• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै


डेढ वर्षमा सक्नुपर्ने पुलको काम ४ वर्षमा आधा मात्रै

जोमसोम :  उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको जोमसोम-कोरला सडकमा पर्ने निर्माणधिन कागबेनी पक्कीपुलको काममा चरम ढिलासुस्ती भएको पाइएको छ । कालिगण्डकी करिडोरअन्र्तगतको निर्माणधिन जम्मा २५ मिटर लम्बाइको उक्त पुलको काम ४ वर्षमा जेनतेन आधा मात्रा सकिएको हो ।

उक्त कागबेनी पक्की राष्ट्रिय गौरवको आयोजना सुरवातसँगै ठेक्का टेन्डर भइ २०७३ साल असार २९ मा सम्झौता भइ काम अघि बढाइएको थियो ।पुल निर्माणको अवधि १८ महिना रहेको छ । पुल निर्माणका लागि भ्याट बाहेक २ करोड ८८ लाख रुपैयाँ लागतमा गाल्वा रफिना जेभीले सम्झौता गरेको थियो ।

१८ महिने सम्झौता अनुसार २०७४ साल पुस मसान्तसम्म पुलको काम सम्पन्न गर्नुपर्नेमा पुलका प्रतिनिधि रविन जोशी २ वर्षअघि काम नगरी सम्पर्कबिहीन भएकाले पुलको काममा ढिलासुस्ती भएको स्थानीयको भनाइ छ ।

करिडोर सडक एक्लैले निर्माण गरेको दर्जनौं पुलमध्ये मुस्ताङको स्याङ खोला पुल अन्तिम चरणमा छ भने अरु पुलको काम निर्माणको चरणमा छन् ।करिडोरका अनुसार कागबेनी पुलको अहिले दुबै भागमा फाउन्डेसन जग उठाउने काम पूरा भएको जनाएको छ ।

करिडोरका सबइन्जिनियर किरण घिमिरेले पुलको काममा अहिले ५० प्रतिशत पुरा भएको जानकारी दिए । जसमा दायाबाया फाउन्डेसनसँगै एकातर्फ स्ट्रिम र क्यापको काम सम्पन्न भएको छ भने अर्को साइडतर्फ स्ट्रिम सकिएर क्यापको काम बाँकी रहेको सबइन्जिनियर घिमिरेले बताए ।

कागबेनी पुलको अब एकतर्फ क्यापको कामसहित स्ल्याब ढलान र एप्रोज रोड विस्तार गर्ने लगायत फिनिसिङको काम बाँकी रहेको जनाइएको छ ।करिडोरका अनुसार सबै कुराले साथ दिएमा चालु आर्थिक वर्षभित्र पुलको काम सम्पन्न हुने बताएको छ । ‘पुलको काममा विभिन्न कारणले ढिलो भएकै हो । अब यो वर्ष काम सक्ने लक्ष्य छ,’ आयोजनाका सब इन्जिनियर घिमिरेले भने, ‘कोरोना माहामारीबीचमा पनि पुलको काम अघि बढेको छ । दशै अघिनै स्ल्याब ढलानको काम पुरा हुन्छ।’

जोमसोम-कोरलानाका जोड्ने पुलको काम अहिलेसम्म ३ पटक म्याग्द थप भइसकेको जनाइएको छ ।तर ,थपिएको म्यादमा काम नहुने भएकाले चौथो पटक पुनः म्याद गर्ने तैयारी भइरहेको सबइन्जिनियर घिमिरेले जानकारी दिए ।

यता ,निर्माण कम्पनीका इन्जिनियर प्रनिज पराजुलीले प्राकृतिक प्रकोप ,प्राविधिक ढिलाइ,पुलको एप्रोज रोड पर्ने जग्गा विवाद र कोरोना कहरले पुलको कामले गति लिन नसकेको स्पष्ट पारे ।

 उनका अनुसार २०७४ सालमा आएको बाढीले पुलको उत्तरतर्फको फाउन्डेसन वाल बगाएकाले त्यसलाई अर्को वर्ष नया उठाउदा पनि थप ढिलाइ भएको जनाए । पुलको उत्तरतर्फको भागमा केही स्थानीयको खेतीयोग्य जमिन पर्ने भएकाले समस्या उब्जिएको छ । जग्गा विवाद समाधान नभए घुमाएर अर्को एप्रोज रोड विस्तार गर्दा अर्को ठेक्का लगाउनु पर्ने देखिएको इन्जिनियर पराजुलीले उल्लेख गरे ।

करिडोरको मुस्ताङ खण्डमा पर्ने म्याग्दी र मुस्ताङ सिमानामा निर्माणधिन पक्की पुलको काममा पनि ढिलासुस्ती भएको थियो । पुलको फाउन्डेसन र स्ल्याब स्टक्चरको काम पुरा हुदा बाढीले पुरै संरचनामा क्षति पुगेको छ ।

करिडोरका अलवा  एलिट संकरमाली जेभिले जिम्मा लिएको मुस्ताङ/डोल्पा जोड्ने एक्लेभट्टी/पाक्लिङ पुलको काम समेत चरम ढिलासुस्ती देखिएको छ । उक्त पुल ११ करोड ७५ लाखमा निर्माण सम्झौता भएपनि २५ प्रतिशत पनि काम हुन सकेको छैन ।उक्त पुल २०७३ पुस मसान्तमा सकिनु पर्नेमा निर्माण कम्पनीले माटो परिक्षण नगरी हचुवामा डिपिआर तयार गरेको भन्दै प्रि-सर्वेको माग गरेको थियो ।

यस्तै,मुस्ताङको छयो-कुञ्जो जोड्ने पक्की पुलको काममा पनि ढिलासुस्ती भएको पाइएको छ । पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवाले सय मिटर लामो उक्त पुल बनाउन ११ करोड ३० लाखमा सम्झौता गरेको थियो । तर ,पुलको २ भागमा फाउन्डेसन उठिसक्दा २०७५ सालको बाढीले पुलको पूर्वतर्फको फाउन्डेस कालिगण्डकी नदीको जोखिम बढेपछि प्रि—सर्वे डिजाईन गरिएको थियो । नया डिजाईन अनुसार पूर्वतर्फ थप ३० मिटर लम्बाई थप्ने गरी डिजाइन तयार भएपनि काम अझै बढेको छैन ।

निर्माण कम्पनीले सम्झौता अनुसार तोकिएको समयमा पुल सम्पन्न गर्न नसक्दा मुस्ताङका स्थानीयलाई बर्खायाममा आउजाउ गर्न समस्या छ भने जिल्लामा उत्पादित कृषि उपजको सहज बजारिकणमा समेत अप्ठ्यारो परेको छ । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
  • २०७७ भाद्र ३१, बुधबार १९:३८
  • In "BannerNews"
  • पुल बनाउँदाको भूल
  • २०७७ भाद्र ३१, बुधबार १९:३८
  • In "देश"
  • सिरहा र धनुषा जोड्ने कमला पुल भाँसियो
  • २०७७ भाद्र ३१, बुधबार १९:३८
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version