• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी


‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी

मुम्बई । विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । सन् १९९० मा कश्मिरी पण्डितविरुद्ध चलाइएको सफायाको कथा पेश गर्ने फिल्मले तीन दिनमै २७.१५ करोड भारु नेट कमाइ गरेको छ ।

पहिलो दिन शुक्रबार ३.५५ करोड, शनिबार ८.५० करोड र आइतबार १५.१० करोड भारु यो फिल्मले कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्कृष्ट समीक्षा र वर्ड अफ माउथका कारण फिल्मले कमाइमा पिकअप लिएको छ ।

कोरोना महामारीको समयमा ‘कश्मीर फाइल्स’को यो कमाइ चमत्कारपूर्ण भएको कोइमोइ डटकमले उल्लेख गरेको छ । कतिपय समीक्षकले यो फिल्मलाई डार्क हर्सको रुपमा ब्याख्या गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गर्दै भाजपा प्रशासित राज्यमा करलाई निःशुल्क तुल्याउन पहल गर्ने बताएका छन् । अदालतको आदेशका बाबजुद जम्मा ७०० पर्दामा मात्र रिलिज भएको यो फिल्मले क्रमशः पर्दा संख्यामा समेत वृद्धि गरेको छ ।

निर्देशक विवेक अग्निहोत्रीले २४ जना कश्मिरी पण्डितको ज्यान जाने गरी सन् २००३ मा भएको नरसंहारलाई फिल्ममा चित्रण गरिएको बताएका छन् ।

फिल्मले बहुसंख्यक हिन्दू दर्शकको भावनात्मक समर्थन समेत पाएको जनाइएको छ । सत्तारुढ भाजपा निकट नेताहरुले समेत फिल्मको प्रशंसा गरेका छन् । बीजेपीले सुरुदेखि नै कश्मिरी पण्डितहरुको पक्षमा आवाज उठाउँदै आएको थियो ।

यसैबीच, भारतको गुजरात राज्यमा ‘द कश्मीर फाइल्स’लाई पूर्णरुपमा कर छुटको घोषणा गरिएको छ । गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहराज्य हो ।

भारतमा फिल्मले चर्चा बटुलेपछि नेपालमा पनि यो फिल्म रिलिजको तयारी सुरु भएको छ । वितरक मनोज राठीले भारतमा गरेको कमाइ र समीक्षाको ट्रेण्डलाई हेरेर नेपालमा फिल्म रिलिज गर्न गृहकार्य सुरु भएको बताए । ‘सम्भवतः शुक्रबार नेपालमा रिलिज हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
  • २०७८ फाल्गुन ३०, सोमबार १५:४६
  • In "मनोरन्जन"
  • नायक बिनाको फिल्म, नायिकाको बलमा कथा सुपरहिट
  • २०७८ फाल्गुन ३०, सोमबार १५:४६
  • In "मनोरन्जन"
  • रामसेतु हिट हुने लिस्टमा
  • २०७८ फाल्गुन ३०, सोमबार १५:४६
  • In "मनोरन्जन"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

Next Post

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बन्चरो प्रहार गरि श्रीमानको हत्या, श्रीमती पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version