• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायल र बहराइनबीच शान्ति सम्झौता


इजरायल र बहराइनबीच शान्ति सम्झौता

२७ भदौ, काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो ।

यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका छन् ।

एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको थियो । यसको औपचारिक हस्ताक्षर आउँदो मंगलबार वाशिङ्गटन डिसीमा हुँदै छ ।

दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरु प्यालेस्टिनी विवाद समाधान गरेपछि मात्रै इजरायलसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउँछन् । इरानले इजरायलसँग शान्ति सम्झौता गरेर युएईले मुस्लिम देशहरुलाई धोका दिएको आरोप लगाउँदे आएको छ ।

हालै युएईले इजरायलसँग सम्बन्ध सुधारको सम्झौता गरेपछि अब बहराइनले पनि त्यस्तै गर्छ भन्ने अड्कलबाजी सुरु गरिएको थियो ।

इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । सोही योजनाअनुसार ट्रम्प इजरायल–युएई र इजरायल–बहराइनबीच सम्झौता गराउन सफल भएको बताइएको छ ।

सम्झौतापछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शुक्रबार बहराइनसँग पनि शान्ति सम्झौता भएपछि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यो शान्तिको नयाँ युग हो । शान्तिका लागि शान्ति । अर्थव्यवस्थाका लागि अर्थव्यवस्था । हामीले धेरै वर्षदेखि शान्तिका लागि कोसिस गर्यौं । अब शान्तिले हाम्रा लागि कोसिस गर्ने छ ।’

युएईले पनि इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ । युएईको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ, ‘एक अर्को महत्वपूर्ण र ऐतिहासिक उपलब्धि, जसले क्षेत्रीय स्थिरता र समृद्धिमा धेरै ठूलो योगदान दिने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साउदी राजकुमार सलमानलाई आफ्नो हत्या गरिन सक्ने डर !
  • २०७७ भाद्र २७, शनिबार ०७:४३
  • In "BannerNews"
  • ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता
  • २०७७ भाद्र २७, शनिबार ०७:४३
  • In "BannerNews 2"
  • इजरायल र हमासबीचको मध्यस्थताबाट कतार बाहिरियो
  • २०७७ भाद्र २७, शनिबार ०७:४३
  • In "BannerNews"

Durga Khatari

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाका एक हजार २०२ सङ्क्रमित थपिए, कुल ५३ हजार १२०

छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version