• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित


देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित

महोत्तरी : महोत्तरीका एक मिटरब्याजीले दश गुनासम्मको तमसुक बनाउने र समयमा ऋण फिर्ता नगरे यातना दिने गरेको रहस्य खुलेको छ । महोत्तरीको औरही नगरपालिका १ का सुदखोर विजय चौधरी कलबार अत्यन्तै चर्को ब्याजदरमा ऋण लगानी गरी गरिबलाई यातना दिएर विस्थापित बनाउने गरेको घटना सार्वजनिक भएको हो ।

समयमा ऋण फिर्ता नगरेको भन्दै गएको भदौ १४ गते औरही बजारकी ऋणी पासोदेवी मण्डल खत्वेलाई घरमै पसेर परिवारजनलाई कुटपिट गरेपछि सुदखोर चौधरीको यस्तो धन्दा बाहिर आएको छ ।

लकडाउनमा ऋण तिर्न नसक्दा विजय चौधरी परिवारसहित पासोदेवीको घरमा पसेर ऋण तिर्न भनेका थिए । त्यसपछि चौधरी परिवारले दुधालु भैँसी फुकालेर लग्न खोजेपछि अवरोध गर्दा पासोदेवी, उनका पति गुदरी मण्डल र बुहारी रामपरी देवीलाई कुटपिट गरेका थिए । निर्घात कुटपिटबाट घाइते भएकी पासोदेवी स्थानीय एक क्लिनिकमा उपचार गराएपछि निको भएको बताइन् । तर कुटपिटको कारण स्वास्थ्यमा अझै समस्या भएको उनको भनाइ छ ।

पीडित पासोदेवी मण्डलको परिवार

पासोदेवीले घरको खर्च तथा अतिआवश्यक कामको लागि चौधरीसंग प्रतिबजार हजारको दरले १ लाख ५० हजार रुपैयाँ ऋण लएका थिए । औरही बजार साताको दुईदिन मंगलबार र शुक्रबार लाग्ने गरेको छ । एकलाख ५० हजारको एकबजारको १५ सय रुपैयाँ ब्याजमा । तर सुदखोर चौधरीले कपाली तमसुक भने चारगुना बढी अर्थात ६ लाख रुपैयाँको बनाएका थिए ।

घरमै पसेर पासोदेवी मण्डल खत्वेमाथि गरेको कुटपिटको डाम

कुटपिटपछि पासोदेवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला सेलमा उजुरी दर्ता गराएकी थिइन् । जिल्लामा छलफल गर्दा आफ्नो कालोधन्दाको पोल खुल्ने डरले मिटरब्याजी चौधरीले गएको भदौ २० गते गाउँमै छलफल गरी मिलाएका थिए । कारबाही प्रक्रियामा अघि नबढ्ने सर्तमा झण्डै १ लाखको दुधालु भैँसी लिएर सुदखोर चौधरीले घटना ढाकछोप गरी प्रहरीमा स्थानीय औरही प्रहरी चोकीमा मिलापत्र गरेका थिए ।

यस्तै औरही बजारकी ममतादेवी मण्डलले २०७४ को पुस र माघमा तीनपटक गरी घर खर्चको लागि ७० हजार रुपैयाँ मिटरब्याजी चौधरीसंग ऋण लिएकी थिइन् । दुई महिनामै ७० हजारको चर्को ब्याज जोडर २०७४ फागुन ५ गते १ लाख ७३ हजार २ सय रुपैयाँ सावाँ पुर्याएका थिए । सोहि दिन चौधरीले स्थानीय ऋणी महिला तारा मण्डललाई साहुको रुपमा खडा गरी ममता देवीसंग साबाँको ४ गुना बढी ६ लाख ९२ हजार ८ सय रुपैयाँको कपाली तमसुक बनएर सहीछाप गराएका थिए । जुन ममता देवीले लिएको ऋणको झण्डै १० गुना बढीको तमसुक हो ।

तमसुकमा तल एकलाईनमा १ लाख ७३ हजार २ सय रुपैयाँको प्रतिबजार ३ हजार ५ सय ब्याज तिर्नुपर्ने उल्लेख छ । प्रतिबजार हजारले उक्त ऋणको महिनाको साढे २४ हजार रुपैयाँ ब्याज हुन्छ । यस हिसाबले सयकडा १७२ प्रतिशत ब्याज हुन जान्छ ।

ममतादेवी मण्डलसंग सुदखोर चौधरीले गराएको तमसुकको प्रतिलिपी ।

यता ऋणी ममताकी पति रामचन्द्र मण्डलले आफु मलेसियामै रोजगारीमा रहेको बेला पैसा पठाएर ७० हजारको ब्याजसहित गरी १ लाख ३० हजार ऋण चौधरीलाई चुक्ता गरेको बताए । तर तमसुक अझै चौधरीले फिर्ता नगरेको रामचन्द्रको दुखेसो छ ।

