• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धार्मिक अतिवादीहरूको भिडले श्रीलंकाका एक प्रबन्धकलाई निर्ममतापूर्वक कुटपिट र जिउँदै जलाए के ईश्वर निन्दा ?


धार्मिक अतिवादीहरूको भिडले श्रीलंकाका एक प्रबन्धकलाई निर्ममतापूर्वक कुटपिट र जिउँदै जलाए के ईश्वर निन्दा ?

फौजदारी न्यायको आधुनिक धारणा र इस्लाम धर्म दुवै कोणबाट पाकिस्तानको ईशनिन्दासम्बन्धी कानुनको वैधतामा प्रश्न उठाउने प्रशस्त ठाउँ छन्


२२ गते मङ्सिर २०७८ । हालै पाकिस्तानको सियालकोटमा धार्मिक अतिवादीहरूको भिडले श्रीलंकाका एक प्रबन्धकलाई निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाएर हत्या गरेका थिए । प्रधानमन्त्री इमरान खानले तुरुन्तै घटनालाई ‘भयानक र कानुन हातमा लिनेहरूको आक्रमण’ र ‘पाकिस्तानका लागि लज्जास्पद दिन’जस्ता शब्दावली प्रयोग गरेर दुःख व्यक्त गरेका छन् । घटनाको केही घन्टाभित्रै सयजनाभन्दा बढी पक्राउ परेका छन् । तर, यदि इमरान खान साँच्चै अर्थपूर्ण सुधार चाहन्छन् भने उनले देशको विवादास्पद ‘ईशनिन्दा कानुन’मा निष्पक्ष बहस सुरु गर्ने साहस जुटाउनुपर्छ । फौजदारी न्यायको आधुनिक धारणा र इस्लाम धर्म दुवै कोणबाट पाकिस्तानको ईशनिन्दासम्बन्धी कानुनको वैधतामा प्रश्न उठाउने प्रशस्त ठाउँ छन् ।

ईशनिन्दा कानुन पाकिस्तानको विधायिकाको सिर्जना होइन । पाकिस्तान दण्डसंहिताको धारा २९५ र २९५–ए ब्रिटिस शासनकै बिरासत हो । सन् १९८० देखि १९८६ सम्म पाकिस्तानको दण्डसंहितामा ईशनिन्दा वा मुसलमानको भावनाको अपमान गर्नेलाई सजायको प्रावधान समावेश गर्ने गरी संशोधन गरिएको थियो । धारा २९५–बी ले पवित्र कुरानको प्रतिलिपिलाई जानाजानी अपवित्र तुल्याउने वा हानि पुर्‍याउनेलाई आजीवन कारावास सजायको व्यवस्था गरेको छ । सबैभन्दा प्रतिगामी धारा २९५–सी हो जुन सन् १९८६ समावेश गरिएको थियो । सो धाराअनुसार ‘जो कसैले पनि शब्द वा दृश्य प्रस्तुतीकरणद्वारा वा आरोप–निन्दा वा आवेगद्वारा पैगम्बर मुहम्मदको पवित्र नामलाई प्रत्यक्ष वा परोक्ष रूपमा अपवित्र बनाउँछ उसलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ र जरिवाना पनि असुल गरिनेछ’ । सन् १९९० मा संघीय सरियत अदालत (इस्लामिक अदालत)ले यस धारामा वर्णन गरिएको अपराधका लागि इस्लाममा तोकिएअनुसार मृत्युदण्ड दिइने फैसला गर्‍यो, तर कुरानले ईशनिन्दालाई मृत्युदण्ड दिइनुपर्ने अपराधका रूपमा कहीँ पनि उल्लेख गरेको छैन । नतिजा धारा २९५–सीबाट ‘वा आजीवन कारावास’ शब्दलाई हटाइयो ।

इस्लामले ईशनिन्दाबारे के भन्छ त ? कुरानले हामीलाई प्राचीनकालदेखि परमेश्वरले प्रत्येक समुदायमा क्रमिक रूपमा ईश्वरदूत अर्थात् पैगम्बरहरू पठाउनुभएको छ भन्ने जानकारी दिन्छ । कुरानमा दुई सयभन्दा बढी सूक्ति छन्, जसले सबै पैगम्बरहरूले आफ्नो समयमा बारम्बार ईशनिन्दा झेलेको प्रसंग उल्लेख गरेको छ । पैगम्बरहरूलाई युगौँदेखि समकालीनहरूद्वारा उपहास र दुव्र्यवहार गरिएको छ (कु.३६ः३०), कुरानमा उद्धृत उपसंहारहरूमा ‘झुटा’ (कु.४०ः२४), ‘उन्मत्त’ (कु.१५.६), ‘षड्यन्त्रकारी’ (कु. ७ः६६) समावेश छन् । यस्तो दुव्र्यवहारका बाबजुद कुरानले कतै पनि कोर्रा, मृत्युदण्ड वा अन्य कुनै किसिमको शारीरिक सजायको व्यवस्था गरेको छैन ।

