• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शहिदनगरका मेयर बरबरिया र लेखापाल १५ दिनदेखि गायब !


शहिदनगरका मेयर बरबरिया र लेखापाल १५ दिनदेखि गायब !

 धनुषा : धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली विगत १५ दिनदेखि गायब छन् ।

मेयर बरबरिया र लेखापाल नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ । मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकिय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैन ।

स्रोतका अनुसार मेयर बरबरिया काठमाडौंमा छन् भने लेखापाल नेपाली कहाँ गायब छन् भन्ने विषयमा कर्मचारीहरु अनभिज्ञ छन् । अधिकृत धिरेन्द्र कर्णले मेयर बरबरिया कार्यालय किन नआउने गरेको विषयमा जानकारी नभएको बताए । उनले भने, ‘मेयर साहब काठमाडौं गएका जानकारी पाएको छु । तर आधिकारिक जानकारी छैन ।’

यता, उपमेयर शिला कापरले मेयर बरबरिया १५/१६ दिनदेखि कार्यालय नआएको बताइन् । उनले भनिन्, ‘उहाँ (मेयर) काठमाडौं जानुभएको छ । कहिले आउनुहुन्छ भन्ने कुरा थाहा छैन ।’

मेयर कार्यालयमा सात दिनभन्दा बढी अनुपस्थित रहनुपरेमा उपमेयरलाई निमित्तको जिम्मेवारी दिनुपर्ने प्रावधान छ । तर मेयर बरबरियाले उपमेयरलाई निमित्त दिएका छैन । उपमेयर कापरले पनि निमित्तको जिम्मेवारी नदिएको प्रतिक्रिया दिइन् ।

लेखापाल नेपाली पनि अनुपस्थित भएपनि प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएका छैन । अधिकृत कर्ण भन्छन्, ‘लेखापाल कहाँ छन् मलाई केहि थाहा छैन । अनुपस्थित भएको लामो समय वित्दापनि कुनै जानकारी गराउनुभएको छैन ।’ तर उपमेयर कापरले लेखापाल नेपाली विरामी परेका कारण विदा लिएको बताएकी छन् ।

अधिकृत कर्णले मेयर र लेखापाल अनुपस्थित हुँदा दैनिक कैयौं सेवाग्राही कार्यालयबाट फर्किने गरेको बताए । उनले भने, ‘मालपोत कटाउन र विभिन्न दस्तुर तिर्न आउने सेवाग्राहीहरु फर्किने गरेका छन् ।’ मेयर र लेखापाल कार्यालय नआउँदा बाँकी रहेको असारको योजनाहरु पनि फर्छयोट हुन नसकेको उनको भनाई छ ।

यस्तै वडा नम्बर ३ का अध्यक्ष नागेन्द्र मण्डलले मेयर, उपमेयर र लेखापाल कार्यालय नआउँदा सामाजिक सञ्जाल फेसबुकमै गुनासो गरेका छन् ।

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर,’ वडाध्यक्ष मण्डलले लेखेका छन्, ‘सन्दर्भ शहिदनगर नगरपालिकाका मेयर, उपमेयर लेखा । जनताको कामकाज छाडेर काठमाडौं गई सरुवा–बढुवामा व्यस्त । हामी जनप्रतिनिधिका काम काज के हो कहिले बुझ्ने कुनी ।’

स्रोतका अनुसार अधिकृत कर्ण र अन्य केहि कर्मचारीसँग कुरा नमिल्दा उनीहरुको सरुवा गराउन मेयर बरबरिया काठमाडौं पुगेका छन् ।

उनी नेकपाबाट निर्वाचित मेयर हुन् । अहिले नेकपाकै नेतृत्वमा संघीय सरकार रहेको छ । सोही कारण मन्त्रीसँग हारगुहार गरी अधिकृत र कर्मचारीको सरुवा गराउन काठमाडौं पुगेका हुन् ।

‘मेयर बरबरियाले गर्न नहुने कामका लागि पनि अधिकृत र कर्मचारीलाई दबाब दिने गर्छन्’, एक कर्मचारीेले भने, ‘तर हामीले गलतको साथ नदिँदा हामीलाई सरुवा गराइदिने धम्की दिनुभएको छ । सरुवा गराउनकै लागि उहाँ काठमाडौं पुग्नुभएको छ ।’

यस विषयमा मेयरसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा हुन सकेन । लेखापाल नेपाली पनि सम्पर्कमा छैन ।todaykhoj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फर्जी बिल बनाएर मेयरले अनियमितता गरेको आरोप
  • २०७७ आश्विन ८, बिहीबार १९:०४
  • In "BannerNews"
  • मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल
  • २०७७ आश्विन ८, बिहीबार १९:०४
  • In "BannerNews"
  • सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप
  • २०७७ आश्विन ८, बिहीबार १९:०४
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न सिफारिस

कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य

चीनले सीमा नमिचेको सरकारको स्पष्टीकरण हतारमा आयो : कांग्रेस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version