‘तमसुक बनाएको तीन हिना भित्रै मैले मलेसियाबाट पैसा पठाएर हरहिसाब गरी ऋण चुक्ता गरिदिएको छु । म विदेशबाट फर्केपछि थुप्रै पटक चौधरीसँग तमसुक मागे । तर दिन मानेका छैनन् । भन्छ ८० हजार मात्रै तिरेका छौं । ५० हजार अझै तिर्नुपर्छ’ रामचन्द्रले भने ‘मसंग तमसुकको फोटोकपी नभएकोले केहि भनेको छैन । तर पनि उनले राखेको तमसुकले मलाई कुनैबेला पनि उठीबास गराइदिन सक्छन् ।’

समयमै ऋण फिर्ता नतिर्नेलाई यातना र श्रीमीत उठाइदिने धम्की, चर परिवार विस्थापित

विजय चौधरीसँग ऋण लिएका एक व्यक्ति चरम यातनापछि गाउँबाटै विस्थापित भएको र उनले अकालमै ज्यान गुमाउनुपरेको घटना समेत सार्वजनिक भएको छ । पछिल्लो दुईवर्षमा सुदखोर चौधरीको ऋण तिर्न नसक्दा उनको यातना, धाकधम्की, कुटपिट तथा बर्बताले चारजना गाउँबाट नै विस्थापित भएका छन् ।

तीन वर्षअघि औरहीकै अन्दाजी ३८ वर्षीय मदन चौधरीले सुदखोर विजय चौधरीसँग घरखर्चका लागि लिएको ऋण समयमा नतिर्दा उनलाई दुईपटक शौचालयमा थुनेर यातना दिएको गाउँलेहरु बताउँछन् ।

चौधरीको चरम यातनाले विस्थापित भएर अकालमै ज्यान गुमाएका भएका मदन चौधरीको घर

चौधरीको यातनापछि परिवारसहित गाउँबाट झण्डै २ वर्षअिघ विस्थापित भएका मदन कुटपिटले भएको स्वास्थ्य समस्याको कारण केहि समयपछि दम तोडे । गाउँलेका अनुसा उनलाई घरमा समेत कतिटक पसेर धाकधम्की तथा कुटपिट सुदखोर चौधरीले गरेका थिए ।

लिएको ऋण समयमा तिर्न नसक्दा मिटरब्याजी चौधरीको यताना र धम्कीले स्थानीय नथुनी साहले पनि एकवर्ष अघि गाउँछाडेका थिए । समयमा ऋण तिर नत्र श्रीमतीलाई उठाएर लग्छु भन्ने धम्की दिएपछि नथुनी साह गाउँबाट विस्थापित भएको स्थानीय बासुदेवमण्डलले बताए ।

‘नथुनीले ऋण तिर्न नसकेपछि चौधरीले उनकी श्रीमतीलाई नै उठाएर लग्ने धम्की दिए। त्यसपछि उनी भागे,’ बासुदेवले भने ।

समयमै ऋण फिर्ता नगरे श्रीमती उठाएर लैजाने सुदखोर चौधरीले धम्की दिएपछि विस्थापित भएका नथुनी साहको घर

चौधरीसंग लिएको ऋण तिर्न नसक्दा उनको तानावाना सहन नसकी गएको ६ महिना अघि सोही गाउँकै लक्ष्मण झा र राजु राउत विस्थापित भएको रामचन्द्र मण्डल बाउँछन् ।
मिटरब्याजी चौधरीले गरिबको बाध्यताअनुसार कसैलाई १ लाखको बजारको १ हजारदेखि बजारको ५ हजारसम्म ब्याज असुल गर्ने गरेको रामचन्द्रको भनाइ छ ।

चौधरीले यस बस्तीका दर्जनौँ गरिबलाई घरखर्च, विवाह, ब्रतबन्धको बेला चर्को ब्याजदरमा ऋण दिएका छन् । सो बस्तीमा ६५ घरपरिवार दलित र विपन्न छन् ।

सरकार र प्रशासनले समयमै पीडितलाई बचाउन र दोषी विजयमाथि कारबाही गर्न नसके वस्तीका गरिबहरु विस्थापित हुने स्थानीहरु बाउँछन् । यता सुदखोर चौधरीले आफू नियमसंगत हिसाबले मात्र ऋण लगानी गरेको दाबी गर्दै फोन काटे । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीमा मिटरब्याजीको आतंक : ‘बजारको हजार’ सिस्टममा ऋण दिएर गरिबलाई लुट्दै
  • २०७७ भाद्र २६, शुक्रबार १७:०४
  • In "मधेश प्रदेश"
  • सर्लाही प्रशासनबाट झनै पीडित भएको मिटरब्याज पीडितको गुनासो
  • २०७७ भाद्र २६, शुक्रबार १७:०४
  • In "BannerNews"
  • जेठ २९ गतेदेखि बैंक पीडितद्वारा देश ब्यापी आन्दोलनको घोषणा
  • २०७७ भाद्र २६, शुक्रबार १७:०४
  • In "मुख्य समाचार"

Netramani Singh

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन सुझावदिन संसदीय समिति गठन

इजरायल र बहराइनबीच शान्ति सम्झौता

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version