• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुक्तेश्वरनाथ धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव


मुक्तेश्वरनाथ धार्मिक करिडोरमा जोडिन्छ : मन्त्री यादव

राधेश्याम कुशवाहा

सर्लाही । मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने बताएकी छिन् ।
साउनको हिजो अन्तिम सोमबार सर्लाहीको बरहथवा नगरपालिका–९, मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन पछि सम्बोधन गर्दै उन्ले यस्तो बताएकी हुन् । ऐतिहासिक धरोहरको रुपमा रहेको यस मुक्तेश्वर मन्दिरलाई धार्मिक करिडोरमा जोडेर पर्यटकिए हिसावले विकास गर्ने कुरामा मधेश प्रदेश सरकार पर्यटन मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उन्ले प्रतिवद्धता ब्यक्त गरिन ।
स्थानीय जनसमुदायको आस्था सगँ जोडिएको मठमन्दिर संरक्षण तथा प्रवर्धन आजको आवश्यक्ता भएको उन्को तर्क छ । यस मन्दिरको ऐतिहासिकताको बिषयमा आफुले पहिलो पटक जानकारी पाएको बताउदै प्रचारप्रसारलाई समेत जोडदिन जरुरी रहेको बताईन् । प्रदेश सरकार सगँ प्रयाप्त बजेट नभएको र त्यसमा पनि टुक्रे योजनाका कारण बजेट विनियोजनमा समस्या भएको मन्त्री यादवका भनाई थियो ।
कार्यक्रमा बोल्दै उक्त वडाका वडाध्यक्ष समेत रहेका तुलसी लुईटेलले मन्दिरको ऐतिहासिकता एकिन गर्नुपर्ने बताएका छन् । लामो समय देखी भग्नाअवसेसको रुपमा रहेको मन्दिरको केही समय पहिलामात्र पुरातत्व विभागले पुनः निर्माण गरेको थियो । पुनः निर्माणको क्रममा फेला परेका लिपिबाट यस मन्दिर हजारै बर्ष पुरानो भएको शंकेत गरेको उन्ले दावी गरे । मन्दिर पुनः निर्माणको क्रममा ढुगामा कुदिएको ब्राम्ही लिपी फेला परेको छ ।
ढुंगामा ब्राम्ही लिपी फेला परेको बताउदै वडाध्यक्ष लुईटेलले त्यो लिपी आज भन्दा २ हजार बर्ष भन्दा पनि पहिला चलन रहेको विभिन्न तथ्यबाट फेला परेको बताए । यो लिपी ईसा पुर्व नै चलन चल्तीमा रहेको हाल सम्मको अध्यनबाट खुलेको उन्को दावी छ । त्यस कारण पनि यो मन्दिर २ हजार बर्ष पहिला निर्माण भएको दावा गर्न सकिने वडाध्यक्ष लुईटेलले बताए ।
मन्दिर ११ औँ वा १२ औँ सताब्दी भन्दा पहिला निर्माण भएको आंकलन गरिरेहेको अवस्थामा निर्माणको क्रममा अझै पुरानो लिपी फेला परेको हो । वडाध्यक्ष लुईटेलले यसको थप अनुसन्धान गर्न पनि मागँ गरे । प्रयाप्त बजेट अभावमा उचित संरक्षण हुन नसक्दा यस मन्दिर जिल्ला बाहिर गुमनाम जस्तै बनेको छ । कार्यक्रमा बोल्दै बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाले मन्दिरको सम्बर्धन र प्रवर्धनमा जोड दिईएको बताईन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले मन्दिरको उचित संरक्षण हुन नसकेको बताए । मुक्तेश्वर क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने बिषयमा गंम्भिर बन्नुपर्नेमा उन्ले जोड दिए । यस क्षेत्रमा ऐतिहासीक स्थल धेरै भएकोले पर्यटकिय क्षेत्रमा विकास गर्न सकिने सांसद कुशवाहले बताए । आगामि दिनमा यस क्षेत्रको विकासमा बिषेश पहल हुनेमा आफु ढुक्करहेको सांसद कुशवाहले बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रमको अन्तिममा मन्त्री यादवले मन्दिर परिसरमा बृक्षारोपण समेत गरिन् । मन्दिर परिसरलाई पर्यटकिय हिसावले विकास गर्न सके नगरकै पहिचान बन्ने स्थानीयको भनाई छ । मन्दिर आसपासका क्षेत्रमा ४ फिट गहिरो खाडल खन्दा अहिले पनि विभिन्न पुरातन सामग्री फेला पर्ने गरेको तथा ईट्टा बिच्छाईएको फेला पर्ने गरेको स्थानीयको भनाई छ । मन्दिरको नजिकै निकै पुरानो पोखरी लगाएतका अन्य संरचना समेत छन् ।
वडाध्यक्ष लुईटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिउ सदस्य एवं जिल्ला इन्चार्ज अच्युतम काफले, बरहथवा नगरपालिकाका निवर्तमान मेयर देवानन्द महतो लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने
  • २०८० श्रावण ३०, मंगलवार २१:५०
  • In "BannerNews"
  • मधेसको औद्योगिक विकासमा सघाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह
  • २०८० श्रावण ३०, मंगलवार २१:५०
  • In "BannerNews"
  • मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने
  • २०८० श्रावण ३०, मंगलवार २१:५०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

महराकी श्रीमतीको मृत्यु हुँदा २ कार्टुन फलफुल बोकेर पुगेका थिए सुन तस्कर वाङ

धनुषामा प्रहरी जवानले गरे बालिकालाई यौन दुव्यबहार, विरोधमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

बढ्यो गाडी भाडा, जनकपुरधामदेखि काठमाडौँको कति ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version