• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिजाब बिरोधि आन्दोलन उत्कर्षमा , ईरानमा संकटको परिस्थिति


हिजाब बिरोधि आन्दोलन उत्कर्षमा , ईरानमा संकटको परिस्थिति

‘जहाँ यातना दिएर सयौँ मारिए पनि विरोध रोकिएको छैन’

इरानमा हिजाब विरोधी आन्दोलनले एक सय दिन पुरा गरेको छ । सन् १९७९ यताको यो सबैभन्दा लामो समयको आन्दोलन र विद्रोह समेत हो । यो एक सय दिनको अन्तरालमा ६९ जना बच्चासहित पाँच सय जना भन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।

मानव अधिकारवादी अभियन्ताको समाचार एजेन्सी हरानाका अनुसार दुई जनालाई भने झडपमा नभई मृत्यु दण्ड दिएर मारिएको थियो । २६ जनाको विरुद्धमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

इरानमा बारम्बार यस्ता विद्रोह नहुने होइन । परन्तु सन् २०१७ र २०१८ मा भएका प्रदर्शन र विरोधलाई सरकारले केही दिनको अन्तरालमै साम्य पारेको थियो । सन् २०१९ मा भएको प्रदर्शन पनि लामो समय रहेको थिएन ।

मानव अधिकारवादी अभियन्ताको समाचार एजेन्सी हरानाका अनुसार दुई जनालाई भने झडपमा नभई मृत्यु दण्ड दिएर मारिएको थियो । २६ जनाको विरुद्धमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

‘उमन लाइफ फ्रिडम’को रूपमा रहेको अहिलेको यो आन्दोलन अब कुन मोडमा जाने हो, त्यो धेरैका लागि चासोको विषय बनेको छ । आफूलाई गिरफ्तार गराएरै भए पनि केही इरानी सेलिब्रेटीले प्रदर्शनकारीको समर्थनमा आवाज उठाउन थालेका छन् ।

युवा प्रदर्शनकारीको रिहाइको माग गर्दै आवाज उठाएकी चर्चित इरानी अभिनेत्री तारेनाह अलीदोस्ती अहिले नोटीरियस एभिन जेलमा छिन् । त्यस भन्दा अगाडी नै हेड स्कार्फ नलगाई फोटो खिचेर उनले विरोधको आवाजमा स्वर थपेकी थिइन् ।

‘मैले तारेनहसँग चार फिल्ममा काम गरेको थिएँ । आफ्नै देशका व्यक्तिको जायज अधिकारको माग गर्दा अहिले उनी जेलमा छिन् । उनी माथिको गैर न्यायिक गिरफ्तारीको आवाज उठाउन जरुरी छ’ अलीदोस्तलाई ओसकार विजेता चलचित्र त सेल्स म्यानमा निर्देशन गरेको निर्देशक अस्गर फरादीले इन्सटाग्राममा पोस्ट गरेका छन् ।

“यदि त्यसरी समर्थन गर्ने अपराधी हो भने करोडौँ मानिसहरू अपराधी ठहर हुन सक्छन्”,फरादीले थप बताए । इरान छाडेका अर्का एक अभिनेता पेगाह अंगरानी राज्य पक्ष अतिवादी भएका कारण समस्या थपिएको बताउन थालेका छन् । उनकै विचारमा पनि इरान अफ मसाहा अमिनी प्रकरण भन्दा अगाडीको युगमा प्रवेश गर्न सक्दैन । १६ सेप्टेम्बरको दिन हिरासतमा अमिनीको मृत्यु भएको हो ।

इरानमा नाम चलेका व्यक्तित्व राज्यको विरुद्धमा सक्रिय हुने क्रम जारी छ । चर्चित फुटबलर अलि करिमी यसैमध्येका एक हुन् । यसै आन्दोलनका कारण उनी अहिले अमेरिका पुगेका छन् ।

अर्का परिचित इरानी अभिनेता हमिद फारोकने जाद यसै महिनाको सुरुवातमा अमेरिका पुगेका छन् । उनले इरानका सर्वोच्च नेता अलि खमिनीलाई तानासाहको संज्ञा दिँदै स्टालिन र मुसोलिनीसँग तुलना गरेका छन् ।

इरानमा नाम चलेका व्यक्तित्व राज्यको विरुद्धमा सक्रिय हुने क्रम जारी छ । चर्चित फुटबलर अलि करिमी यसैमध्येका एक हुन् । यसै आन्दोलनका कारण उनी अहिले अमेरिका पुगेका छन् । इन्सटाग्राममा १ करोड ४० लाख भन्दा बढी फलोअर भएका उनी अहिले इरान सत्ताका सबै भन्दा कटु आलोचक हुन् ।

