• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको यस्तो एक्सन प्लान, विद्धता देखेर सांसदहरु प्रफुल्लित


भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको यस्तो एक्सन प्लान, विद्धता देखेर सांसदहरु प्रफुल्लित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको नियुक्ति पक्का भएको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्न बाँकी छ ।

नियुक्त हुन बाँकी नै भए पनि शर्मा सोमबार सुनुवाइ समितिमा आफ्नो अनुभव, योग्यता, अमेरिकामा पाएको सफलता लगायत सम्पूर्ण कुरा प्रस्तुत गरेर सांसदहरुलाई प्रफुल्लित बनाए । अमेरिकाको इतिहास उत्कृष्ट नेपाली राजदूत कहलिएका शर्मा अब भारतको कमाण्ड सम्हाल्न जाँदैछन् ।

यसक्रममा उनले संसदीय सुनुवाइ समितिमा आफ्न योजनाहरु सुनाए । उनको योजना सुनेर विपक्षी सांसदहरु पनि सन्तुष्ट रहे । एमाले सांसद सुरेन्द्र पाण्डेले त शर्माको आवश्यकता बेलायतमा पनि देखे । उनले यति अनुभव र विद्धता, कुटनीतिक कौशलता, अर्थशास्त्रका विज्ञलाई भारतको साटो बेलायतमा पठाएको अझै राम्रो हुन्थ्यो भनेर समेत प्रशंसा गरे ।

शर्माको पालमा नेपाल भारत सम्बन्धले उचाइमा लिने उनले विश्वास व्यक्त गरे । कांग्रेस सांसद भीमसेन दास प्रधानले त मातृका कोइरालाको पालादेखि, नेहरुको पालादेखि ट्रयाक बाहिर गएको नेपाल भारत सम्बन्धलाई लिकमा ल्याउन शर्माको भूमिका महत्वपूर्ण हुने बताए ।

कांग्रसकै पुष्पा भुसालले विश्वासको वातावरण बनाउन शुभकामना दिइन् । ‘सम्बन्ध निर्माण नयाँ ढंगले हुनुपर्छ । धार्मिक पर्यटन, धार्मिक सम्बन्ध पनि महत्त्वपूर्ण छ । पर्यटनमा पनि फाइदा लिनुपर्छ । यसलाई नयाँ आयाम र सम्बन्धका रूपमा लैजानुपर्छ’ उनले भनिन् ।

भारतप्रति जनताको विश्वास अभिवृद्धि गराउने, भारतप्रति नेपालीको विश्वास बढाउने काम गर्न सुझाव दिइन् । एमालेका सुमन प्याकुरेल राष्ट्रिय स्वाभिमानलाई उठाएर, आँखामा आँखामा जुधाएर यथार्थ कुरा राख्न शुभकामना दिए । सांसदहरुलाई प्रभावित पारेका शर्माले नेपाल भारत सम्बन्धमा आर्थिक, समाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक औल्याए ।

विश्वास ठुलो कुरा भन्दै उनले सजिलै गर्न सकिने दुइटै देशलाई फाइदा हुनेगरी विश्वास बढाउँदै जाने बताए । रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्ने योजन सुनाए । भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्ने बताए । ‘पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो ।

भारतमा १३६ राजदूतावास छन् । यसमा कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो,’ उनले भने । नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने उनको योजना छ । सञ्जाल व्यवस्थापन सुदृढीकरण आवश्यक छ ।

भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ । नेपालको बिजुली किन्दिन्छौं, समृद्धिमा पनि सघाउँछौं भनेका छन् । यी कुरालाई अगाडि बढाउँछु । रणनीति तर्जुमा मात्र होइन कार्यान्वयन पनि प्राथमिकता छ । आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार छ । गैर भन्सारको कुरा छ ।

बन्दरगाहमा दिनुपर्ने सुविधा लिन सकिएको छैन । पहल गर्छु । रसायनिक मलको कुरा पनि छ । लगानीसम्बन्धि ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था छ । सफलताका कुराहरू पनि देखाउनुपर्नेछ । सजिलो हुन्छ । भारतमा आप्रवासी धेरै छन् । तिनलाई नेपाल ल्याएर रोजगारी दिने । धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धन । सीमा समस्या छ । ईपीजी छ । सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ । हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु ।

प्रदेशस्तरमा सम्बन्ध कायम गर्न पहल गर्छु । पहिला पर्यटकीय क्षेत्रमा लाने, हिन्दु र बुद्धिजम जोड्न सकिन्छ । ठाउँ देखाएर लगानीका लागि उत्प्रेरित गर्ने । यथार्थ कुरा प्रस्तुत गर्ने कुरामा विश्वास जगाउँछु । मेरो अनुभवले पनि मद्दत गर्छ । अनेस्टी, ट्रस्टले क्रेडिबिलिटी बढाउँछ । केही फरक कुरा गर्न कोसिस गर्छु । पुरानो अनुभवले पनि सफल हुन्छु भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • १८ देशका राजदूतको सुनवाई आजबाट
  • २०७८ मंसिर २२, बुधबार १५:०१
  • In "BannerNews"
  • भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट
  • २०७८ मंसिर २२, बुधबार १५:०१
  • In "BannerNews"
  • ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा राणा
  • २०७८ मंसिर २२, बुधबार १५:०१
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

नेप्से परिसूचक २४५५ अंकमा झर्‍यो

भक्तपुरमा आजदेखि दिन थालियो विद्युतीय राहदानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version