आधुनिक मानवअधिकार कानुनसँग मेल खाने धार्मिक स्वतन्त्रताको सामान्य सिद्धान्त कु.२ः२५६मा उल्लेख गरिएको छ अर्थात् ‘धर्ममा कुनै बाध्यता छैन’ । तसर्थ, कुरानअनुसार मानिसले अर्को मानिसको विश्वासमाथि नियन्त्रण गर्न पाउँदैन । कुरानले स्पष्ट रूपमा परमेश्वरले पैगम्बरलाई मात्र मानिसलाई परमेश्वरको उपदेश फैलाउन पठाउनुभएको थियो भन्छ । इस्लामका पैगम्बरले मानिसमाथि कुनै किसिमको जबर्जस्ती गर्न वा विवश पार्न वा मानिसले अपनाउने विश्वासका लागि दण्ड दिनुहुँदैन । कु.८८ः२२–२४ मा स्पष्ट रूपमा भनिएको छ ‘तपाईं (मानिसका मामिला) व्यवस्थापन गर्ने व्यक्ति होइन र यदि कुनै व्यक्तिले अल्लाहलाई उपेक्षा गरे र अल्लाहलाई अस्वीकार गरे अल्लाहले नै उसलाई कठोर दण्ड दिनुहुनेछ ।’

तसर्थ, पैगम्बरलाई इस्लाममा विश्वास गर्न कसैलाई बाध्य पार्न निषेध गरिएको छ । कुरानले मुसलमानलाई विश्वासका कारण गैरमुस्लिममाथि आक्रमण गर्न प्रोत्साहित गर्दैन । आक्रामकतालाई युद्ध, शारीरिक आक्रमण, उत्पीडन र आत्मरक्षाको अवस्थामा मात्र अनुमति छ । पाकिस्तानका पूर्वप्रधानन्यायाधीशले पनि ईशनिन्दामा मृत्युदण्ड दिन नहुने धारणा राखेका थिए । कुरानको सूक्ति १६ः१०६ मा धर्मत्यागका लागि पनि एल–अवा, अल–कुर्तुबी, अल–तहबीजस्ता धेरै विद्वान्ले सजाय उत्तरार्धमा (मृत्युपश्चात्) हुनेछ भनेर विश्वास गर्छन्, यद्यपि प्रारम्भिक इस्लाममा धर्मत्याग उच्च राजद्रोहको जस्तै अपराध मानिन्थ्यो । त्यसैगरी, ईशनिन्दाका लागि मृत्युदण्ड अनिवार्य बनाउने–नबनाउने प्रश्नमा कानुनविद्बीच एकमत छैन ।

सन् २०१४ मा पाकिस्तानी अंग्रेजी दैनिक द नेसनले आफ्ना पाठकमाझ गरेको एक सर्वेक्षणमा ६८ प्रतिशतले ईशनिन्दा कानुन खारेज गर्नुपर्छ भन्ने मत राखेका थिए । ५५ मुस्लिम मुलुकमध्ये पाँचमा मात्रै ईशनिन्दामा मृत्युदण्डको सजाय छ । यी तथ्यलाई केलाउँदा तत्काल कानुन संशोधन अपरिहार्य छ । द इन्डियन एक्सप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा श्रीलंकाली नागरिकको आगो लगाई हत्या गरेको पीडित पत्नीले आफ्नो पति निर्दोष भएको भन्दै पाकिस्तान र श्रीलंका दुवै सरकारसङ न्यायको माङ
  • २०७८ मंसिर २३, बिहीबार १३:५१
  • In "अन्तराष्ट्रिय"
  • समाज सुधारमा धर्मगुरु बिशेश्वर साहको निःस्वार्थ साधना”
  • २०७८ मंसिर २३, बिहीबार १३:५१
  • In "BannerNews"
  • पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन
  • २०७८ मंसिर २३, बिहीबार १३:५१
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

चीनले मिसाइल ढुवानी गर्न कन्टेनर प्रयोग गर्दै , विश्वभरका बन्दरगाहहरूमा तस्करी गर्ने तयारी

चीनले भर्चुअल शिखर सम्मेलनमा पाकिस्तानको सहभागितामा आपत्ति जनाउने डरमा पाकिस्तान

बेइजिङमा हुने ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version