• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सडक बत्तीको महसुस तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम


सडक बत्तीको महसुस तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम

रौतहट । रौतहटका अधिकांश पालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् ।

जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै आएको छ । सडक बत्ती प्रयोग गरेबापत सबैभन्दा बढी चन्द्रपुरले प्राधिकरणलाई १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै, गुजराले १ करोड ६५ लाख ९१ हजार रुपैयाँ तिरेको छैन । वृन्दावन नगरपालिकाले १ करोड २२ लाख ३० हजार र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार रुपैयाँ बक्यौता केन्द्रलाई तिर्नुपर्नेछ । सडक बत्ती जडान गरेदेखि महसुल नबुझाउँदा बक्यौता रकम धेरै भएको हो ।

चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सडक बत्तीको बक्यौता असुलीको प्रक्रिया अघि बढाइएको बताए । ‘बक्यौता तिर्न ताकेता सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब छिटै असुल गर्छौं ।’ चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले सडक बत्तीको बक्यौता रकमबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई अहिलेसम्म यति धेरै रकम बक्यौता छ भन्ने थाहै छैन,’ उनले भने, ‘यस विषयमा के भएको हो बुझ्छु । बाँकी छ भने तिर्नुपर्छ ।’

गरुडाका नगर प्रमुख कन्थमणि बैसवालले पोल बत्तीको बक्यौता रकमबारे सोधपुछ गर्ने बताए । अधिकांश नगर प्रमुखले बक्यौता रकमबारे अनभिज्ञता जनाए । पोलमा जडान गरिएका बत्ती जलेर बल्न छाडेको स्थानीयको गुनासो छ । ‘नाममात्रको बत्ती जडान भयो,’ स्थानीय भरत आचार्यले भने, ‘यस विषयमा स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post

विश्वप्रकाश–कृष्ण सिटौला : मिल्नै सक्दैनन्

एक महिनामै करोडौंको सामान बरामद

महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version