• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ


तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ

काठमाडौँ । कार्यक्रममा नेकपा ९एमाले० का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताएका हुन् ।

‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु, यद्यपि नेकपा ९एमाले० अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौँ भने करिब–करिब दुई तिहाइको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’– उनले भने ।
अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्ममात्रै बाँकी रहने उनको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काहीँ ब्युँझिएकोजस्तो गर्‍यो भने पनि भ्रष्टाचार मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।
‘कांग्रेस अहिले ब्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काहीँ ब्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने ।

कांग्रेस नब्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको उनले बताए । उनले अहिले कांग्रेस सुतिरहेको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको बताए । त्यसैले देशको प्रमुख र पहिलो पार्टी यस्तो ढंगले किंकर्तव्यविमूढ बनेर बस्न नहुने उनको भनाई छ ।

तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको दाबी गरे । उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निष्कर्षमा पुर्‍याउन नसक्ने बताएका हुन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरूलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरूलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए ।

शरणार्थी प्रकरणमा अदालतमा पेस भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने उनको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउन जरुरी रहेको उनको भनाई छ ।

त्यसै गरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरू सबै आर्थिक लाभकै कारण संलग्नता नभए पनि न्यायिक प्रश्न उठेपछि न्यायिक कसीमा जाँचिनुपर्ने उनले बताए । ‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौँ, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्‍यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कसीमा जाँचिनु पर्दछ,’– उनले भने ।

ललिता निवास प्रकरण पनि अधुरै रूपमा सम्पन्न गर्ने परिस्थिति बनेको उनको भनाई छ । उनले सरकारले विभिन्न प्रकरणको छानबिनमा जोडिएका प्रहरी अधिकारीलाई विना कारण सरुवा गरेको बताए । उनले सुन तस्करी प्रकरणमा पनि सरकारले अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूलाई रातारात सरुवा गरेर उक्त प्रकरण ढाकछोप गर्न खोजेको बताए ।

‘सुन प्रकरणमा पनि त्यही हो । अध्ययन अनुसन्धानमा रहेका प्रहरी प्रमुखहरूलाई वास्तवमा के यस्तो आइपर्यो र रातारात सरुवा गर्नपर्‍यो,’ उनले भने ।

अहिले अदालत, न्यायालय र व्यवस्थापिकामाथि समस्या पैदा भएको भन्ने प्रश्न उठेको उनले बताए । न्यायाधीश नियुक्तिमा भाग बन्डामा गर्दा प्रश्न चिन्ह उठेको उनको दाबी छ । न्यायाधीशहरू नियुक्त भएर कुर्सीमा बसेपछि पनि पार्टीको रङ्ग कायम रहेको उनले बताए । उनले दलको रङ्गको आधारमा नियुक्त भएको न्यायाधीशको निर्णय पनि रङ्गकै आधारमा हुने गरेको बताए ।

संसद् विकास कोषमाथि अदालतले हस्तक्षेप गर्दा सत्ता गठबन्धनका नेताहरू आक्रोशित भएको बताउँदै उनले न्यायिक निर्णयलाई सबैले स्वीकार गर्न आवश्यक रहेको बताए । संसारमा कहिल्यै पनि भ्रष्टाचार शून्य नहुने बताउँदै नेता तामाङले कर्मचारी र राजनीतिक दलका नेता सबैको सम्पत्ति छानबिन भएमा ७०÷८० प्रतिशत भ्रष्टाचार कम हुनसक्ने बताए ।

नेपालमा अहिले पछिल्लो समय धार्मिक र जातीय द्वन्द्व फैलिने वा फैलाउने खालको गतिविधि सुरु भएको भन्दै उनले दुःख व्यक्त गरे । सबैले सचेततापूर्वक यस्तो स्थिति हुन नदिन मुलुकका सबै धार्मिक सम्प्रदायहरू, सबै जातीय समुदायहरू संयम हुन आवश्यक रहेको उनको भनाई छ । ‘मुलुकको धार्मिक सहिष्णुता र जातीय एकता कायम गर्न सबै संयम भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु,’ उनले भने । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काँग्रेस र एमाले मिले स्थायी सरकार बन्न सक्ने
  • २०८० भाद्र १०, आईतवार ११:०६
  • In "BannerNews"
  • निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
  • २०८० भाद्र १०, आईतवार ११:०६
  • In "BannerNews"
  • एमालेको प्राथमिकता : प्रधानमन्त्री आलोपालो, राष्ट्रपति नछाड्ने
  • २०८० भाद्र १०, आईतवार ११:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

हुलाकी राजमार्ग : मधेसको ‘लाइफलाइन’ ले जगाएको आशा

लोकतान्त्रिक किरात राई संघ नेपालको प्रथम मधेस प्रदेश अधिबेशन

गौर हत्या काण्डको दोषीलाई कारबाही प्रकृया अगाडि बढाउन गृहले गर्‍यो पत्राचार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version