपले अपारदर्शी जीवनशैली अपनाउने, श्रमजीवी वर्गीय पक्षधरता छोड्दै जाने र विजातीय वर्ग खोज्दै हिँड्ने, पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने, विधि र विधानको पालना नगर्ने, पार्टी अनुशासनको पालन नगर्ने, मालेमावादसम्बन्धी वैचारिक राजनीतिक विषयहरूको अध्ययन छलफलमा रूचि नलिने प्रवृत्ति बढेको उनले विश्लेषण गरेका छन् ।

यस्ता नकारात्मक प्रवत्ति माओवादीमा बढे पनि पार्टी वैचारिक र राजनीतिक रूपले देशको निर्णायक र नेतृत्वदायी भूमिकामा रहेको उनको दाबी छ ।

प्रचण्डको हालै सार्वजनिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी जीवनमा देखापर्ने उपरोक्त प्रकृतिका कमीकमजोरीहरूप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गरेर रूपान्तरण हुन सबैले जोड दिनुपर्नेछ ।’

पार्टी संगठनलाई अगाडि बढाउन आवश्यक भएको उल्लेख प्रतिवेदनमा भनिएको छ, ‘नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न एउटा कम्युनिष्ट पार्टीका लागि सर्वाधिक महत्वको कुरा वैचारिक(राजनैतिक स्पष्टता कायम गर्नु नै हो । यसका लागि तात्कालिक दृष्टिले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको दस्तावेजमा आधारित रहेर सिंगो पार्टी पंक्ति, जनवर्गीय संगठन, मोर्चा, विभाग, आयोग र सम्भव भएसम्म आमजनतासम्म व्यापक प्रशिक्षण, बहस, छलफल आन्तरिक प्रकाशन, प्रचारप्रसारलाई व्यवस्थित गर्नुपर्दछ ।’

विधान सम्मेलनसम्मको एक चरणको अभियान वैचारिक, राजनैतिक स्पष्टता हासिल गर्ने तथा विशेष महाधिवेशनसम्म पुग्दा अध्ययन, अनुसन्धान र बहसको अर्को अभियानमार्फत आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो दस्तावेजलाई नयाँ उचाइमा परिमार्जनसहित नयाँ वैचारिक संश्लेषणमा पुग्ने उद्देश्य प्राप्तिमा सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्न जरुरी भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डले आम पार्टी र जनस्तरसम्म सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक महत्व र परिवर्तनका उपलब्धिलाई प्रशिक्षण र प्रचार गर्ने, पार्टीको कार्यदिशा, कार्यनीति कार्यान्वयन र त्यसको निरन्तर विकासको सन्दर्भमा पार्टीका केन्द्रीय पदाधिकारीदेखि आमसदस्यहरूबीच निरन्तर छलफल एवं वैचारिक काममा अनिवार्य सहभागीलगायतको कार्यभार पूरा गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टी एकता गर्दा संख्या र पदलाई भन्दा विचार र कार्यदिशालाई प्राथमिकतामा राख्ने, पार्टी प्रवेशको हकमा जिम्मेवारी समायोजन गर्दा संगठनात्मक सन्तुलन नबिग्रिने गरी व्यवस्थापन गनुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो । हाम्रै पार्टीले नेपालको वामपन्थी एवं कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ । यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताका सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ ।’

पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नेपर्नेमा उनले जोड दिएका छन् । नेपालप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डको ब्रिफिङः पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं
  • २०८० भाद्र ११, सोमबार २०:०८
  • In "BannerNews"
  • रास्वपालाई बद्‌नाम गराउने एमाले-माओवादीको जालमा परे रवि
  • २०८० भाद्र ११, सोमबार २०:०८
  • In "BannerNews"
  • जसपा सिरहा ४ को विस्तारित बैठक सम्पन्न, क्षेत्रीय समिति गठनको प्रक्रिया सुरु
  • २०८० भाद्र ११, सोमबार २०:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

रुसी तेलमा चीन र भारतले खरिद गरेपछि एसियाली कच्चा तेलको आयात उच्च

मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने, खेलाडीको विमा गर्न २५ लाख

महोत्तरीबाट स्रोत नखुलेको २६ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version