• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्ष विरुद्ध कार्यालय अगाडिनै प्रदर्शन


अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्ष विरुद्ध कार्यालय अगाडिनै प्रदर्शन

राजबिराज । मुस्लिम आयोगका अध्यक्ष समीम मियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेपछि आईतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ।

अपराध गर्ने ब्यक्तिको संरक्षण गर्ने र प्रहरीबाट फुत्काउन प्रपन्च गर्ने पनि अपराधि भएको भन्दै आयोगका अध्यक्ष मियाँको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व अभियानका संयोजक विनय यादबले गरेका थिए।

अध्यक्ष मियाँले ठगी आरोपका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई शुक्रबार विमानस्थलबाट भगाएको आरोप लागेको छ।

प्रदर्शनकारीहरुले ‘जेहादी प्रबद्र्धक मुस्लिम आयोग खारेज गर, अपराधी भगाउने समीम मियालाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाईदैन, इस्लामिक अतिवाद मुर्दावाद, एयरपोर्टको सुरक्षामा खलल पुर्याउने समीम मियालाई कार्यवाही गर’ लगायतका नारा लगाएका थिए।

रिजवान भीआईपी कक्ष प्रयोग गरेर अध्यक्ष यादवकै गाडीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेका थिए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा नेपाल आएका अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँगको टोलीमा आलम पनि सहभागी थिए।

रिजवान मुस्लिम आयोगका अध्यक्ष मियाँको गाडी चढेर विमानस्थलबाट निस्किसकेपछि मात्रै प्रहरीले उनको बारेमा जानकारी पाएको थियो। त्यसपछि सोही दिन राती ९ बजे प्रहरीले उनलाई होटल मेरियटबाट पक्राउ गरेको थियो। तर अध्यक्ष अन्सारीले भने रिजवानको उपस्थिति अनपेक्षित रहेको र भगाउनुपर्ने गरी चिनजान समेत नरहेको दाबी गरेका छन्।

रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेनले उनीसहित ११ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । हुसेनको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति मागेको थियो । तर दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

नेपालमा चिनियाँ नेताहरुको मोह, ली झान्सु चार दिनका लागि आउँदै

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

सिरहा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम सिफारिस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version