• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको समय आज सकिँदै


राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको समय आज सकिँदै

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ ।

  • कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने

गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन् । तर को प्रधानमन्त्री बन्ने, कुन-कुन दल मिलेर सरकार बनाउने भन्नेजस्ता सहमति हुन सकेका छैनन् । दलहरूले यसबीचमा आ-आफ्नो पार्टीमा संसदीय दलको नेतासमेत चयन गरिसकेका छन् भने नयाँ सरकार बनाउन छलफल पनि गरिरहेका छन् ।

  • सरकार गठनका लागि बालुवाटारमा देउवा र दाहालबीच छलफल

कसको नेतृत्वमा सरकार बनाउने ? राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षजस्ता पद कुन-कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुगिसकेका छैनन् । सम्भवत आज दलहरूले यसबारे प्याकेजमै सहमति गरेर राष्ट्रपतिले दिएको समयभित्रै प्रधानमन्त्रीमा दाबी गर्न जाने तयारी गर्दैछन् । शनिबार पनि सत्ता गठबन्धन दलहरूले नयाँ सरकार गठनबारे बालुवाटारमा छलफल गरेका थिए ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार अपरान्ह ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । यसैबीच कांग्रेसका सांसदहरूले भने हस्ताक्षर संकलन गरिसकेका छन् । शुक्रबार र शनिबार गरी उनीहरूले हस्ताक्षर संकलन गरेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा हस्ताक्षर देखाउन पर्ने हुन सक्ने भन्दै उनीहरूले हस्ताक्षर संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए
  • २०७९ पुष १०, आईतवार १२:२८
  • In "देश"
  • राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा
  • २०७९ पुष १०, आईतवार १२:२८
  • In "देश"
  • प्रधानमन्त्रीमा केपी ओलीको असंगत दाबी
  • २०७९ पुष १०, आईतवार १२:२८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

रास्वपा सरकारको दाबी: भ्रष्टाचारविरुद्ध कडा कारबाही

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

जितपुरको आदित्य होटलबाट दुई किलोग्राम युरेनियम सहित तिन जना पक्राउ

२०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा ?

बिश्व समुदाय चिन्तित , चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version