• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघीय वुमनकाे अपिल


महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघीय वुमनकाे अपिल

एजेन्सी ।  तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका वेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छिन्। संयुक्त राष्ट्रसंघीय वुमन (युएन वुमन)की कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेकी हुन्।

उनले भनेकी छिन्, ‘अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ। शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ।’

तालिबान सरकारका शिक्षामन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए। अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ।

मंगलबार मात्रै अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेकी थिइन्। यस्तो निर्णय अफगानिस्तानको हितमा नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले राखेका छन्।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ। उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ।

तालिबानहरूले यहाँका महिला अधिकारको हनन गरिरहेकाले संयुक्त राष्ट्रसंघीय सभा तथा बैठकहरूमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ। बहाउसले एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रूपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै
  • २०७९ पुष ८, शुक्रबार १२:५७
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तान: अफगान शरणार्थीहरूलाई ‘राजनीतिक उपकरण’ को रूपमा प्रयोग नगर्न तालिबानको आह्वान
  • २०७९ पुष ८, शुक्रबार १२:५७
  • In "BannerNews"
  • नेपालको अफगानिस्तान नीति
  • २०७९ पुष ८, शुक्रबार १२:५७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

आतंकवादी हमलाविरुद्धको तयारीका लागि इजरायल र भारतबीच संयुक्त सुरक्षा अभ्यास

भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version