• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मन्त्रिपरिषद्मा रविभन्दा तल बस्न नचाहेपछि एमालेका ‘सिनियर’हरूको आँखा सभामुखमा


मन्त्रिपरिषद्मा रविभन्दा तल बस्न नचाहेपछि एमालेका ‘सिनियर’हरूको आँखा सभामुखमा

काठमाडौं । एमालेको भागमा सभामुख परेपछि त्यसका लागि लबिङ बढिरहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिसँगै एमालेका सिनियर नेताहरू मन्त्रिपरिषद्मा सहभागी नहुने भएपछि सभामुखका लागि लबिङ बढाएका हुन् ।

सिनियर नेताहरू पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, रघुजी पन्तले लामिछाने भन्दा तल बसेर काम गर्न असहमत भएसँगै उनीहरूले सभामुखमा लबिङ गरेका हुन् । माघ ५ गतेलाई तय भएको सभामुखको निर्वाचनमा उनीहरूले उपाध्यक्षहरू विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शङ्कर पोखरेल तथा पार्टी अध्यक्ष केपी ओलीसँग लबिङ गरिरहेका छन् ।

त्यसका अतिरिक्त महिला सभामुखको रूपमा विद्या भट्टराईले पनि लबिङ गरिरहेकी छिन् । नयाँ सदस्यको रूपमा झापाका देवराज घिमिरेको पनि चर्चा चलाइएको छ । तर एमाले माओवादी गठबन्धन बनाउन सक्रिय रहेका गुरुङले यसपटक रहर गरेकाले उनको सम्भावना धेरै रहेको केही एमालेजनले बताए पनि विगतमा ओलीसँग सम्बन्ध बिग्रेकाले उनलाई हटाएर अरू नै ल्याउन सम्भावना रहेको पनि बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत एमाले–माओवादी गठबन्धनका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखमा कांग्रेसले लोभ गरिरहेको छ । कांग्रेसले सभापति शेरबहादुर देउवालाई सभामुखबारे अन्य दलसँग कुराकानी गर्ने जिम्मा दिएको छ । तर नयाँ बनेको गठबन्धनले एमालेलाई धोका दिने अवस्था छैन ।

ओली निवास बालकोट सहमतिअनुसार, प्रचण्ड प्रधानमन्त्री बनेपछि राष्ट्रपति र सभामुख एमालेले पाउँदा अहिले एमालेबाटै सभामुखका लागि आकाङ्क्षीहरूबीच दौडधुप चलिरहेको छ ।

उपमहासचिव समेत रहेका गुरूङ लमजुङबाट माओवादी महासचिव देव गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनी गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत हुन् । सङ्घीय सरकारको पर्यटनमन्त्रीसमेत भइसकेका गुरुङ वाम एकताको पक्षमा उभिने नेताका रूपमा परिचय मात्र बनाएनन् । निर्वाचन लगत्तै प्रचण्ड र माधव नेपाल निवास गएर वाम एकताको पहल गर्ने नेताको रूपमा आफूलाई दर्ज गरे । हाल एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङ समन्वयकारी भूमिकामा रहेकाले सभामुखमा अन्य नेता भन्दा उनलाई दिन सकिने एमालेका केही नेताहरूको दाबी छ ।

उनीहरुप्रति ओली त्यति नकारात्मक छैनन् तर कसैलाई पनि वचन दिइसकेका छैनन् । ‘सभामुख बारे कुराकानी गर्न आउने नेताहरुलाई अध्यक्षज्यूले कसैलाई वचन दिनुभएको छैन उपयुक्त पात्र नै सभामुख हुनेछन् तपाई ढुक्क हुनुस् भन्नु भएको छ’, वालकोटमा ओलीसँगै रहने एमालेका एक पदाधिकारीले भने ।

सभामुखको निर्वाचन मन्त्रीपरिषद् विस्तारबारे एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच दिनदिनै छलफल हुने गरेको छ । खासगरी कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि सभामुख राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीको साथ रहन्न कि भन्ने आशङ्का कायम रहेका कारण विश्वास आर्जनका लागि पनि दुवै नेताहरुबीच भेटघाट हुने गरेको छ । हाम्रोकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसी रोक्न चिनियाँ गुप्तचर परिचालन अलग अलग स्थानमा भ्रम छर्ने काम शुरु , प्रतिवेदन समेत तयार गर्दै
  • २०७९ पुष २९, शुक्रबार १५:४०
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार
  • २०७९ पुष २९, शुक्रबार १५:४०
  • In "समाचार"
  • प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप
  • २०७९ पुष २९, शुक्रबार १५:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

त्रासमा छन् काठमाडौंका गरिखाने वर्ग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version