अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी रोक्न उत्तरी छिमेकी चीनले हरसम्भव प्रयास गरे पनि असम्भव रहे । त्यसपछि चीन रुष्ट हुन सक्ने र अनेकन प्रभावहरु देखिन सकिने आंकलन पनि गरियो ।
एमसीसी टेबल हुन नदिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपामाथि भरोसा गरे पनि उनीहरुले नै धोका दिएपछि चीनमा खैलाबैला भएको थियो । चीनले प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवमाथि भरोसा गरेको थियो । त्योभन्दा बढी भरोसा सभामुख अग्निप्रसाद सापकोटालाई गरेको थियो ।
किनभने उनले टेबल गर्न नमाने वा कार्यसूचीमा नराखे एमसीसी संसदमा पेश नै हुदैन भनि ढुक्क थिए । यसअघिका सभामुख कृष्णबहादुर महराले कडा अडान लिएर एमसीसी टेबल हुन नदिएर चीनप्रति वफादारी देखाएका थिए । महराले आफ्नै अध्यक्ष प्रचण्डलाई पनि टेरेका थिएनन् ।
तर अहिलेका सभामुख सापकोटाले प्रचण्डसँगै धोका दिएर टेबल हुन दिएपछि बेइजिङ चिन्तित बनेको चीननिकट कुटनीतिज्ञले बताएका थिए ।
यी सबै क्रियाकलापमा चीनीया सुन्दरी राजदूत होउ यान्छीको भूमिका उल्लेखनीय रहेको मानिन्छ तर अन्त्यमा कुनै युक्ति काम लागेन र एमसीसी पारित पनि भयो ।
कुटनितीक रुपमा हरेक दाउ अपनाउन सक्ने क्षमताका चिनियाँ राजदूत होउ यान्छी कम्युनिस्ट नेताहरु घरघरमा दौडिरहने गर्छिन ।
नेपाल लाई आफ्नो हस्तक्षेपमा पार्न चिनियाँ सरकारको प्रतिनिधिको रुपमा राजदूत यान्छीले कुनै कसर राखेको छैन । सांस्कृतिक कार्यक्रमहरु आयोजन गर्नु, नेपाली गीत संगीतमा स्टेज पर्फमेन्स दिनु र निरन्तर कम्युनिस्ट नेताहरुको सम्पर्कमा रहि चीनलाई यहाँका हरेक खबर अपडेट गराउनमा स्वयं दिनरात लागिरहने छवि उनले बनाएका हुन ।
एमसीसीको बिरोधमा पनि चीनको सक्रियता अत्यधिक देखियो । कतिसम्म भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाको धम्कीपूर्ण कुटनीतिको प्रतिवाद गर्नेसम्मको थ्रेट दिए । करोडौं खर्च गरेर एमसीसीविरुद्ध भ्रम फैलाउन कम्युनिस्ट नेता कार्यकर्ता र अभियन्ताहरु उचाल्यो । तर यी सबै लगानी खेर गएपछि बेइजिङमा खैलाबैला भएको हो ।
नेपालको पछिल्लो अवस्थाबाट क्रुद्ध बनेको बेइजिङले आफ्नी सुन्दरी राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको सुनियो । नेपालमा कुटनीतिक रुपमा असफल भएको भन्दै चीनले राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको भनि समाचारहरु पनि आए ।
तर त्यसको उलट राजदूत यान्छी फेरी पनि सक्रिय देखिएकी छिन । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग राजदूत यान्छीले भेटवार्ता गरेको खबर प्रकाशमा आएपछि उनके सक्रियता फेरी बढेको जानकारी भयो।
सोमबार भक्तपुरको बालकोटस्थित निवासमा राजदूत यान्छीले ओलीसँग भेट गरेकी हुन् । भेटमा के कुरा भएको थियो केही भनिएको छैन ।ओली र यान्छीबीच करीव दुई घण्टा लामो वार्ता भएको थियो ।
चैत १२ गते चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यीको सरकारी टोली सहित चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू काठमाडौं आउँदैछन् ।
चिनियाँ भ्रमण टोलीको तयारीका विषयमा ओलीसँग यान्छीले भेटवार्ता गरेको हुन सक्ने बुझिएको छ । आगामी स्थानीय तहको चुनाव र त्यसपछिको संसदीय चुनावमा अब कम्युनिस्ट पार्टीहरुको कार्यदिशा कस्तो रहने भन्ने बिषयमा राजदूत यान्छीको बिशेष चासो रहेको देखिन्छ ।
यसअघि चिनियाँ राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरिसकेकी छिन् । चीनको अस्वभाविक चासोका कारण नेपालको राजनीति वेलाबखत अप्ठेरोमा पर्ने गरेको सबैलाई थाहा छ । एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि चीनले नेपालमा चासो राख्दै आएको छ । एमसीसी लागू हुने भएपछि लगतै चीनको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । यसबारे पनि राजनीतिक वृत र मीडियामा विभिन्न चर्चा चल्न थालेको छ ।