देश भरी भएको आन्दोलनको पक्षमा आवाज उठाएका कारण अर्का फुटबलर स्टार अलि दाइको गहना पसल र रेस्टुरेन्ट प्रशासनले बन्द गरेको छ । प्रदर्शनकारी माथि पेट्रोल बम खसालिए पछि त्यहाँको विद्रोह घट्ने होइन चर्कँदो छ ।

सुरुमा हिजाव विरुद्धमा रहेको आन्दोलन अहिले सिया मुस्लिमको संस्कृतिको अध्ययन गराइने हवजाको विरुद्धमा पनि देखिन थालेको छ । यो आन्दोलन चली रहेको समयमा दुई जनालाई मृत्यु दण्ड दिइएको कारण सरकारविरुद्ध ह्युमन राइट वाच आक्रोशित बनेको छ ।

तल्लो तहदेखि नै गैर न्यायिक वातावरण रहेको कुरा यसै घटनाले पुष्टि गरेको मानव अधिकारवादी संस्थाले जनाएका छन् । मृत्युप्रति प्रतिबद्ध भएकाहरूलाई पनि अहिले चरम यातना दिइएको छ ।

देश भरी भएको आन्दोलनको पक्षमा आवाज उठाएका कारण अर्का फुटबलर स्टार अलि दाइको गहना पसल र रेस्टुरेन्ट प्रशासनले बन्द गरेको छ ।

कुर्दीस मानव अधिकारवादी नेटवर्कले दिएको जानकारी अनुसार समन यासिनलाई पनि केही दिनमा मृत्युदण्ड दिइँदै छ । उनलाई पनि त्यत्तिकै यातना दिइएको छ । इरानको अदालतले शनिबार मार्ने गरी फैसला सुनाएको थियो । त्यसपछि उनले पुनरावेदन गरे पनि निर्णय उनको पक्षमा आउन सकेन ।

२६ वर्षीय एमच्योर बडी बील्डर सहनाद नुरमाद जादेहको अभिव्यक्ति र उनले पोस्ट गरेको भिडियो बाहिर आएको छ । त्यसमा उनलाई पनि चरम यातना दिइएको कुरा उल्लेख गरिएको छ ।

‘इन्मीटी एगनीसट ल’ भन्ने कानुनको आधारमा गिरफ्तार भएका उनलाई अदालतले नोभेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो । २३ सेप्टेम्बरमाबीचमा बाटोमा प्रदर्शन गरेर सवारी साधनमा अवरोध सिर्जना गरेको आरोप उनीमाथि थियो । उनले बारम्बार त्यस आरोपलाई खण्डन गरेका थिए ।

जेलमा बस्ने कैदीहरूको एक्स–रे गर्ने उपकरणमा समस्या उत्पन्न भएको छ । डा. हमिद घरे हस्लानुलाई यसैको आधारमा मृत्युदण्ड समेत दिइयो । समाचार श्रोतका उनी पनि यातना सहनेको सूचिमा छन् ।

संसारमा हुने गरेका र इरानमा विगतमा भएको विद्रोह भन्दा यस विद्रोहको स्वरूप केही फरक छ । महिलाहरू बिच सडकमा ठुलो भीडमा हिँड्ने गरेका छन् । यस क्रममा बाटोमा नाच्दै हिँड्नेहरूले स्कार्फ जलाउने देखि कपाल काट्ने काम सम्म गर्ने गरेका छन् । उनीहरूको यो काम अन्तर्राष्ट्रिय निकायले समेत चासो दिने गरी फैलिन थालेको छ ।

अमिनीको हत्या भएपछि शान्तपूवर्क प्रदर्शन भएको थियो । इरान सरकारले यसलाई हिंसात्मक प्रदर्शनको संज्ञा दिएको थियो । त्यस पछि सरकारले नीति परिवर्तन गरेको थियो । महिलालाई भेला गर्नमा सामाजिक सञ्जालको भूमिका बढी रहेको भन्दै यसमा निगरानी गर्ने काम सरकाले गरेको थियो । अमिनीको एक सातामा इरानमा एकदमै बढी प्रयोग हुने वाट्सएप र इन्सटाग्राम बन्द गरिएका थिए ।

