• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोला : दाहाल


एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोला : दाहाल

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी जेठ २० गते बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल गर्ने र त्यसमा एमसीसी फेल भए आफूले राजीनामा दिने बताएका छन् ।

प्रदेश १ मा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने जाने क्रममा आइतबार अध्यक्ष दाहालले भने, ‘स्थानीय चुनावपछि एमसीसी सम्झौताबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला ।’ उनले माओवादी केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिने बताएका हुन् ।

प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादीले एमसीसी सम्झौताबारे छलफल गर्ने भएको छ । एमसीसी सम्झौता पारित गरेकोप्रति माओवादीभित्र विवाद रहेको छ । एमसीसी सम्झौतालाई लिएर कतिपय नेता र कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् । तर, एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गर्ने माओवादी छोडेर जस्ताको तस्तै पारित गर्ने एमालेमा प्रवेश गर्न लागेकोप्रति दाहालले असन्तुष्टि व्यक्त गरेका छन् ।

संसद्मा एमालेको अवरोधलाई लिएर पनि दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘विघटनकारी विचार र विघनकारी शक्तिहरू अहिले पनि संसद् विघटनको पक्षमा छन् । बिना कुनै प्रमाण, तथ्य, तर्क सदन अवरोध भएको छ । जसले पटक-पटक सदन अवरुद्ध गर्ने दुस्साहस गरेर अहिले पनि विघटन गर्न खोजिरहेका छन् ।’

पार्टी विभाजन भएको विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले संसद्बाट केही निकास नआउने दाहालको भनाइ थियो । उनले भने, ‘अर्को पार्टी बन्यो, सभामुखले अर्को पार्टी बनाउन भूमिका खेल्नुभयो भन्ने कुरा छ । अहिले मुद्दा अदालतमा छ । अदालतले फैसला नगरी अरू केही हुने अवस्थता छैन । सभामुखले १५ दखिनभित्र दिनुपर्थ्यो १३ औँ दिनमा राय दिनुभयो,’ उनले भने ।

आउने निर्वाचनमा प्रतिनिधिसभा विघटन र त्यसको विरोधमा रहेकाबीचमा प्रतिस्पर्धा हुने दाहालको भनाइ थियो । ‘परिवर्तन विरोधीको रूपमा रहेको एमाले र केपी ओली पक्ष अहिले सदन अवरोध गरिरहेको छ । आउने निर्वाचन विघटनकारी शक्ति र परिवर्तनकारी शक्ति बीचमा प्रतिस्पर्धा हुनेछ,’ उनले भने । सदन खुलाउनेबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । सत्तारुढ गठबन्धनको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेलाई अलोकतान्त्रिक, असंवैधानिक अवरोध अन्त्य गर्न आग्रह गर्ने कुरा भएको उनले बताए । आफ्ना कुरा संसद् खोलेर सदनमा नै भन्न आग्रह गर्ने निर्णयमा सत्तारुढ गठबन्धन पुगेको उनको भनाइ थियो ।

निर्वाचनमा सत्ता गठबन्धन एक भएर जानेबारे कांग्रेसका नेताहरूले फरक अभिव्यक्ति दिएकोप्रति सोधिएको प्रश्नमा दाहालले नेतृत्व त्यसमा प्रष्ट रहेको बताए । कांग्रेस नेतृत्व गठबन्धन गर्नेमा प्रष्ट रहेको र फरक मत भएका कांग्रेस नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने उनको सुझाव थियो । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसी पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्छौँ : प्रधानमन्त्री देउवा
  • २०७८ फाल्गुन ३०, सोमबार १५:२१
  • In "BannerNews"
  • एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढदा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय
  • २०७८ फाल्गुन ३०, सोमबार १५:२१
  • In "देश"
  • एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन
  • २०७८ फाल्गुन ३०, सोमबार १५:२१
  • In "मध्य पूर्व"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

बेईजिङमा कोभिड संक्रमण बढेपछि पुनः लकडाउन

रुस र युक्रेनबीच आज पुन: वार्ता हुँदै

‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version