• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार


अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुरुभएको बैठक सकिएको छ । बैठकले शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकको प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे तीन घण्टा छलफल भयो । विहान ११ः३० बजेबाट शुरुभएको दुई अध्यक्षबीचको छलफल २ः४५ मा सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमा थप्नुपर्ने विषय समेटेर दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गर्नुभएको बुझिएको छ । भदौ १८ गते बसेको पार्टी सचिवालय बैठकमा वरिष्ठ नेताहरुले कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाउनुभएको थियो । कार्यदलको प्रतिवेदन २६ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत भएपछि त्यसमा थप सुझावसहित प्रतिवेदन पारित गर्ने तयारी अध्यक्षद्वयको छ ।

यसअघि साउन १३ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको थियो । त्यसपछि बैठक बसेको थिएन । स्थगित बैठक शुक्रबार बस्ने तय भएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षले लामो गृहकार्य गरेर बैठकको प्रस्ताव तयार गर्नुभएको छ । सो प्रस्ताव शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । सोहीअनुसार प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीच लामो समय भएको छलफलले बैठकको प्रस्ताव तयारीमा केन्द्रित रहेको थियो ।

यसअघि गत सोमबार पनि दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टीमा देखिएको आन्तरिक विवाद सल्टाउनेगरी नेकपा अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने
  • २०७७ भाद्र २४, बुधबार १९:१५
  • In "समाचार"
  • नेकपाका दुई अध्यक्षबीच छलफल, २६ गते स्थायी कमिटी बैठक
  • २०७७ भाद्र २४, बुधबार १९:१५
  • In "समाचार"
  • नेकपाका दुई अध्यक्षबीच छलफल, सचिवालय बैठक मंगलबार बस्ने
  • २०७७ भाद्र २४, बुधबार १९:१५
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पठाओ र टुटलले पनि थाले सेवा

पाङगोङ सोको ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

कोरोनाको कहर र जितियाको मर्म

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version