राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वडा सदस्य नेपाली काँग्रेसमा प्रवेश गरेको छ ।
तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित विष्णुपुर गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य रीता देवी सदा पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरी छिन् ।
उनलाई पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादवले स्वागत गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मो. समिम, क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति भुपेन्द्र्र नारायण यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष लीलाम्वर यादव लगायतका नेता कार्यक्रर्ताहरुको उपस्थित रहेको थियो ।