त्यस पछिको चरणमा आन्दोलनकारीले कपाल काट्ने अभियानको सुरुवात गरेका थिए । यस अभियानलाई साथ दिने क्रममा संसारमा नै लक देखाउने प्रचलनको सुरुवात भएको थियो । त्यस पछि कतारको दोहामा भएको विश्वकपमा पनि इरानी विद्रोहले असर गरेको थियो । सप्तरङ्गी टोपी लगाउने कामले प्रश्रय पाएको विश्वकपमा इरानी खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेर पछि ठुलो चर्चा भएको थियो ।

इरान सरकारको आक्रमणको निसाना टिन एजर समेत हुन थालेपछि आक्रोश थपिएको थियो। १६ वर्षीय सकार्मीको मृत्यु मात्र भएन । उनको मृत्यु पछि परिवारलाई दबाबमा राख्दै झुटो विज्ञप्ति जारी गर्न बाध्य बनाइएको थियो । आफ्नो २० औ जन्म दिन मनाउन एक दिन बाँकी हुँदा जेमी ओलीभरको ज्यान गएको थियो ।

मोन्सेह सकारी मृत्युदण्ड पाउन पहिलो प्रदर्शनकारी बने । त्यस पछि रेन्जा रानावार्डलाई सार्वजनिक स्थलमा नै मृत्युदण्ड दिइएको थियो । यसलाई हिंसाको चरम नमुनाको रूपमा संसारले हेरेका थियो ।

इरान सरकारको आक्रमणको निसाना टिन एजर समेत हुन थालेपछि आक्रोश थपिएको थियो । १६ वर्षीय सकार्मीको मृत्यु मात्र भएन । उनको मृत्यु पछि परिवारलाई दबाबमा राख्दै झुटो विज्ञप्ति जारी गर्न बाध्य बनाइएको थियो ।

एक सय दिन पार गर्दा प्रदर्शनकारीको केन्द्र राजधानी तेहरान हुँदै मसाद , कराज, सानन्द राज, अभाज, इस्फान र बन्दर अब्बास छन् । यो प्रदर्शनमा “तानाशाहको मृत्यु” र “हामी इस्लामिक राज्य चाहँदैनौ” भन्ने प्ले कार्ड बोकिएका छन् ।

मौसम पनि प्रतिकुल छ । समय समयमा पानी पर्ने हिउँ पर्ने क्रम जारी छ । यस समयमा पनि प्रदर्शनकारीलाई कुनै कुराको परवाह नै छैन। धेरै स्थानमा प्रदर्शनकारीले प्रस्तुत गर्ने ब्यानरमा न्यायाधीश हत्यारा भएको तथा राज्य भ्रष्टाचारी भएको कुरा उल्लेख गरिएको छ ।

एक समूहले अहिले भिडियो सार्वजनिक गर्दै प्रदर्शनलाई फैलाइ रहेको छ । १५०० अवतारको नाममा भिडियो सार्वजनिक गर्ने र सूचना सबैको पहुँचमा लैजाने काम भइरहेको छ ।

एक सय दिनपछि इरानमा अहिले सरकारका केही व्यक्तिहरू वार्ताको पक्षमा देखिन थालेका समाचार बाहिर आउन थालेका छन् । लगातारको यस प्रदर्शनका कारण त्यहाँका अर्थतन्त्र नै क्षत विक्षत पनि हुन सक्ने छ । सरकार भित्र केही माग पुरा गरेर भए पनि आन्दोलनलाई मत्थर पार्नु उपयुक्त भएको केही पक्षले ठहर गरेको छ । ती केही माग पुरा भई हाल्ने कुरा अनिश्चित नै छ । परन्तु, इरानी महिलाको बहादुरी भने स्यालुट गर्नै पर्छ ।

(स्रोत : जेरुसेलम पोस्ट, बीबीसी, ओइयो न्युज) बाट खबरहब 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इस्लामिक देश इजिप्टमा नकाबमा प्रतिबन्ध लगाइएपछि सरकारप्रति जनताको आक्रोश
  • २०७९ पुष १२, मंगलवार १२:४३
  • In "BannerNews"
  • इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै
  • २०७९ पुष १२, मंगलवार १२:४३
  • In "अन्तराष्ट्रिय"
  • नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि 
  • २०७९ पुष १२, मंगलवार १२:४३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

Next Post

चीनको कब्जामा प्रचण्ड सरकार, देउवा र प्रचण्डको यो तस्बिरले गर्छ पुष्टि

चीनको आईफोन प्लान्टमा अवरोधपछि बिक्रीमा गिरावट

चीनको बैंक बाट साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version