• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं


कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं

देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै  ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन  ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

एकाबिहानै नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको खबरले पुसे पन्ध्र खल्लो भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको अपडेट छ ।

बढ्दै गएको चिसो र झरीले गर्दा आवश्यक सावधानी नपनाइकन कोठाभित्र आगो ताप्दा यस्ता घटनाहरु बारम्बार दोहोरिरहन्छन् । हामी आफैं वा आफन्त पनि यो घटनाको भागिदार हुनसक्ने सम्भावना रहन्छ, त्यसैले सावधानी आवश्यक छ ।

डा. अच्युतशाली घिमिरे

झरी परेपछि चिसो छेक्नका लागि पुस १४ गतेको साँझदेखि सात जनाले एउटै कोठामा कोइला बालेर तापेको र राति निभाएर सुतेको भन्ने कुरा बाहिर आएको छ । तर पनि ढोका थुनेर सुत्दा अक्सिन अभावमा त्यो  सबै घटना भएको अनुमान लगाउन सकिन्छ । मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखिन्छ । र, यसरी ढोका थुनेर सुत्दा कार्बनमोनोअक्साइड पोइजनिङले गर्दा गम्भीर असर  पुर्‍याएको देखिन्छ ।

के हो कार्बनमोनोअक्साइड पोइजनिङ ? किन हुन्छ कोठाभित्र आगो बाल्दा मृत्यु ?

कार्बनमोनोअक्साइड रंगविहीन र गन्धविहीन हानिकारक ग्यास हो । यो प्राय: हिटर बाल्दा, आगो बाल्दा, जेनेरेटर चलाउँदा, ग्रिल्स चारकोल चलाउँदा उब्जिने गर्छ । जब भेन्टिलेसन राम्रो नभएको ठाउँमा कार्बनमोनोअक्साइड उब्जिन्छ त्यो त्यही कन्सन्ट्रेटेड भएर जम्मा हुन्छ । अनि जब अक्सिजनको सट्टामा सास फेर्दा कार्बनमोनोअक्साइड लिन्छौं, कार्बनमोनोअक्साइड सिधै रगतमा जान्छ (अक्सिजनको भन्दा कार्बनमोनोअक्साइडको हेमोग्लोबिनसँग बाइन्ड गर्ने क्षमता बढी हुन्छ) र बेहोस हुँदै मृत्यु समेत हुन सक्छ।

जाडोयाममा प्रायःजसो कोठा न्यानो बनाउन झ्याल ढोका बन्द गर्ने गर्छौं र मकलमा आगो बाल्छौं । जसले त्यसबाट निस्कने कार्बनमोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ । जब अक्सिजन भन्दा बढी कार्बनमोनोअक्साइडको मात्रा बढ्छ, यसलाई नै कार्बनमोनोअक्साइड पोइजनिङ भनिन्छ ।

टाउको दुख्ने, कमजोरी हुने, वाकवाकी, बान्ता हुने, सास फेर्न गाह्रो हुने, निर्णय लिन नसक्ने जस्ता लक्षणहरु कार्बनमोनोअक्साइड पोइजनिङमा देखिन्छन् ।

जाडो महिनामा आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु

-कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गरौं ।

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने गरौं ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।

-जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, हेल्चेक्र्याइँ नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।

-बेहोस हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगौं ।

-कोठामा धेरैबेर आगो तापेर बस्नहुँदैन । आगो ताप्ने कार्य छिटो सकेर निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-आफ्ना हरेक गतिविधिमा सहकर्मी, परिवारजन वा छिमेकीलाई पूर्व सूचना दिने गरौं । किनकि बेहोस भएको अवस्थामा समेत छिटो भन्दा छिटो उद्धार भएमा बाँच्न र बचाउन सकिन्छ।

-बेहोस भएको बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्‍याएर अक्सिजन मास्क मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ । सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भएपनि अक्सिजन दिनुपर्छ ।

-चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुन सक्ने अनेक समस्या जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने
  • २०७८ पुष २२, बिहीबार २२:२८
  • In "BannerNews"
  • पाकिस्तानमा गम्भीर आर्थिक संकटः ग्यास सिलिन्डरको १० हजार
  • २०७८ पुष २२, बिहीबार २२:२८
  • In "अन्तराष्ट्रिय"
  • दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि
  • २०७८ पुष २२, बिहीबार २२:२८
  • In "कर्णाली प्रदेश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

जसपा नेता प्रकाश अधिकारी एकीकृत समाजवादी प्रवेश गर्दै

पाकिस्तान दूतावासको कार्यक्रममा मान्छेनै गएन

ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version