• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

२ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता


२ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता

काठमाडौं । १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन आयोजनाको निर्माणले गति लिन नसक्दा यस काेरिडाेरमा निर्माण सकिन लागेका जलविद्युत आयोजनाका प्रवर्द्धकलाई विद्युत खेर जाने बढेको छ । प्रसारण लाइनको टावर ठड्याउने र तार तान्ने काम अझै सुरु नहुँदा विद्युत खेर जाने अवस्था आउन लागेको हो ।

दोर्दी कोरिडोरमा ४ आयोजना निर्माणाधीन छन् । यी मध्ये २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र २७ मेगावाटको दोर्दी खोला निर्माण अन्तिम चरणमा पुगेका आयोजना हुन् ।

आयोजना सम्पन्न भइसकेको भए पनि परीक्षण सुरु गर्न प्रसारण लाइन तयार नभएको माथिल्लो दोर्दी ‘ए’को प्रवर्द्धक लिवर्टी इनर्जी कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए । ‘केही दिनमै हाम्रो आयोजनाको परीक्षण सुरु हुनुपर्ने हो, ’उनले भने, ‘आयोजना त सकियो, तर विद्युत प्रवाह गर्न लाइन छैन ।’

उनले नेपाल विद्युत प्राधिकरणले अबको २ महिनामा प्रसारण लाइन तयार गर्ने आश्वासन दिएकाले असोजबाट विद्युत उत्पादन सुरु गरिने बताए । प्रसारण लाइन नभएकै कारण आयोजनाको विद्युत उत्पादन तालिका धकेलिँदै आएको छ ।

दोर्दी खोलाको पनि निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन निर्माणमा भएको ढिलाईको असर यो आयोजननामा समेत पर्ने देखिएको छ । याे आयोजना पनि प्रसारण लाइन निर्माणमा भएकाे ढिलाईका कारण धकेलिँदै आएकाे छ ।

२०७४ पुसबाट ठेक्का कार्यान्वयनमा आएकाे मितिले १८ महिनामा प्रसारण लाइन सम्पन्न भइसक्नु पर्ने थियाे । त्यस यता २ पटक म्याद थपिँदा पनि अझै ४० प्रतिशत काम बाँकी छ ।

यता प्राधिकरणले प्रसारण लाइनको ६० प्रतिशत निर्माण सकिएको जनाएको छ । १० किलोमिटर प्रसारण लाइनको जग खन्ने काम सकिएको आयोजना प्रमुख रमेशप्रसाद पौडेलले बताए । टावर ठड्याउन र तार तान्न बाँकी छ ।

उनका अनुसार कोरोना (कोभिड–१९) महामारीको असरले प्रसारण लाइनको टावरका उपकरण भन्सारमा रोकिएको छ । ‘अन्तिम तालिकाअनुसार प्रसारण लाइन गएको आर्थिक वर्षमा नै सम्पन्न भइसक्नु पर्ने हो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीको असरले कामलाई गति दिन सकिएन ।’ उनले भन्सारमा रोकिएका उपकरण तल्कालै ल्याउन सकेमा असोजभित्र प्रसारण लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउने दाबी गरे ।

पहिले विविध कारणले सुस्त बनेको प्रसारण लाइन अहिले कोरोना महामारीका कारण प्रभावित भएको उनले बताए । ‘लक्ष्यभन्दा हामी ढिलो भएकै हो । अब निजी क्षेत्रले निर्माण गरेका आयोजनाको विद्युत खेर जान नदिने गरी काम गर्छौं’ उनले भने । अहिले प्रसारण लाइन र किर्तीपुर सबस्टेसनमा करिब सय जनाको टोलीले काम गरिरहेको पनि उनले बताए ।

दोर्दी कोरिडोरमा जोडिने गरी माथिल्लो दोर्दी र दोर्दी खोलासहित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र १२ मेगावाटको दोर्दी–१ गरी १ सय १८ मेगावाटका आयोजना निर्माणाधीन छन् । दोर्दी–१ ले पुसदेखि उत्पादन सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारणलाइन बनाउन जताततै अवरोध
  • २०७७ श्रावण २८, बुधबार ०५:५८
  • In "देश"
  • प्रधानमन्त्रीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन
  • २०७७ श्रावण २८, बुधबार ०५:५८
  • In "देश"
  • ढल्केबर-लोहारपट्टी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा
  • २०७७ श्रावण २८, बुधबार ०५:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

वीरगञ्ज पीडामा काठमाडौंलाई किन दुख्दैन ?

कोरोना सङ्क्रमितको मृत्युपछि महोत्तरीको मटिहानी बजार सिल

एकैदिन ६ हजार २ सय रुपैयाँले घट्यो सुन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version