• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व

सभापतित्व नगर्ने न्यौपानेको घोषणा


राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको विषयमा विवाद बढेको छ ।

माओवादी केन्द्रले विगतमा सभापति आफ्नो दलको रहेको भन्दै अब पनि नछाड्ने अडान लिएको छ । कांग्रेसले पनि अन्य समितिको सभापति नपाएको भन्दै राज्य व्यवस्था समिति नछाड्ने जिकिर गरेको छ । दुई पार्टीको अडानका कारण समितिको बैठक बस्न नै कानुनी रुपमा अप्ठ्यारो हुने स्थिति सिर्जना भएको छ ।

नियमावली उल्लंघन

तत्कालिन सभापति शशी श्रेष्ठ २२ असोज २०७८ मा मन्त्री भएपछि राज्य व्यवस्था समितिको सभापति पद रिक्त छ । त्यसयता निरन्तर सभापतिमा कांग्रेसले आफ्नो दाबी छाडेको छैन भने माओवादी केन्द्र पनि सभापति नछाड्ने मुडमा छ ।

सभापति चयनका विषयमा सत्तारुढ गठबन्धनकै दलबीच कुरा नमिल्दा करिब ८ महिनासम्म समितिको बैठक बस्न सकेन । १८ जेठ २०७९ मासदस्यहरुको हेरफेर हुँदा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेका एकीकृत समाजवादीका सांसद मुकुन्द न्यौपाने राज्य व्यवस्था समितिमा आए ।

त्यसपछि ज्येष्ठ सदस्यका रुपमा १५ असार २०७९ मा पहिलो बैठक राखे । जेष्ठ सदस्यको नेतृत्वमा बसेको पहिलो बैठकको एक महिनाभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १७४ (५) मा छ ।

नियमावलीको यो प्रावधान अनुसार साउन १३ गतेभित्रै सभापति चयन गरिसक्नुपर्ने थियो । नियमावलीले तोकेको म्यादभित्र सभापति चयन गर्न नसकेपछि समितिको बैठक राख्न कानुनी प्रश्न उठेको छ ।

सभापतित्व नगर्ने न्यौपानेको घोषणा

सोमबार समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि दफावार छलफलका लागि बैठक बोलाएका थिए । तर, प्रमुख विपक्षी नेकपा एमालेले जेष्ठ सदस्यले नेतृत्व गरेर बैठक राख्ने विषयमाथि वैधानिताको प्रश्न उठायो । लगत्तै न्यौपानेले बैठक स्थगित गरिदिए ।

न्यौपानेले अब जेष्ठ सदस्यको हैसियतमा राज्य व्यवस्था समितिको सभापतित्व नगर्ने घोषणा गरेका छन् । आफूलाई सभामुखले नै आग्रह गरेका कारण राज्य व्यवस्था समितिको सदस्य भइदिएको र एक महिना सभापतित्व गरिदिएको उनको जवाफ छ ।

‘जेष्ठ सदस्यको हैसियतमा सभापतित्व गरेको एक महिना कटेपछि बैठक राख्न नैतिक रुपमा समस्या भयो । आजै (सोमबार) को बैठक स्थगित गरिदिएर सभामुखलाई भनिदिएको छु, अब म सभापतित्व गर्दिन । उहाँले ‘म मिलाउँछु’ भन्नुभएको छ’ न्यौपानेले अनलाइनखबरसँग भने ।

आफूलाई नै सभापति बन्न अफर आएको तर, अस्वीकार गरिदिएको पनि न्यौपाने बताउँछन् । उनका अनुसार बितेको एक महिनामा सभापति चयनको प्रयास भयो । उनलाई नै सभापति बनिदिन नेकपा एमाले र नेमकिपाले आग्रह गरेका थिए ।

आफूले नपाउने स्थितिमा न्यौपानेलाई सभापति स्वीकार गर्न माओवादी केन्द्र पनि तयार थियो । तर, कांग्रेसले गठबन्धन गरेर संगै गइरहेको स्थितिमा एउटा समितिको सभापति पनि नछोड्ने भनी माओवादी केन्द्रमाथि प्रश्न उठाएपछि यो विषयमा थप छलफल हुन पाएन ।

माओवादी केन्द्रले निर्णय नदिँदा सभापति चयन हुन नसकेको स्वयं समिति सदस्यहरु बताउँछन ।

सभामुखमाथि प्रश्न

प्रतिनिधिसभा नियमावलीको नियम १७३ ले विषयगत समितिको सभापतिको निर्वाचन गर्ने अधिकार सभामुखलाई दिएको छ ।

तर, सभामुखले दलीय सहमति बिना निर्वाचनको मिति तोक्दैमा सभापति चयन नहुने व्यवहारिक विषय देखाउँदै आएका छन् । उनले दलहरुले सहमति भयो, निर्वाचनको मिति तोकौं भनेपछि मात्र कदम चाल्ने तयारी गरेका छन् ।

समिति सदस्यहरु यहीँनेर प्रश्न गर्छन, ‘संसद सभामुखले चलाउने हो कि दलहरुले ? दलीय सहमतिमा संसद चल्ने भए किन चाहियो सभामुख ?’

राज्य व्यवस्था समितिमा हाल एमालेका १० सांसद छन् । कांग्रेसबाट ५ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादी र जसपाका २÷२ जना, नेपाल मजदुर किसान पार्टीका एक र स्वतन्त्र एक जना सांसद छन् ।

सभापति चयनका लागि सत्ता गठबन्धन एक हुने विश्वासमा एमालेले सुरु देखि दाबी नगर्ने नीति लिएको छ । कांग्रेसले सुरुदेखि नै दाबी गर्दै आएको छ । माओवादी केन्द्र सकेसम्म राज्य व्यवस्था समितिको सभापति आफैं लिने रणनीतिमा छ ।

तर, समितिका जेष्ठ सदस्यको दाबी अनुसार एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र नेमकिपा एक भएको खण्डमा राज्य व्यवस्था समितिको सभापति कांग्रेसले पाउने छैन ।

तर, यी सबै सम्भावनाहरु अभ्यासमा जान सभापतिको निर्वाचनको मिति तय हुनुपर्छ । निर्वाचनको मिति तोक्ने अधिकार सभामुखलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसद ब्युँतिए पनि जागेनन् सांसदहरु
  • २०७९ श्रावण २४, मंगलवार ०८:२२
  • In "देश"
  • भू–उपयोग ऐन बनेपनि नियमावली बन्न नसेकेको
  • २०७९ श्रावण २४, मंगलवार ०८:२२
  • In "देश"
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
  • २०७९ श्रावण २४, मंगलवार ०८:२२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

Next Post

अर्थमन्त्रीलाई एसएमएस- म हेपिएको नासु परें, कार्यालय जान मन लागेन

अघि बढ्दै प्रत्यक्षको आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

किन झन् कमजोर हुँदै गइरहेको छ आदिवासी आन्दोलन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version