No 1 News Portal
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिवानको आक्रमणमा ७ जना पाकिस्तानीको मृत्यु


 आक्रमणमा एक तालिवान मारिए

पाकिस्तानी प्रधानमन्त्रीद्वारा घटनाको भर्त्सना

इस्लामाबाद — अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आइतबार गरेको आक्रमणमा ७ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।

आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढेको छ । पाकिस्तानी सेनाले घटनाको भर्त्सना गर्दै अफगान भूमिमा ‘अन्धाधुन्ध गोली प्रहार गरेको’ बीबीसीले जनाएको छ । पाकिस्तानले गरेको जवाफी आक्रमणमा एक जना सैनिकको ज्यान गएको र केही घाइते भएका जनाइएको छ ।

बलुचिस्तान प्रान्तको चमन दुई देशबीचको प्रमुख व्यापारिक नाका हो । उक्त नाकाबाट दैनिक हजारौं मानिस ओहोरदोहर गर्ने गर्छन् । घटनापछि बन्द भएको आवागमन वार्तापछि खुला गरिएको अधिकारीहरूले बताएका छन् । प्रमुख सीमा नाकामा भएको घटनाको कारण भने थाहा भइसकेको छैन ।

तालिवानले अफगानिस्तानको शासन सत्ता सम्हालेयता सुरक्षा मुद्दाका कारण दुई देशबीच तनाव जारी रहेका बेला यो पछिल्लो घटना भएको हो । पाकिस्तानी प्रधानमन्त्री शेहवाज सरिफले अफगान कदम ‘निकै भर्त्सनायोग्य’ भएको बताएका छन् । अफगान सुरक्षा स्रोतका अनुसार पाकिस्तानी पक्षले अफगान फौजलाई सीमा क्षेत्रमा आफ्नो भूभागतर्फ चेकपोस्ट बनाउन रोक लगाएपछि घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचार संस्था एएफपीले अफगान अधिकारीलाई उद्धृत गर्दै अफगान फौजले चेकपोस्ट बनाउन सीमा क्षेत्रको जाली काट्ने प्रयास गरेपछि तनाव बढेको उल्लेख गरेको छ ।

पाकिस्तानले सन् २०१७ यता अफगानिस्तानसँगको सीमामा तारजाली गर्दै आएको छ । अफगानिस्तानको त्यतिबेलाको सरकार र गतवर्ष सरकारमा आएको तालिवानले उक्त कार्यको विरोध गरेका थिए ।

घटनापछि लिइएका तस्बिरहरूमा तोप र गोली प्रहारबाट मानिसहरू घाइते भएका र गाडी तथा सडक ध्वस्त भएको देखिएको छ । ‘अकस्मात् एउटा मोर्टार प्रहार भयो र त्यसले निकै ठूलो आगो फैलियो । त्यसपछिको अवस्थाबारे केही थाहा छैन,’ घटनास्थलमा बेहोस भएपछि अस्पताल पुर्‍याइएका एक घाइतेले अल जजिरासँग भनेका छन् ।

चमनस्थित सरकारी अस्पतालका चिकित्सक अख्तर मोहम्मदले २७ जना घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याइएको जनाएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । पाकिस्तानी सेनाको सञ्चार शाखाले तालिवानी फौजको आक्रमणमा ६ जनाको घटनास्थलमा मृत्यु भएको र पछि मृतकको संख्या ७ पुगेको जनाएको छ । अफगानिस्तानको कान्दाहारका गभर्नरले एक जना तालिवान सदस्यको ज्यान गएको र १० जना घाइते भएको पुष्टि गरेका बीबीसीले जनाएको छ ।

चमनमा यसअघि पनि दुवै पक्षबीच पटकपटक झडप भएका थिए । गत महिना एक बन्दुकधारीको आक्रमणमा पाकिस्तानी सैनिकको ज्यान गएपछि ८ दिनसम्म उक्त सीमा बन्द गरिएको थियो ।

पाकिस्तानी अधिकारीले तालिवान सरकारमा आएपछि अफगानिस्तानबाट आफ्नो भूभागमा विद्रोही आक्रमणमा वृद्धि भएको जनाएका छन् । त्यस्ता समूहलाई तालिवानले आश्रय दिँदै आएको पाकिस्तानको आरोप छ । दुई साताअघि दुई बन्दुकधारीले अफगानिस्तानको राजधानी काबुलस्थित पाकिस्तानी दूतावासमा आक्रमण गरेका थिए । पाकिस्तानले त्यसलाई आफ्ना ‘उच्च कूटनीतिज्ञको हत्या प्रयास’ भनेको थियो ।

काबुलको होटलमा आक्रमण

काबुल – अफगानिस्तानको राजधानी काबुलस्थित चिनियाँ व्यवसायीहरूका लागि लोकप्रिय एक होटलमा सोमबार बन्दुकधारीले आक्रमण गरेका छन् । काबुल लोंगन होटलमा आक्रमण गर्ने तीन बन्दुकधारी अफगानिस्तानको सुरक्षा फौजको जवाफी आक्रमणमा मारिएका छन् ।

तालिवान सरकारका प्रवक्ताका अनुसार काबुलको केन्द्रमा रहेको काबुल लोंगन होटलमा सोमबार दिउँसो अपरिचित बन्दुकधारीले कैयौं विस्फोट गराएका र गोली प्रहार गरेका थिए । आक्रमणमा कुनै पनि विदेशीको ज्यान नगएको तर ज्यान बचाउन होटलको बाल्कोनीबाट हामफाल्दा दुई जना घाइते भएका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जनाए । घटनालगत्तै तालिवान सुरक्षा बलले घटनास्थललाई नियन्त्रणमा लिएको थियो । गतवर्ष अगस्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि अफगानिस्तानमा बम विस्फोट तथा गोली प्रहारका घटनामा वृद्धि भएको जनाइएको छ । ती आक्रमणमा इस्लामिक स्टेट समूहको हात रहेको तालिवानको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कश्मीरमा हिन्दु लक्षित आक्रमण बढ्दो
  • २०७९ मंसिर २९, बिहीबार ११:५८
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
  • २०७९ मंसिर २९, बिहीबार ११:५८
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु
  • २०७९ मंसिर २९, बिहीबार ११:५८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version