• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो


जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

थप ५० हजार मेट्रिक टन मल पाइपलाइनमा

पर्सा — नेपाल सरकारले भारतसँग ‘जीटूजी’ प्रक्रियाबाट खरिद गर्न लागेको ३० हजार मेटन युरिया मल कोलकाता बन्दरगाह आइपुगेको छ ।

कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेश्रो मुलुकबाट खरिद गरी उक्त मल शुक्रबार कोलकाता बन्दरगाह ल्याएको हो । आरसीएफ भारतको सरकारी कम्पनी हो ।

पानी जहाजमा बल्कमा ल्याइएको उक्त युरिया मल अब बन्दरगाहमै प्याकिङ सुरु गरिने छ । ‘सामान्य रुपमा सबै मल प्याकिङ गरेर एकसाथ पठाउन सुरु गर्ने हो भने मल नेपाल भित्रिन कम्तीमा २ साता लाग्न सक्छ,’ कुमारले भने, ‘तर द्रूत गतिमा प्याकिङ गरी प्याकिङ भए जति क्रमश: पठाउने हो भने एक सातादेखि यो मल नेपाल भित्रिन थाल्छ ।’ सबै मल वीरगन्ज नाका भएर भित्रिने र यहाँबाट अन्यत्र जाने जानकारी आफूले पाएको कुमारले बताए ।

‘जीटूजी’ को मल छिट्टै आउने हो भने गहुँ बाली सिजनका लागि केही हदसम्म उपयोगी हुने पनि उनले बताए । ‘तराइका किसानले कम्पनी र साल्ट ट्रेडिङको मल उपयोग गरेर गहुँ बालीमा एक चरण युरिया मल छरिसकेका छन्,’ उनले भने, ‘तर पहाडी जिल्लाहरुमा ढिलो गरी गहुँ छर्ने गरिएकाले अब पहाडी जिल्लाहरुबाट युरियाको माग आउँछ ।’

२ महिनायता कार्यालयले ९ हजार ३ सय ६६ मेटन युरिया मल मातहतका डेढ दर्जन जिल्लामा परिचालन गरी सकेको उनले बताए । त्यसमध्ये पर्सा जिल्लामा मात्र ८ सय ५० मेटन परिचालन गरिएको छ ।

थप ५० हजार मेटन मल पाइपलाइनमा

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको ५० हजार मेटन मल छिट्टै आउने कुमारले बताए । दुबइस्थित स्विस सिंगापुर कम्पनीले ग्लोबल टेण्डरबाट ल्याउँदै गरेको २० हजार मेटन डीएपी र ३० हजार मेटन युरिया मल पनि पाइपलाइनमा रहेको उनले बताए । ‘स्विस सिंगापुरले यी दुबै मल ल्याउने प्रकृया अघि बढाइसकेको छ,’ उनले भने, ‘जीटूजी को युरिया मल आए लगत्तै यो कन्साइन्मेन्टको मल पनि आउने सम्भावना छ ।’

अर्को टेण्डर आह्वान

कम्पनीले थप २० हजार मेटन डीएपी र २० हजार मेटन युरिया मल खरिद गर्न ग्लोबल टेण्डर आह्वान गरी सकेको कुमारले बताए । ‘ग्लोबल टेण्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘कुन कम्पनीले पाउने हो भनी निर्णय भइसकेको छैन ।’

यति परिमाणमा मल आउँदा पनि आगामी वर्षे धान बाली सिजनका लागि पर्याप्त नहुने कम्पनी प्रादेशिक कार्यालयका प्रमुख चन्द्र प्रसाद चौलागाईँ बताउँछन् । ‘आउँदो वर्षे धान बाली सिजनमा मलको अभाव नहोस् भन्नका लागि अहिलेदेखि नै गृहकार्य थाल्नु जरुरी छ,’ उनले भने, ‘सरकारले मलको खरिद प्रकृयालाई प्राथमिकतामा राखेर मल खरिदको बजेटको सुनिश्चितता अहिलेदेखि नै गर्नु आवश्यक छ ।’ ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो
  • २०७९ पुष १८, सोमबार १५:५५
  • In "कृषि"
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७९ पुष १८, सोमबार १५:५५
  • In "कृषि"
  • ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र
  • २०७९ पुष १८, सोमबार १५:५५
  • In "कृषि"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

भावी राजनीतिबारे विश्वप्रकाशले गरे यस्तो खुलासा, अब के होला?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version