• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी


घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

काठमाडाैँ । चिनियाँ कम्पनी ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर घरभाडा नतिरीकन भागेको छ । चिनियाँ कम्पनीले घरभाडा नतिरीकन भागेको भन्दै घरधनीले कानुनी प्रकिया सुरु गर्ने तयारी गरेका छन् ।

ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर साविक ओप्पो डि.एस. प्रा.लि., हाल डि.एस. प्रा.लि.ले तीन महिनादेखि घरभाडा नतिरी घर खाली गरेर सम्पर्कविहीन भएको घरधनी संगीता बस्न्यातले बताइन्।

घरबहाल सम्वन्धी करारनामामा उक्त कम्पनीले काठमाडौं महानगरपालिका-५, हॉडिगाउंमा बस्न्यातको नाममा रहेको एक रोपनी जग्गा र सो जग्गामा बनेको २ वटा घर तथा टहरा समेत विगत ६ वर्ष देखि लिजमा लिई भोगचलन गर्दै आएको थियो। २०७९ बैशाख १ गतेदेखि दुई वर्षको लागि करारनामा नविकरण भएको थियो ।

उक्त कम्पनीले विगत तीनमहिनादेखिको भाडा नतिरीकन, घर छाड्ने अग्रिम सूचना नदिइकन र घरको अवस्था बिगारेर फरार भएको भन्दै बस्न्यातले सात दिनभित्र सम्पूर्ण दायित्वहरू पुरा गर्न उक्त कम्पनीलाई लेखेकी छन्।

यस विषयमा ओप्पो डि.एस. प्रा.लि. आधिकारिक व्यक्तिहरूसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन । कम्पनी रजिष्टार कार्यालयका उप-सचिव शेखर बाबु कार्कीका अनुसार उक्त कम्पनीका अध्यक्ष चिनिया नागरिक “YOU BAO ZHAO” हुन् ।

५ वर्षसम्म नियमित भाडा दिएर बसेको कम्पनी गत असारदेखि भाडा नदिइ घरबाट भागेको घरधनी संगीता बस्नेतले जानकारी दिइन् ।

‘कम्पनीले गत जेठमा घर खालि गर्न लागेको भन्दै इमेल गरेको थियो । हामीले सम्झौताको शर्तअनुसार ३ महिनाको अग्रिम जानकारी दिन र घर मर्मत गर्न भनेका थियौं,’ बस्नेतले भनिन्, ‘तर, उनीहरुले हामीलाई थप केही जानकारी दिएनन् । दुई साता अगाडि छिमेकीले ढोका खुल्ला रहेको जानकारी दिएपछि ओप्पोले घर छोडेको थाहा पाएका थियौं ।’

सम्झौतामा घर छोड्नुभन्दा ३ महिना अगाडि जानकारी गराउनु पर्ने र घर छोड्दा चाबी हस्तान्तरण गर्नु पर्ने उल्लेख भए पनि सम्झौता अवधि बाँकी छँदै बिनाजानकारी घर छोडेको घर धनीको आरोप छ ।

‘हामीले ओप्पोको नेपाल प्रमुख रहेका चिनियाँ नागरिक ली जेङलाई घर भाडा तिर्न आग्रह गरेका थियौं,’ बस्नेतले भनिन्, ‘उल्टै लि जेङले हामीलाई धम्की दिए । उनले भने, म घर भाडा तिर्दिन्, तिमिहरु जे सक्छौं त्यही गर ।’

उसले आफैं जे सक्छौं गर भनिसकेपछि कानूनी उपचारका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्न लागेको बस्नेतलले जानकारी दिइन् ।

‘उसले ६ लाख ३३ हजार घरभाडा तिर्नु पर्नेछ, यस्तै घर मर्मत गर्न १०/१२ लाख रुपैयाँ लाग्ने प्राविधिकले जानकारी दिएका छन्,’ बस्नेलले भनिन्,‘२०/२२ लाख रुपैयाँ धेरै ठूलो होइन । तर, नेपालमा आएर नेपाली नागरिकलाई धम्की दिने, न्यायाधीशलाई खरिद गरेर मुद्दा जित्छु भन्ने गतिविधि गरेपछि हामी बाध्य भएर अदालत जान लागेका हौँ ।’

आफूले करारका कुनै पनि शर्त उल्लंघन नगरेकाले अदालतबाट न्याय पाउने बस्नेतको विश्वास छ । घरबहाल सम्झौता पत्रमा २०८० चैत्रसम्म बहाल नविकरण गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी काम गर्दै आएको स्थानीयहरुको बिरोध शुरु
  • २०७९ भाद्र २९, बुधबार १४:१२
  • In "अन्तराष्ट्रिय"
  • ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै
  • २०७९ भाद्र २९, बुधबार १४:१२
  • In "देश"
  • चिनियाँ कम्पनीले चलखेल गरेर यसरी हत्यायो फास्ट ट्रयाकको छैठौँ प्याकेज
  • २०७९ भाद्र २९, बुधबार १४:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

काठमाडौंमा एक्कासि किन भयो कर्फ्यु जस्तो महौल , जनजीवन कष्टकर

प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले भने पहिला नाका खुल्ला गर्नु पर्‍यो

नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि नेपाली व्यपारी निराश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version