• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित


तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

डुडुवा बाँके । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८० को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत कार्यरत सम्पूर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । आज एक कार्यक्रमका बीच कर्मचारीको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई चरणबद्ध दबाबका कार्यक्रमसंगै ज्ञापन पत्र बुझाए ।

तलब भत्ताको व्यवस्था नभएपछि उनीहरुले यही मंसिर २२ गतेदेखि २३ गतेसम्म आकस्मिक सेवा बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक सेवा बाहेक पूर्णरुपमा स्वास्थ्य सस्था बन्द गरी गाउँपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम ज्ञापनपत्रमा उल्लेख गरेका छन् । करिब ८४ जना स्वास्थ्यकर्मीहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझ्दै सदस्य सचिव पौडेलले गाउँसभा संचालन नभएर सेवा सुविधा ठप्प भएको स्वीकार्दै सम्पूर्ण कर्मचारीहरुको काम गरे वापतको सुविधा पाउने अधिकार रहेको भन्दै यो विषयमा जनप्रतिनिधिहरुले गम्भीरका साथ लिनुपर्नेमा जोड दिँदै यो विषयलाई गाउँसभा अध्यक्षमार्फत पेश गर्ने बताए ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनै पनि कर्मचारीले खान पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । “अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधि छैन भने ल्याब लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको छ,” प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठूलो समस्या भएको कर्मचारी हेमन्त शर्माले बताए । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । केही दिन अघि शिक्षकहरुको समूहले ध्यानाकषर्ण गराएको छ । नेपाल शिक्षक महासंघ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता तथा छात्रवृत्ति, दिवाखाजा जस्ता नियमित वजेट विद्यालयमा २०७९ श्रावण महिनादेखि निकासा नभएको र त्यसका कारण शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलव नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिति सृजना भएकोले त्यसको पहलका लागि आग्रह गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उनले भने( “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिँदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोल औषधि छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन्, यसको जिम्मेवारी कसले लिने ।”

“जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधिहरु अहिले आएर बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिनु कहाँसम्मको नैतिकता हो,” उनले प्रश्न गरे । अध्यक्ष चौधरीले आफू अनुकूल र कानुन विपरीतको निर्णय गर्न लगाउने कार्य गलत भएको भन्दै जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने स्पष्ट पारे ।

समयमा गाउँसभा नभएर संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निर्माणसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया समेत अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षक र कर्मचारीको ताला
  • २०७९ मंसिर १९, सोमबार ११:३७
  • In "BannerNews"
  • जानकी मेडिकल कलेज धारासायी हुँदै
  • २०७९ मंसिर १९, सोमबार ११:३७
  • In "मधेश प्रदेश"
  • कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प
  • २०७९ मंसिर १९, सोमबार ११:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post

नेपालमा घुम्न आएका चिनियाँ नागरिकमाथि चक्कु प्रहार,उपचारका क्रममा मृत्यु

दोलखाकाे प्रदेश सभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

चीनमा आक्रामक रुपमा बढ्दै कोरोना संक्रमण, बेइजिङले बनाएको खोप नै काम नलाग्ने, जनताहरु सडकमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version