• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो


रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो

काठमाडौँ ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छापामार शैलीमा दाङको देउखुरी सारिएको छ । प्रदेशको मुकाममा रहेको कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो ।

दाङमा स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न प्रदेश सरकारलाई चौतर्फी दबाब थियो । नेपाली कांग्रेस, एमाले र कर्मचारीहरु समेतले तत्काल मुकाम नर्सान दबाब दिएका थिए । उक्त दबाबको बीच रातारात छापामार शैलीमा बुटवलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङ सारिएको हो ।

बुटवलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समान ३ वटा ट्रकमा लोड गरी राति नै दाङ लगिएको छ। अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको छ । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ।

सामाग्री सारेको मन्त्रालयका कर्मचारी र कतिपय सचिवालयका कर्मचारीलेसमेत मंगलबार बिहान मात्र जानकारी पाएका छन् । मुख्यमन्त्री कार्यालयका एक अधिकृतका अनुसार सोमबार दिनभर पनि सामाग्री सार्ने विषयमा कुनै छलफल र तयारी मन्त्रालयमा थिएन।

दिउसोमा काममा डिस्टर्ब हुने भएकाले कार्यालय बन्द भएपछि देउखुरीमा कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने सामान ल्याइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सामान लोड गर्ने क्रममा रात परेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री केसीले अबको आफ्नो अन्तिम मन्त्रीपरिषद् बैठक देउखुरीमै बसालेर आफू बिदा हुने गरी आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद्को बैठक कक्ष एवम् सचिवालय मात्र व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अबको पहिलो मन्त्रिपरिषद् बैठक देउखुरीमै बसाल्ने मुख्यमन्त्री केसीको प्रयास रहेको जनाइएको छ ।

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको जनाइएको छ ।  स्रोतका अनुसार मुख्यमन्त्री केसीले आफ्नो सचिवालय, मन्त्रीपरिषदको कार्यालयसँगै अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद अध्यक्ष राई विच विवाद शुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version