• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बढी झुट बोल्न र जनतालाई झुक्याउन सक्यो उति अब्बल दर्जाको नेता


बढी झुट बोल्न र जनतालाई झुक्याउन सक्यो उति अब्बल दर्जाको नेता

नेपाली राजनीतिमा झुटको खेती फस्टाउँदै गएको छ । जसले जति बढी झुट बोल्न र जनतालाई झुक्याउन सक्यो उही अब्बल दर्जाको नेता र अब्बल राजनैतिक दल बन्छ भन्रे होडबाजी नै चलेको छ। यसबाट इमान्दार नागरिकहरुमा नैराश्यता उत्पन्न गर्छ भन्ने सोच समेत राजनीतिक दलहरुले राख्न छोडेको देखिन्छ । अफवाह र नकारात्मक टिप्पणीहरुको शब्दकोष बोकेर गाउँ छिरेका राजनैतिक दल र वाईबल बोकेर धर्म परिवर्तन गराउन गाउँ पसेका विदेशीको नुनको सोझो गरिरहेका धार्मिक दलालबीच अहिले फरक छुट्याउन नसकिने अवस्था छ ।

निर्वाचनका बेला राजनैतिक दलहरु विकासका कार्यक्रमसहितका घोषणपत्रभन्दा पनि जनता उत्तेजित बनाउने भाषण पैरवीमा लिप्त हुन थालेपछि यसले नेपालको लोकतान्त्रिक व्यवस्थामाथि नै गतिलो प्रश्न चिन्ह खडा गरिदिएको छ । पटक पटकका निर्वाचनका भाषणबाजी र आश्वासनका पुलिन्दाहरुले बार्दली नै फोहोर देखिन थालेपछि बार्दली अर्थात ओली ‘बा’लाई अहिले झापा क्षेत्र नं. ५ मा चुनाव प्रचारप्रसार गर्न हम्मेहम्मे परेको अवस्था छ ।

खाँबो चिथोरेर रिस पोख्ने बिरालो प्रवृत्तिका कारण देशकै सबैभन्दा ठूलो आकार लिँदै गइरहेको कम्युनिष्ट पार्टी खुम्चिँदै र साँघुरिँदै गएको छ । यसले ओली ‘बा’लाई हिजो आफैंले गरेका बाचाहरु आफैलाई गलपासो बन्दै गइरहेको अवस्था छ । हिजो हावाका तालमा हौसिएर बोलिएका कुराहरुतर्फ आफैंले घोत्लिएर हेर्ने र सुन्ने हो भने आम नागरिकलाई मत्रै हैन स्वयं ओलीलाई समेत हाँसोको फोहोरा रोक्न सक्ने कुनै ओखती छ जस्तो लाग्दैन ।

तैपनि राजनीतिमा लाज, शरम, घीन र नैतिकता हुँदैन भन्ने कुराको दर्विलो उदाहरण प्रस्तुत गर्दै राजनीतिक दलका नेताहरु अहिले जनताका घरआँगनमा भोटको भीख मागरिरहेका देखिन्छन् । नेपालीहरु भने यिनै अपत्यारिला आश्वासनमा रमाउने हुन् या यसपटक विगतका अविश्वास र आश्वासनका विरुद्धमा प्रस्तुत् हुन्छन् ? यसका लागि भने आगामी मंसिर ४ सम्म पर्खनु पर्ने अवस्था छ ।

२०७४ सालको आम निर्वाचन अन्य आम निर्वाचनभन्दा केही फरक ढंगले अगाडि बढेको कुरा हामीले देखेकै कुरा हो । देशका ठूला वामपन्थी राजनैतिक दलहरु एकाकार भई चुनावमा होमिइरहँदा आफूलाई लोकतान्त्रिक पार्टी हुँ भन्ने नेपाली कांग्रेसलाई समेत आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेको थियो । उक्त निर्वाचनमा नेपाली जनताले ठूला कम्युनिष्ट पार्टीहरु एक भए भनेर मात्रै कम्युनिष्ट पार्टीलाई भोट हालेका थिएनन, बल्की कम्युनिष्ट पार्टीहरुले प्रस्तुत गरेका उदेकलाग्दा योजनाहरु पुरा गराउनका लागि मतदान गरेका थिए । यस्ता उदेकलाग्दा आयोजना तथा परियोजनाका प्रमुख डिजाइनर थिए केपी शर्मा ओली । तर नेकपा र नेकपा एमाले सरकारमा रहँदा आफैंले गरेका वाचाहरु किन पूरा गराएनन ? भन्ने प्रश्न अहिले झापा क्षेत्र नं. ५ का मतदाताहरुले उठाइरहेका छन् ।

अपत्यारिला आश्वासनमा रमाउने हुन् या यसपटक विगतका अविश्वास र आश्वासनका विरुद्धमा प्रस्तुत् हुन्छन् ? यसका लागि भने आगामी मंसिर ४ सम्म पर्खनु पर्ने अवस्था छ ।

