• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको चरणबद्ध आन्दोलनको घोषणा


साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको चरणबद्ध आन्दोलनको घोषणा

नेपालगन्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाँकेले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले भदौ २ गते सम्पन्न निर्वाचनमा महासचिव पदको पुनः मतगणना गर्न दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समूहका संयोजक संजयकुमार थापाले निर्वाचन आयुक्त टिकाजंग सिंहले एकपक्षीय ढंगले महासचिव पदको नतिजा सार्वजनिक गर्नु खेदजनक र आपत्तिजनक रहेको बताए ।

थापाले पुन:गणना गर्ने आफ्नै सार्वजनिक प्रतिबद्धताबाट पछि हटेर आयुक्त सिंहले विधि-विधान र निर्वाचन प्रक्रियाको हुर्मत लिन खोजेको भन्दै रोष प्रकट गरे । उनले पुनः मतगणना नहुँदासम्म सशक्त ढंगले आन्दोलन अघि बढाइने बताए । साझा प्रजातान्त्रिक समूहबाट महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले मतगणनामा चित्त नबुझेको भन्दै मतगणना नसकिँदै निर्वाचन कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । निवेदनलाई वेवास्ता गर्दै सम्पूर्ण मतपत्र गणना नगरी समावेशी समूहबाट महासचिव पदका उम्मेदवार भिम रानाभाटलाई ६ मतको विजयी भएको घोषणा गरिएको थियो । त्यस पश्चात साझा प्रजातान्त्रिक समूहले दबाब बढाउँदै निर्वाचन कार्यालयमा तालबन्दी गरेपछि शर्माको निवेदनलाई आधार बनाउँदै निर्वाचन आयुक्त सिंहले पुन: मतगणना हुने सार्वजनिक बक्तब्य निकाले । तर फेरि भोलिपल्ट उनले आफू अस्पताल भर्ना भएको ब्यहोरासहितको बक्तब्य निकाल्दै तीन दिन मतगणना स्थगित गरेको जानकारी गराए ।

संयोजक थापाले तीन दिन पश्चात फेरि आफ्नै प्रतिबद्धताबाट पछि हट्दै आयुक्त सिंहले पुन: मतगणना नगर्ने निर्णय गर्नु खेदजनक रहेको बताए । थापाले अधिकतम लचकता देखाउँदा देखाउँदै निरंकुशरुपमा गरिएको निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए । पुनः मतगणनाले कसैको अहित नगर्ने भन्दै उनले पुनः मतगणनाले मतदाताको सम्मान नै हुने बताए । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको साझा प्रजातान्त्रिक समूहले नेपालगन्ज उद्योग बाणिज्य संघमा समेत तालाबन्दी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न ठोस कदम चालिन्छ : रौनियार
  • २०८० भाद्र १०, आईतवार १०:५३
  • In "BannerNews"
  • सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित
  • २०८० भाद्र १०, आईतवार १०:५३
  • In "BannerNews"
  • प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा
  • २०८० भाद्र १०, आईतवार १०:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ

हुलाकी राजमार्ग : मधेसको ‘लाइफलाइन’ ले जगाएको आशा

लोकतान्त्रिक किरात राई संघ नेपालको प्रथम मधेस प्रदेश अधिबेशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version