• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको पुनेमा भईरहेको संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागीता


भारतको पुनेमा भईरहेको संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागीता

रौतहट,। भारत महाराष्ट्र राज्यको पुनेमा बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) संयुक्त सैनिक अभ्यासमा नेपालले सहभागीता जनाएको छ ।
पुनेमा सोनवार देखि सुरु भएको तिन दिवसिय उक्त सैन्य अभ्यासमा नेपालबाट सहभागीता जनाउनु अर्थपूर्ण रुपमा लिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त अभ्यासमा नेपालबाट सैनिक पर्यवेक्षकको हैसियतमा एक जना महासेनानीले प्रतिनिधित्व गरिरहेका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका सैनिक सहचारी रामचन्द्र खत्री कार्यक्रममा सहभागी हुन पुनेमा गएको बताए ।
प्रवक्ता पौडेलले उक्त अभ्यास विपद् व्यवस्थापन प्रतिकार्यमा रहेको र त्यहाँ अनुभव साटासाट गर्ने वा आदान–प्रदान हुने बताए । उक्त अभ्यासमा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएको छ । संयुक्त सैनिक अभ्यासमा महामारीको पृष्ठभूमिमा प्राकृतिक प्रकोप सँग जुध्न संयुक्त प्रतिक्रिया संयन्त्र विकास गर्ने उद्देश्यले बिमस्टेक मुलुकहरुको बहुराष्ट्रिय मानवीय सहायता र विपद् राहत अभ्यास भएको सेनाले जनाएको छ ।
सन् २०१८ को सेप्टेम्बरमा पुनेमा भएको पहिलो संयुक्त सैनिक अभ्यासमा ३० जना नेपालीले सहभागिता जनाउने भनेकोमा विरोध भएपछि काठमाडौंबाट दुई मेजर र दिल्ली स्थित नेपाली सहचारी गरी ३ जना पर्यवेक्षकका रुपमा मात्र गएका थिए । त्यस बेला ६ दिनको संयुक्त अभ्यास आयोजना गरिएको थियो । उक्त अभ्यास सेप्टेम्बर १० देखि १५ सम्म चलेको थियो ।
नेपालका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त अभ्यासको समापन कार्यक्रममा जाने तय भएको थियो । तर अभ्यासका बारेमा नेपालमा विरोध हुन थालेपछि तत्कालिन केपी शर्मा ओली सरकारले उक्त अभ्यासमा नेपालको तर्फबाट सहभागिता नजनाउने निर्णय गरेका थिए । ओलीले तत्कालिन नेकपा भित्रैबाट उक्त अभ्यासमा सहभागिता जनाउने सम्बन्धमा विरोध भएपछि नेपाली सेनालाई जानबाट रोक्ने निर्णय गरेको थियो । नेपालले सुरुआतमा सहभागिता जनाउने वचन दिए पनि अभ्यासका लागि नजाने भएपछि भारत रिसाएको थियो । उक्त अभ्यासमा भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका सुरक्षाकर्मीले सहभागिता जनाएका थिए ।
अहिले विपद् व्यवस्थापनको क्षेत्रमा मात्र अनुभवहरु साटासाट गर्नको लागि नेपाली सेनाका अधिकारी पर्यवेक्षकको रुपमा पुने गएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे । उनले पहिलो सैनिक अभ्यासका दौरान नेपालबाट पहिलो सहभागिता जनाउने भनिए पनि पछि सहभागिता नजनाएको प्रष्ट पारे । ‘नेपालमा हामीले अन्य सैनिकहरु सँग जसरी संयुक्त सैनिक अभ्यास गर्दा विपद् व्यवस्थापनका सम्बन्धमा अभ्यास गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ
  • २०७८ पुष ७, बुधबार १५:२४
  • In "BannerNews"
  • नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्‍न
  • २०७८ पुष ७, बुधबार १५:२४
  • In "देश"
  • चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै
  • २०७८ पुष ७, बुधबार १५:२४
  • In "BannerNews"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चिनको एकतंत्र शासनमोहले विश्वबजार प्रभावित !

आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प

चिनियाँ कम्पनी सङ नेपाल सरकार सचेत हुनु पर्छ – सुरेश कुमार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version