• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे


ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे तीन वर्षअघि सिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक विस्तारको काम चाईनिज कम्पनीले अलपत्र पारेको छ।

सडक विस्तारका लागि ०७५ साल माघ २४ गते सरकार र निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बीच सम्झौता भएको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ चैत ८ गते उक्त सडक विस्तारको सिलान्यास बुटवलमा गरेका थिए।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर काम सुरु गरिएको थियो। दुवै खण्ड गरी ११४ किलोमिटर सडक विस्तारको काम गर्नु पर्ने कम्पनीले हालसम्म पनि १८ प्रतिशत मात्रै काम सम्पन्न गरेको जनाईएको छ।

हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र कतै तीन लेनको बनाउन चाईनिज कम्पनीले काम सरु गरेको थियो। तर, काम सुरु गरेको साढे ३ वर्ष बितिसक्दा २० प्रतिशत काम पनि सम्पन्न नभएपछि आलोचना भईरहेको छ। सम्झौता अवधि सकिएर म्याद थप गर्दासमेत १८ प्रतिशत मात्रै काम गर्ने कम्पनीले लापर्वाही गरेको आरोप छ।

चाइना स्टेट कम्पनीको लापर्वाहीले सडक अलपत्र हुँदा एकातर्फ धुलो र हिलोले समस्या उत्पन्न गरिरहेको र अर्कोतिर खाल्डाखुल्डीका कारण सास्ती खेप्नु परेको यात्रुहरुको गुनासो छ।

६० करोड बढी भुक्तान दिनै बाँकी
बुटवल–नारायणगढ सडकखण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले सप्लायर्स कम्पनीहरूलाई ६० करोड बढी भुक्तान नदिएको पाईएको छ। ९ महिनादेखि भुक्तानी नपाएको भन्दै सप्लायर्सका सञ्चालक र कर्मचारीहरूले आइतबार कम्पनीको कार्यालयअगाडि धर्ना दिएका छन्।

नवलपरासीको कावासोती नगरपालिका– १० मगरकोटनजिक रहेको कम्पनीको कार्यालयअगाडि उनीहरुले धर्ना दिएका हुन। नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावगीले आफूहरूले पाउनुपर्ने रकम तत्काल पाउनु पर्ने बताए।

निर्माणको काम नरोकियोस् भनेर माग गर्नासाथ आफूहरूले रड, सिमेन्ट, गिटीलगायतका सामग्री र उपकरणहरू रोलर, टिपर, एक्स्काभेटरलगायत उपलब्ध गराएको बताएका उनले कम्पनीले अन्तिममा भुक्तानी नै नदिएपछि अप्ठेरामा परेको बताए।

९ महिनादेखि भुक्तानी नपाउँदा बैंकमा लोन तिर्न, कर्मचारीलाई तलब खुवाउन र सामान ल्याउन समेत नपाएको सप्लायर्सहरुले गुनासो गरेका छन्। सप्लायर्सहरूले ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति उपस्थित भएर रकम भुक्तानी गर्नु पर्ने माग राखेका छन्।

आफनै कर्मचारीलाई पनि तलव दिँदैन कम्पनी
चाइना स्टेट कम्पनीले कामको दौरानमा यसअघि पनि कर्मचारीहरूलाई तलब नदिएको, मजदुरहरूको पारिश्रमिकको कमिसन खाइदिने गरेकोजस्ता घटनाहरू बाहिर आउने गरेका थिए।

नवलपरासी बर्दाघाट सुस्तापुर्वका सिसडओ सुमन घिमिरेले तत्काल दुवै पक्षलाई बोलाएर समस्याको समाधान खोजिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र
  • २०७९ कार्तिक २, बुधबार १४:४७
  • In "BannerNews"
  • नारायणघाट-बुटवल सडक, २९ महिनामा ८.५ प्रतिशत मात्र काम, प्रशासनलाई टेर्दैन चिनियाँ कम्पनी
  • २०७९ कार्तिक २, बुधबार १४:४७
  • In "देश"
  • चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता
  • २०७९ कार्तिक २, बुधबार १४:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कश्मीरमा विद्रोहीद्वारा दुई आप्रवासी कामदारको हत्या

काठमाडौंमा भूकम्प ५.९ म्याग्नेच्युटको, केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना

चीनमा सरकारविरोधी प्रदर्शन तीव्र, राष्ट्रपति सी जिन पिङ तनावमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version