• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्रबाट वर्षौदेखि ठगिएको राजविराजका व्यापारी, जयप्रकाश ठाकुरलेमात्रै दिलाउन सक्छन् लालपूर्जा


उपेन्द्रबाट वर्षौदेखि ठगिएको राजविराजका व्यापारी, जयप्रकाश ठाकुरलेमात्रै दिलाउन सक्छन् लालपूर्जा

काठमाडौं । सप्तरीको राजविराजको मुख्य बजारमा विटोरी जमिनको मुद्दा वर्षौदेखी चर्चित छ ।जुन अझै समाधान हुन सकेको छैन । जग्गाधनीले लाजपूर्जा पाएका छैनन् । यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पार्टीबाट धेरै नेताहरु पटक पटक सांसद तथा सरकारमा मन्त्री बने पनि यो समस्या समाधान हुन सकेको छैन ।
हरेक चुनावमा उपेन्द्र र उनका पार्टीका नेताहरुले लाजपूर्जा दिने झुटा सपना बाँड्छन् । यसपालि पनि बाँडिरहेका छन् । तर १५ वर्षदेखि उपेन्द्रबाट ठगिएको राजविराजले यसपालि विद्रोहको संकेत गरेको छ । यहाँका स्थानीयले उक्त जमिन वर्षौदेखि भोगचलन गरेर व्यापार गर्दै आएका छन् । तर बैंकबाट ऋण र अन्य दर्ताको काममा प्रयोग गर्न सकिरहेका छैनन् ।

यहाँको जमिन सरकारी रेकर्डमा छैन । उपेन्द्रको आश्वासनबाट यहाँका व्यापारीहरु आजित भइसकेका छन् । आफूहरुको स्वामित्वमा आउनेगरी सरकारले जमिन दर्ता गरेर लाजपूर्जा दिनुपर्ने भनेर बारम्बार आवाज उठाइरहेका छन् । तर सम्बोधन भएको छैन । यहाँका जनप्रतिनिधि उपेन्द्रले वास्ता गरेका छैनन् ।

मधेस आन्दोलनमा उल्लेख्य योगदान गरेको राजविराज त्यही आन्दोलनबाट स्थापित नेताबाटै उपेक्षामा परेको छ । २०६४ सालपछि उपेन्द्र यादव मधेसको स्थापित नेता बने । पटक पटक सरकारमा गएर मन्त्री बने । उनको दलबाट सप्तरीका धेरै नेता मन्त्री भए । उपेन्द्रले स्वयं राजविराजमा भोट लिने र आफ्नो प्रभाव कायम राखे । तर बजारको माग कहिल्यै सम्बोधन गरेनन् । उपेन्द्र उदाएको १५ वर्षसम्म पनि यो समस्या यथावत् छ ।

०७४ मा उपेन्द्रलाई सप्तरी २ बाट जनताहरुले जिताएर पठाए । उपेन्द्र केपी ओलीको दुईतिहाइको शक्तिशाली सरकारमा मन्त्री पनि बने । पछिल्लो शेरबहादुर देउवाको गठबन्धन सरकारमा पनि उनको दल महत्त्वपूर्ण मन्त्रालयसहित सामेल भयो । तै पनि उनले यहाँको समस्या समाधानमा चासो दिएनन् । पहल नै गरेनन् ।
अहिले फेरि मत माग्न आएका उपेन्द्रलाई यहाँ व्यापारीले जग्गाको स्वामित्व किन नदिएको भनेर प्रश्न गरिरहेका छन् । यहाँका व्यापारीहरुले अब नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्ने भन्दै त्यसको उम्मेदवार जयप्रकाश ठाकुरलाई जिताएर पठाए समस्या समाधान हुने ठानेका छन् । उपेन्द्रले अहिलेसम्म समस्या समाधानमा पहल नगरेको र यसपछि उनी सामेल गठबन्धनको सरकार नै नबन्ने भएकाले यो समस्याको समाधान गराउने क्षमता अब ठाकुरलेमात्रै राख्ने उनीहरुको भनाइ छ ।

एकपटक ठाकुरलाई मौका दिने मनस्थिति यहाँका व्यापारीले बनाएका छन् । राजविराज मधेश आन्दोलनमा उल्लेख्य योगदान गरेको ठाउँ हो । यहाँबाट चुनाव जित्दै आएका उपेन्द्रले बजारको मुख्य समस्यालाई नै नजरअन्दाज गरेपछि यहाँका स्थानीय व्यापारी जयप्रकाश ठाकुरलाई चुन्ने निष्कर्षमा पुगेको एक व्यापारीले बताए । ‘यो समस्या उपेन्द्रबाट पार नलाग्ने देखियो ।

जयप्रकाश ठाकुरजीको गठबन्धन सरकार बन्ने भएकाले उहाँले लाजपूर्जा दिने वातावरण बनाउनुहोला भन्ने लाग्छ,’ ती व्यापारीले भने । उनकाअनुसार यहाँबाट उम्मेदवार रहेका सीके राउतबाट पनि यो समस्या पार लाग्ने देखिँदैन । किनभने राउतको सांगठनिक आधार छैन । उनको पार्टी जित्ने अवस्था नै छैन ।

अब निर्वाचनपछि लोसपासमेत सहभागी पाँच दलीय गठबन्धनको सरकार बन्ने भएकाले साझा उम्मेदवार जयप्रकाशलेमात्रै यहाँका बासिन्दालाई लालपूर्जा उपलब्ध गराउन सक्ने विश्वास राजविराजबासीमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेस झरेका उपेन्द्र यादवलाई शहिद परिवारले लखेटे, क्षतिपूर्ति नदिएर पटक पटक ठगेपछि प्रतिकारमा उत्रिए मधेसवासी
  • २०७९ कार्तिक २८, सोमबार ११:३३
  • In "देश"
  • यी मुसहर कहिले बन्छन् नागरिक ?
  • २०७९ कार्तिक २८, सोमबार ११:३३
  • In "BannerNews"
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ कार्तिक २८, सोमबार ११:३३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कमजोर अर्थतन्त्र लुकाउँदै अन्तर्राष्ट्रिय मञ्चमा चीनको घुर्की, यस्तो छ बेइजिङको भयावहको अवस्था

अफगानिस्तानका नागरिक जटिल भोकमरीको संकटमा, दुई करोड २८ लाख प्रभावित

भिम राबल एमाले हराउ, काँग्रेस जिताउ अभियानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version