• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ ।

सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले पाउने छ ।

लुम्विनीमा एमाले–माओवादी गठबन्धनको तर्फबाट मंगलबार नै सरकार गठनको दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुग्दा बुधबारका लागि सारिएको छ । लुम्बिनीमा एमालेका लिलानाथ गिरी मुख्यमन्त्री बन्ने पक्का देखिएको छ । ८७ सदस्यीय लुम्बिनीमा नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसदले गिरिलाई समर्थन गर्ने देखिएको छ । लुम्बिनीमा एमालेलाई पाँच वर्ष पूरै सरकार चलाउने दिने सहमति गरिएकोमा माओवादीको स्थानीय नेतृत्व भने असन्तुष्ट बनेको छ ।

यस्तै, सुदुरपश्चिममा पनि एमालेकै मूख्यमन्त्री बन्ने पक्का देखिएको छ । एमालेका राजेन्द्र रावलले बुधबार मूख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरेको बुझिएको छ । सुदूरपश्चिममा निर्णायक मानिएको नागरिक उन्मुक्ती पार्टीले रावललाई समर्थन गर्ने भएपछि रावल मूख्यमन्त्री बन्ने पक्का भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । नेपाली कांग्रेससँग १९ सिट छ भने नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एमाले) सँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

यसैगरी, कर्णाली प्रदेशको मूख्यमन्त्री भने नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार अपरान्ह ५ बजेभित्र सरकार गठनको दाबी पेश गर्न समय दिनुभएको हो । माओवादीले निर्धारित समयभित्रै मूख्यमन्त्रीको दाबी पेश गर्ने बताए पछि एमाले कर्णालीमा देखिएको असन्तुष्टिका कारण अझै अन्योलको अवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले)का १०, राप्रपा र नेकपा (एकीकृत समाजवादी) का एक एक सांसद छन् भने एक स्वतन्त्र सांसद छन् । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लुम्बिनी प्रदेशमा बहुमत जुटाउँदै कांग्रेस, मुख्यमन्त्रीका लागि हानथाप सुरु
  • २०७९ पुष २७, बुधबार ११:१९
  • In "BannerNews"
  • लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
  • २०७९ पुष २७, बुधबार ११:१९
  • In "BannerNews"
  • लुम्बिनीमा दलको नेता बन्न प्रतिष्पर्धा
  • २०७९ पुष २७, बुधबार ११:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

कांग्रेसको ‘समर्थन’ बाट डराएको एमाले

भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट

फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version