• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ चिनमा


कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ चिनमा

हालै निषेधाज्ञाहरू खुकुलो गरिएपछि चीनमा कोभिड-१९ थप फैलिने चिन्ता व्यक्त गरिएको छ।

विवरणहरूका अनुसार ताजा सङ्क्रमणको लहरसँगै अस्पतालहरूमा चाप बढेको छ।

चीनमा कति सङ्क्रमण र मृत्यु?

डिसेम्बर महिनामा जम्मा १३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको आधिकारिक तथ्याङ्क छ।

यद्यपि कोभिडसम्बन्धी मृत्यु प्रमाणित गर्ने चीनका मापदण्डहरू सीमित छन्। तिनमा कोरोनाभाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी रोगलाई मात्रै मूल आधार मानिन्छ।

उक्त भाइरसले पार्ने अरू प्रभावका कारण ज्यान गुमाएकालाई मृतकको सङ्ख्यामा गणना गरिँदैन।

  • चिनमा कोरोना पछि अर्को त्रास , युरोपमा पनि संकट

उक्त गणना प्रणाली विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप छैन र मृतकको सङ्ख्या धेरै देशको तुलनामा धेरै कम छ।

चीनले यसअघि नै सामूहिक परीक्षण बन्द गरिसकेको छ। उसले अस्पताल र ज्वरोसम्बन्धी क्लिनिकहरूमा कोभिडका लक्षणहरू लिएर आउने मानिसहरूको जाँचको परिणामका आधारमा प्राप्त हुने सङ्ख्यालाई मात्रै गन्ने गरेको छ।

तस्बिर स्रोत,GETTY IMAGES

लक्षण नदेखिएका सङ्क्रमणका घटना र घरमै जाँच गर्न सकिने किट प्रयोग गरिएका परीक्षणका नतिजालाई पनि गणनामा समावेश गरिएको छैन।

हाल आधिकारिक गणनामा दैनिक ५,००० जनामा सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ।

यूकेमा रहेको अनुसन्धान कम्पनी एअरफिनिटीले भनेको छ उसको तथ्याङ्कसम्बन्धी ढाँचाले चीनमा ज्यानुअरीमा प्रतिदिन ३० लाखभन्दा धेरैलाई सङ्क्रमण हुन सक्ने देखाएको छ।

तस्बिर स्रोत,GETTY IMAGES

अस्पतालमा कतिको चाप छ?

सरकारी तथ्याङ्क कम देखिएको भए पनि विश्व स्वास्थ्य सङ्गठनले चीनको स्वास्थ्य प्रणालीमा गम्भीर दबाव परिरहेको हुनसक्ने बताएको छ।

  • संकटमा किन परे चिनियाँ रास्ट्रपति जिन्पिङ

समाचारसंस्था रोयर्टसले चिनियाँ अस्पतालहरू क्रिस्मसको बिदाको समयमा व्यापक भिड भएको तथा क्लिनिकहरूमा लामो लाइन रहेको र बिरामीका घुइँचो भएका प्रतीक्षालयनजिकैका अस्पतालका शय्याहरूमा बिरामी देखिएको उल्लेख गरेको छ।

डिसेम्बर महिनाभरि सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अस्पतालमा भिडभाड देखिन्छ।

बीबीसीले अनलाइनमा राखिएका अन्य तस्बिरसँग तुलना गर्दै उत्तरी चीनमा रहेको एउटा बाल अस्पतालमा देखिएको घुइँचो पुष्टि गर्न सकेको छ।

यो Twitter पोस्ट छोड्नुहोस्, 1

Twitter पोस्ट समाप्त, 1

तर अन्य कैयौँ भिडियो प्रमाणित गर्न सकिएको छैन।

चीनले देशबाहिर जाने सूचनामा कडा नियन्त्रण गर्ने भएकाले अवस्था कति गम्भीर छ भनेर ठम्याउन गाह्रो छ।

बेइजिङमा रहेको बीबीसीको टोलीले स्वास्थ्य क्लिनिकबाहिर लामो लाइन रहेका र औषधि पसलहरूमा स्वास्थ्य सामग्रीको उच्च माग रहेको जनाएको छ।

सघन उपचार कक्षको सुविधासहित देशभरि अस्थायी स्वास्थ्य केन्द्रहरू स्थापना गरिएको छ।

राष्ट्रिय प्रसारक सीसीटीभीले बेइजिङको एउटा अस्पतालमा चार गुणाले बिरामीको सङ्ख्या बढेपछि सो अस्पतालको क्षमता बढाउन लागिएको जनाएको छ।

शाङ्घाईका अस्पतालहरूमा थप दुई लाख ३० हजार शय्याको व्यवस्था गरिएको छ।

तस्बिर स्रोत,CHINA NEWS SERVICE

तस्बिरको क्याप्शन,साङ्घाइमा विद्यालयहरू बन्द गरिएका छन्

के चीनको कोभिड नीति परिवर्तन भएको हो?

