• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फर्जी बिल बनाएर मेयरले अनियमितता गरेको आरोप

माधवनारायण नगरपालिकाका मेयर यादव र पक्राउ परेका कर्मचारी।


फर्जी बिल बनाएर मेयरले अनियमितता गरेको आरोप

रौतहट: माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले आर्थिक अनियमितता गरेको आरोप छ।

मेयर यादवले कार्यक्रम नै नगरी खाजा र खानाको शीर्षकमा लाखौं रकम निकासा गरेर रकम हिनामिना गरेको  गुनासो छ।

माधवनारायण नपाका मेयर यादवले कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको उल्लेख गरेर लाखौं रकम भुक्तानी गराएको पाइएको छ।

मेयर यादवको आदेशमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र चन्द्रनिगाहपुरकै पशुपति होटलको ४६ हजार रुपैया भुक्तानी गरेको नगरपालिकाका लेखापाल रामबलम यादवले बताए।

मेयर यादवको ठाडो तोक आदेशमा होटललाई दिइएको रकमबाट नगरपालिकासँग सम्बन्धी कुनै कार्यक्रम भएको पाइएको छैन।

कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र योजनाको पेश्की दिनुपर्ने प्रावधान भएपनि माधवनारायण नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको छ।

विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै  नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करार सेवाका कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुन साहको नाममा ८ लाख र करार सेवाकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रकम निकासा गरिएको छ।

नगरपालिकाले ठोस काम गर्न नसकेको र विकास बजेट दुरुपयोग गर्दै आएको जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य श्याम विहारी यादवको गुनासो छ ।

कर्मचारीलाई पेश्की, होटलको अनावश्यक बिल भुक्तानीलगाएत काम गरेर मेयर यादवले अनियमितता गरेको प्रदेश सदस्य यादवको आरोप छ । यता मेयर यादवले नगरपालिमा अनियमितता नभएको प्रतिकृया दिएका छन्।

लेखा फाँटबाट हराएका कागजात योजनाफाँटमा फेला, तीनजना पक्राउ

माधवनारायण नगरपालिका कार्यालयबाट शुक्रवार तीनजना कर्मचारी पक्राउ परेका छन्।

नगरपालिकाको लेखा शाखाबाट आवश्यक कागजात हराएपछि  इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानका लागि नगरपालिका कार्यालयमा करारमा कार्यरत कार्यालय सहयोगी अर्जुन साह, राजेश पण्डित र रामलखन हजरालाई नियन्त्रणमा लिएको थियो।

लेखा प्रमुख रामबलम यादवले आफ्नो शाखाबाट चालु र पुँजी शीर्षकको कागजात चोरी भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
काजजात हराएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक राजाराम केशरीको नेतृत्वको टोलीले हराएको फाइल खोजतलास गरेको थियो ।

फाइल नगरपालिकाको योजना शाखाको स्टील दराजमा फेला परेको प्रहरी निरीक्षक केशरीले बताए। लेखाफाँटको कागजात योजना फाँटबाट बरामद भएपछि कार्यालय सहयोगी अर्जुण साह, राजेश पण्डित र रामलखन हजराको संलग्ना रहेको भन्दै अनुसन्धानका लागि  नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशरीले बताए।

पक्राउ परेकाले निमित्त प्रमुख प्रशाकीय अधिकृत मिश्रीलाल साहको आदेशमा  कागजात योजना फाँटमा लगेको र त्यही दराजमा राखिदिएको बताएका छन्।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेयर यादवले लेखाफाँटबाट कागजात हराएको बारे आफूलाई  आधिकारीक जानकारी नभएको तर सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताएका छन्।

कमिसन बिना कुनै पनि योजनाको भुक्तानी नगर्ने गुनासो बढेपछि लेखापाल रामबलम यादवलाई हटाई अर्को लेखापाल राख्न खोजेको माधवनारायण नगरपालिकाका मेयर यादवको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ
  • २०७९ पुष २, शनिबार १३:४५
  • In "BannerNews"
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०७९ पुष २, शनिबार १३:४५
  • In "देश"
  • पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी
  • २०७९ पुष २, शनिबार १३:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सात कठ्ठा जग्गा लिजमा नलगाउन अदालतको आदेश

पुटिन र मोदीबीच टेलिफोन वार्ता

मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version