झापामा अहिले केही सवालहरुले राजनैतिक बहसमा स्थान पाइरहेका छन् । पहिलो सवाल, पानी जहाज आयो कि आएन ? आउनु नआउनु कुनै ठूलो कुरा भएन तर यसका लागि पहलसमेत गरियो कि गरिएन ? भन्ने छ । दोश्रो सवाल, देशको राजधानीमा मेट्रो रेल चल्यो कि चलेन ? यसका लागि पहलसम्म भयो कि भएन ? भन्ने छ ।

तेश्रो सवाल भनेको पोखरा–काठमाडौं रेल परियोजना कहाँ पुग्यो ? कुश्मामा रेल स्टेशन बन्यो कि बनेन ? भन्ने रहेको छ । देशका कति ठाउँमा आहा कति राम्रा स्मार्ट सिटी बने कि बनेननु ? पिटिक्क पार्दा चुलामा ग्यास बल्यो कि बलेन ? भन्ने प्रश्नले समेत पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई उत्तर दिन धौ धौ पारिरहेको छ ।

दमकको गोरखा डिपार्टमेण्ट अगाडि उभिएर बडो शानका साथ गरिएको भाषण ‘ओछ्यानमै भात’ त के, कोरोना कहरले नागरिकहरु आक्रान्त बनेका बेला सिटामोल समेत किन खान दिइएन ? भनेर उनीहरु प्रश्न गरिरहेका छन् । दमक नगर पालिकामा ५२ सिटमध्ये नेकपाले ५० सिट जितिरहँदा वृद्धवृद्धालाई नमस्कार भन्दै घरघरमा वृद्धभत्ता किन पुर्याइएन ? भन्ने प्रश्नको समेत उत्तर दिन सक्ने ठाउँ देखिँदैन ।

आमशैक्षिक बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह गर्ने कार्यक्रम काठमाडौंबाट झापा किन झर्न सकेन ? दमक र क्षेत्र नं. ५ बाट कतिजना शैक्षिक बेरोजगारले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिएर स्वरोजगार बने ? भन्ने प्रश्न एकातिर छँदैछ, अर्कोतर्फ ‘एक घर एक रोजगार’को आशामा पाँच वर्ष बिताएका बेरोजगारहरुको प्रश्नले समेत ओलीलाई घेरा मारिरहेको अवस्था देखिन्छ ।

झापा–५ का आम मतदाता पूर्वप्रधानमन्त्री ओलीलाई निरन्तर रुपमा प्रश्न गरिरहेका छन् । पाँच वर्षमा केही कतै अनजानमा या अपर्झट रुपमा अगाडि देखिएका भ्रष्टहरुका मुख हेरिए कि हेरिएनन् ? जनताको जीवनस्तर फेरिए कि फेरिएनन् ? नागरिकहरु थेग्नै नसक्ने गरी करको जालोमा बेरिए कि बेरिएनन् ? जनताको तहबाट यसो गर्नु हुँदैन है ! भनेर गरिएका खबरदारीहरु देखिए कि देखिएनन् ? नेपाली जनताले शुसासनको अनूभुति गर्न पाए कि पाएनन् ? यि र यस्ता असंख्य सवालहरुले कमरेड ओलीलाई दिनहुँजसो झस्काइरहेको विषय बुझ्न सहजै सकिन्छ । यसले स्वयं ओलीलाई नै एकान्तमा हाँसो त उठदैन ? भनेर लाल बुझक्कडहरु चिया गफमा रमाइरहेका देखिन्छन् ।

जिम्मेवारीमा रहँदा सधैं अनावश्यक गफमा रमाउँदाको परिणाम अहिले यिनै सवालहरु उठाएर क्षेत्र नंं. ५ का मतदाताहरु दिउँसै रत्यौली खेलिरहेका छन् । यसबाट आगामी मंसिर ४ सम्ममा कतिसम्म प्रभाव पर्छ ? नेकपा एमालेका पक्षमा परिणाम पस्कने हो ? त्यो भने हेर्न बाँकी नै छ । नेपालबहस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्थानीयले एकै स्वरमा भने, “चीनले सिमा मिचेकै हो”
  • २०७९ कार्तिक ११, शुक्रबार १९:४२
  • In "लुम्बिनी प्रदेश"
  • यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार
  • २०७९ कार्तिक ११, शुक्रबार १९:४२
  • In "BannerNews"
  • जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी
  • २०७९ कार्तिक ११, शुक्रबार १९:४२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

छठपर्व विधिवतरुपमा आजबाट सुरु

रक्सी र मासुको आडमा पैसाले मत किन्छु ठान्नु गलत : अम्भुप्रसाद साह

देवकाेटाको अन्तिम तस्बिर पछाडिकाे त्याे कथा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version