• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे


लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका र भारत उत्तर प्रदेश स्थित प्रसिद्ध तिर्थस्थल अयोध्या नगर निगम बीच भगिनी सम्बन्ध स्थापित गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने कुरामा आपसी सहमति भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको नेतृत्वमा अयोध्या पुगेको टोली र अयोध्या नगर निगमका जनप्रतिनिधिहरुबीच मंसीर १७ गते सो सहमति भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख चौधरीले अनलाइनजनतासित बताए । उनले अगाडि भने, अयोध्याधाम र लुम्बिनीबीच भगिनी सम्बन्ध स्थापित गर्ने योजना मुताबिक हामी अगाडि बढेका छौं । गौतम बुद्ध जन्मेको स्थल लुम्बिनी र भगवान श्रीरामचन्द्र जन्मेको स्थल अयोध्याबीच भगिनी सम्बन्ध कायम गरि यस दुबै स्थललाइ सिस्टर सिटि ९ क्ष्कतभच अष्तथ ० को रूपमा विकास गर्न चाहेका छौं भने ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न।१ मा निर्माण हुन लागेको श्रीरामजानकी हनुमान मंदिरको मंसीर २२ गते हुने शिलान्यास कार्यक्रममा सहभागिताको लागि आमन्त्रण गर्न सो टोली भारतको अयोध्याधाम पुगेको थियो ।
अयोध्या पुगेको सो टोली मन्दिर शिलान्यासका लागि राम जन्मभूमि अयोध्याको पवित्र माटो र सिताराम नामक ईटा हस्तान्तरण प्राप्त गरेको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभुमिको पवित्र माटो र सिताराम इटा हस्तान्तरण गर्नुभएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न।१ मा रू। ५ करोडको लागतमा निर्माण हुन लागेको श्रीरामजानकी हनुमान मंदिरको मंसीर २२ गते हुने शिलान्यास कार्यक्रममा अयोध्या नगरनिगममा प्रमुख ऋषिकेश उपाध्याय, हनुमानगढ़ी मन्दिरका महंत, उत्तर प्रदेश सरकारका बिधायक डा। अनुपम पाण्डे लगायतका व्यक्तित्वहरू सहभागी हुने बताइएको छ । लुम्बिनी भ्रमणको क्रममा दुबै नगरको विकासमा सहयोग र अनुभव आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
सो शिलान्यास कार्यक्रममा नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, विश्व हिन्दु परिषदका नेपाल अध्यक्ष सन्तोष पटेल समेत सहभागि हुने कार्यक्रम छ । मन्दिर शिलान्यासका लागि विहान ९ बजे लुम्बिनी स्थित मायादेवी मन्दिर परिषरमा रहेको पोखरीबाट जल भरेर कलश यात्रा निकालिने कार्यक्रम तय गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख चौधरीले जनाएका छन् ।
नेपाली टोली मुक( बधिर विद्यालयद्वारा आयोजित विश्व दिव्याङ्ग ९अपाङ्ग० दिवस समारोह २०२१ कार्यक्रममा समेत सहभागी हुने अवसर पाएको थियो । भ्रमणको क्रममा अयोध्या स्थित महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थलहरु राम मन्दिरमा भगवान रामको दर्शन, निर्माणाधिन राममन्दिरको अवलोकन, हनुमानगढी मन्दिर, सर्यु नदिको अवलोकन भ्रमण गरेको छ ।
भारतको अयोध्या गएको टोलीमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न। १ का अध्यक्ष धर्म प्रकाश कुर्मी, प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पान्डेय, साविक तेनुहवा गा। वि। स। उपाध्यक्ष बिक्रम यादव, बुद्ध आदर्श मा। वि। का सहायक प्रधानाध्यापक हरिमोहन चौधरी, धार्मिक एवम् समाजसेवी गङ्गाराम कुर्मी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुलसी राम लामिछाने, फिल्ड सहायक रामाधिन यादव र समाजसेवी सुरज चौधरी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दु धर्मावलम्बी को कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने : विवादास्पद अभिव्यक्ती
  • २०७८ मंसिर २२, बुधबार १०:०३
  • In "BannerNews"
  • भट्टराईको अभिव्यक्ती पछी विश्व हिन्दु परिषद महासंघ नेपाल का वरिष्ट उपाध्यक्ष निषादले गरे चर्को बिरोध
  • २०७८ मंसिर २२, बुधबार १०:०३
  • In "BannerNews"
  • लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद
  • २०७८ मंसिर २२, बुधबार १०:०३
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post

खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर

भारतलाई प्रतियुनिट ४.२० रुपैयाँमा बिजुली, सेवाशुल्क १८ प्रतिशत

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version