राजविराज । मधेस प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले किसानका मलखाद, सिँचाइ लगायतको समस्याबारे मधेश सरकार गम्भीर रुपमा लिएको बताएका छन् ।
बिहीबार सप्तरी उद्योग बाणिज्य संघको पदस्थापना तथा सपथग्रहण स्मारोहमा राजविराजमा आयायेजित कार्यक्रममा अर्थ मन्त्री साहले भने रासायनिक मलको अभाव पूर्ति गर्न आगामी दिनमा प्रदेश सरकारले अर्गानिक मलमा किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा दिने उनले बताए ।
किसानले उत्पादन गरेको खाद्यान सागग्री बजारको उचित मुल्य नपाएर पनि किसान निरास भएको भन्दै अगामि दिनमा किसानको समस्यालाई मधेस सरकाले गम्भीर रुपमा लिएर अगाडी बढने उनले प्रतिद्धता समेत व्यक्त गरे ।