कडा लकडाउनलाई लिएर गएको नोभेम्बर महिनामा देशभरि प्रदर्शन भएपछि चीनले अकस्मात् धेरै निषेधाज्ञा खुकुलो बनाएको थियो।

अहिलेको खुकुलोपनअघि चीनले कोभिड नियन्त्रणका लागि संसारकै कठोरमध्येको एक ‘शून्य कोभिड नीति’ अवलम्बन गरेको थियो।

उक्त कदमअन्तर्गत एकाध सङ्क्रमित फेला पर्दा पनि कठोर लकडाउन लगाउने गरिन्थ्यो।

सङ्क्रमण देखिएका ठाउँमा सामूहिक परीक्षण र सङ्क्रमितहरूलाई सरकारी केन्द्रहरूमा एक्लिएर आइसोलेशन वा क्वारन्टीनमा बस्नुपर्ने अवस्था थियो।

अहिले लकडाउन खारेज गरिएको छ र क्वारन्टीनसम्बन्धी नियम हटाइएको छ।

सार्वजनिक यातायात, रेस्टुराँ, व्यायामशाला र अरू सार्वजनिक भवनमा जान परीक्षण गराएर कोभिड नभएको प्रमाणित गरिराख्नुपर्दैन।

चिनियाँ अधिकारीहरूले ज्यानुअरी ८ बाट सीमा खोल्ने र आगन्तुकहरूका लागि कुनै कडाइ वा क्वारन्टीनको व्यवस्था नराख्ने बताएका छन्।

अमेरिकासहित कैयौँ देशहरूले चीनभित्र बढ्दो कोभिडको आँकडा देखाउँदै त्यहाँबाट जाने मानिसहरूलाई परीक्षण गर्ने जनाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,कोभिड: किन केही मानिसलाई अहिलेसम्म सङ्क्रमण भएको छैन?

चीनमा कतिले खोप लगाएका छन्?

चीनले देशको ९०प्रतिशत भन्दा बढी जनसङ्ख्याले खोपको पूर्ण मात्रा लगाएको जनाएको छ।

तर ८० वर्ष वा त्यो न्दा माथिको उमेर समूहका आधाले मात्रै खोपको तीन मात्रा लगाएका छन्। गएको एप्रिलमा उक्त समूहका खोप लगाउने व्यक्तिको जनसङ्ख्या २० प्रतिशतभन्दा कम थियो।

अधिकारीहरूले उनीहरूले स्थानीय स्वास्थ्य सेवा प्रदायकहरूलाई विशेषगरी ज्येष्ठ नागरिकहरूमाझ खोप कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न भनेका छन्।

चीनका मुख्य खोपहरू सिनोभ्याक र सिनोफार्म कोरोनाभाइरसको सबैभन्दा बढी देखा परेको प्रकार ओमिक्रोनमा कतिको प्रभावकारी छ भन्नेमा पनि आशङ्का गर्ने गरिएको छ।

चीनले पश्चिमा खोप व्यापक रूपमा प्रयोग गर्न अस्वीकार गरेको छ।

यसबारे सरकारले आधिकारिक व्याख्या गरेको छैन। तर राष्ट्रिय गौरव एउटा कारण हुनसक्ने अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एउटा थिङ्क ट्याङ्क च्याटम हाउसका वरिष्ठ रिसर्च फेलो डा. यू जीले बताइन्।

“मलाई लाग्छ सी जिन्पिङले आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राखेर सोचिरहेका छन्। त्यसको अर्थ कतैबाट आयात गर्नुको सट्टा चीन आफैँले उत्पादन गरेर आफ्नै खोप प्रयोग गर्नुपर्छ।”

वानयुआन सोङ, जेक होर्टन र जेरेमी होवेलको रिपोर्टिङ/ यो समाचार बिबिसी बाट साभार गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पुनः फर्किएको कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल
  • २०७९ पुष १९, मंगलवार १७:२१
  • In "BannerNews"
  • चिनमा लकडाउनका कारण तीन वर्षीय बालकको मृत्यु
  • २०७९ पुष १९, मंगलवार १७:२१
  • In "BannerNews"
  • चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड
  • २०७९ पुष १९, मंगलवार १७:२१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरियोस : हिन्दू परिषद नेपाल

प्रचण्डले विश्वासको मत लिँदै, ओली पुगे बालुवाटार

चिनियाँ भूमीबाट यात्रु तथा विमानको उडान माथि कडाई एवं सिमित गर्दै दक्षिण कोरिया

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version