• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतलाई थप ४५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति


भारतलाई थप ४५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति

दुई आयोजना थपिएपछि प्राधिकरणले करिब ४१० मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेछ।

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ४५ मेगावाट विद्युत् भारत निर्यातका लागि स्वीकृति पाएको छ। भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप विद्युत् निर्यातका लागि प्राधिकरणलाई स्वीकृति दिएको प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

सोलु जलविद्युत्को २३.५ मेगावाट र चिलिमे जलविद्युत्को २२.१ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ। सोलु जलविद्युत्को बिजुली बेच्न भारतले गत शुक्रबार स्वीकृति दिएको थियो। यी दुई आयोजना थपिएपछि प्राधिकरणले करिब ४१० मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेछ।

निर्यात भएको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड –आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुँदै आएको छ। प्रतियुनिट ४ देखि साढे ५ भारतीय रुपैयाँ (६.४ देखि ८.८ नेपाली रुपैयाँ) सम्म डे–अहेड बजारमा बिक्री भइरहेको प्राधिकरणले जानकारी दिएको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुने गरेको छ।

तर, अहिले करिब ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात गर्न सकिएको प्रवक्ता भट्टराईले जानकारी दिए। वर्षा सकिएसँगै विशेषत निजी प्रवद्र्धकको उत्पादन घट्न थालेकोले स्वीकृति पाए जति निर्यात गर्न नसकिने उनले बताए।

निजी प्रवद्र्धकका आयोजना नदी प्रवाहमा आधारित भएकोले हिउँदयाममा खोलामा पानीको सतह घट्नेबित्तिकै उत्पादन पनि घट्छ। भट्टराईका अनुसार खोलामा पानीको मात्रा घट्न थालेसँगै करिब २० प्रतिशतले उत्पादनमा कटौती हुन सुरु गरिसकेको छ। प्रायः पूर्वी नेपालका आयोजनाहरूको विद्युत् उत्पादन क्षमतामा ह्रास आउन थालेको छ। हाल विद्युत्को आन्तरिक उच्च माग १५६९ मेगावाट छ भने जडित क्षमता २२ मेगावाटभन्दा बढी छ।

जाडो सुरु भएसँगै उत्पादन घट्न थालेको र आन्तरिक माग बढ्न थालेकाले अहिले ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात भइरहेको प्रवक्ता भट्टराईले बताए। ‘अहिलेको अवस्थामा दिनको ७२ सय मेगावाट आवरसम्म निर्यात गर्न सक्छौं,’ उनले भने।

प्राधिकरणले गत भदौमा नै अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको थियो। ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव भारतीय प्राधिकरणमा पेस गरिएको थियो। जसमध्ये दुई आयोजनाले मात्र कात्तिकमा आएर स्वीकृति पाएका हुन्।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव पनि गरेको थियो। गत वर्षको कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री सुरु भएको थियो। अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
  • २०७९ कार्तिक २८, सोमबार ११:४५
  • In "आर्थिक"
  • नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति
  • २०७९ कार्तिक २८, सोमबार ११:४५
  • In "BannerNews"
  • भारतबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख गर्‍यो आम्दानी
  • २०७९ कार्तिक २८, सोमबार ११:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

राजनीति दलका उम्मेदवार लाई हैन स्वतन्त्र उमेदवार सरिता गिरी लाई मतदान गर्ने : स्थानीयको भनाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version